Hashmonah Singing Star 2023 | Intro & Details | Online audition is going on until 14 March | HM

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.พ. 2025
  • HASHMONAH SINGING STAR 2023
    The Christian Reality Show
    "Hashmonah Singing Star 2023" गायन प्रतियोगिताको उद्देश्य:
    बल्न सक्ने र सामदान माथि बस्न सक्ने बत्ती तर पातीले छोपिएको कारण बल्न नसकेको, सामदानमाथि बस्न नसकेको, अर्थात् प्रतिभाशाली तर परिस्थितिको परिबन्धनमा परेर केही गर्न नसकेको, Platform नपाएर उसको उचाइमा पुग्न नसकेको इसाई युवालाई "Hashmonah Singing Star 2023" गायन प्रतियोगिताले एउटा platform दिएर अथवा तेल हालेर बाल्ने र सामदानमाथि अर्थात् उसको उचाईमा राख्ने उद्देश्य लिएको छ l
    "Hashmonah Singing Star 2023" गायन प्रतियोगिताको पुरस्कारहरु:
    प्रथम पुरस्कार नगद रु १,५०,०००० साथै एउटा गीत तथा म्युजिक भिडियो
    द्वितीय पुरस्कार नगद रु १,००००० साथै एउटा गीत तथा studio version video
    तृतीय पुरस्कार नगद रु ५०,००० साथै एउटा अडियो गित तथा studio version video
    र Top 10 लाई चाहिँ एउटा सामूहिक अडियो गित तथा studio version video
    Judgement Criteria (निर्णय मापदण्ड)
    1. Song Choice (गीत छनौट) 2. Timing (ताल)
    3. Tune (सुर) 4. Tone Quality (स्वरको गुणस्तर)
    5. Diction (उच्चारण) 6. Dynamic (गतिशिल)
    7. Intonation (आरोह अवरोह) 8. Vocal Range (स्वर श्रेणी)
    9. Vibrato (कम्पन) जस्तै; flowing water, blowing flag
    10. Presentetion (प्रस्तुति) ; (body movement, audience communication, stage covering)
    निर्णायकहरु:
    गायक, संगीतकार, रचनाकार - डा. सुबास सुब्बा लिम्बु
    गायक, संगीतकार, रचनाकार, साउण्ड इन्जीनियर, western music teacher - एकराज शेम राई
    Program Host : दिपक चाम्लिङ्ग राई
    नियम र सर्तहरु (Rules & Terms):
    १. यो प्रतियोगिता १४ बर्ष देखि ५० बर्ष उमेरसम्मकाहरुले मात्र भाग लिन पाउनेछ l
    २. नेपाल लगायत अन्य मुलुकहरुबाट पनि यस गायन प्रतियोगितामा भाग लिन पाउनेछन
    ३. Qualifying Round, फाल्गुन ३० गतेसम्म हुनेछl Qualifying Round मा
    बिना संगीत गाएर, भिडियो रेकर्ड गरेर, यो WhatsApp नम्बर 9804343875 मा पठाउनु पर्नेछ l
    ४. Qualifying Round बाट Qualify भएका Top 100 प्रतियोगीहरुको भिडियो सहित नामहरु, "Hashmonah Media House" TH-cam च्यानलमा चैत्र १ गते अपलोड गरिने भएको हुँदा, साथै semi-final र Final को भिडियोहरु पनि यहि च्यानलमा अपलोड गरिने भएको हुँदा, सम्पूर्ण प्रतियोगीहरुले "Hashmonah Media House" TH-cam च्यानललाई अनिबार्य रुपमा Subscribe तथा "Hashmonah Media House" को फेसबुक पेजलाई Like र Follow गर्नुपर्नेछ l
    ५. Qualifying Round बाट Top 100 Qualified प्रतियोगीहरुको, Quarter-final Round चैत्र २ गते देखि ४ गतेसम्म हुनेछ l Quarter-final Round मा गितारमा गाएर भिडियो रेकर्ड गरेर, यो WhatsApp नम्बर 9804343875 मा पठाउनु पर्नेछ l
    ६. चैत्र ५ गते, Top 10 Qualified प्रतियोगीहरुको नामहरु हाम्रो TH-cam र Facebook Page बाट सार्बजनिक गरिनेछ l
    ७. Quarter-final Round बाट Top 10 Qualified प्रतियोगीहरुको, Semi Final Round र Finale चैत्र १० (24 March) गते काठमाण्डौमा हुनेछ l तर उपत्यका बाहिरबाट आउने प्रतियोगीहरु चैत्र ९ गते नै नख्खिपोट, ललितपुरमा अवस्थित बेथानी गेस्ट हाउसमा आइपुग्नु पर्नेछ l
    ८. Semi Final Round र Finale मा प्रतियोगीले Track Music मा अर्थात Karaoke मा गाउनु पर्नेछ l
    ९. Semi Final Round बाट ७ जना disqualify भएर, केवल Top 3 Finalists, Finale मा प्रवेश गर्नेछन l
    १०. नेपाली ख्रिस्टियन गीतहरु मात्र गाउन पाइनेछ l गीतको स्थायी र एउटा अन्तरा मात्र गाउनु पर्नेछ l
    ११. Top 10 र Top 3 का लागि प्रतियोगीहरुले गाउने Music Track / karaoke चैत्र ६ गतेसम्म आयोजकलाई, यो WhatsApp नम्बर 9804343875 मा पठाई सक्नु पर्नेछ l
    १२. Top 10 मध्ये उपत्यका बाहिरबाट काठमाण्डौमा आउने प्रतियोगीहरुलाई खाने बस्नेको ब्याबस्था गरिनेछ l
    १३. Top 10 प्रतियोगीहरु काठमाण्डौको स्टुडियोमा आउने र फर्कने यातायात खर्छ आफ़ैले ब्यहोर्नु पर्नेछ l
    १४. काठमाण्डौ आउदा दर्ता फारम भरेर, साथमा लियर आउनु पर्नेछ l
    १५. दर्ता फारम अनुसार प्रतियोगीहरु इसाई हो वा होइन भन्ने कुरा सुनिस्चित गर्नलाई बाइबलबाट केहि प्रश्नहरु सोधिनेछ l इसाई नभएको खण्डमा स्वत disqualify हुनेछ l
    १६. दर्ता शुल्क - FREE
    १७. काठमाण्डौको स्टुडियोमा Performance गर्दा, प्रतियोगीहरुले अशोभनीय (indecent) लुगा लगाउन पाइने छैन l
    १८. कार्यक्रम अवधि भरि कुनै पनि अशिष्ट, अभद्र र हिंसात्मक बोलि बोल्न र व्यवहार गर्न पाइने छैन l
    १९. नतिजामा निर्णायकको निर्णय नै अन्तिम हुनेछ l
    २०. पूर्व सूचना बिना कुनै पनि नियम र शर्तहरू परिवर्तन गर्ने अधिकार आयोजक समितिमा छ l
    २१. कुनै पनि प्रतियोगीले माथिको कुनै पनि नियम र शर्तहरूको पालना नगरेमा, अयोग्य घोषित गर्ने अधिकार आयोजक समितिमा छ।
    २२. Qualifying Round को लागि गाएर पठाएको भिडियो तोकिएको समय भित्र WhatsApp मा नपठाएसम्म मान्य हुनेछैन l
    सम्पूर्ण जानकारीको लागि सम्पर्क नम्बर : 9804343875 / 9813578904

ความคิดเห็น • 4