साझा सवाल अंक ४८० : मनकारी म्याग्देली । म्याग्दी ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

ความคิดเห็น • 216

  • @deepalimbu496
    @deepalimbu496 8 ปีที่แล้ว +56

    कत्ति उत्तसाहित् मनकारी म्याग्देली दाजु भाइ दीदी बहिनी हरुलाई हामीलाई आत्मा बल दिनु भएको लागि लाखौ लाख धन्यबात छ ,,साथै बिध्या सीस हजुरलाई पनि धैरै धन्यबात छ

  • @dipakshrestha1209
    @dipakshrestha1209 8 ปีที่แล้ว +19

    म ताप्लेजुङ बासी हुँ ! आजको साझा सवाल मार्फत म्याग्देलीहरुको सहयोगी मन सुनेर स्यालुट गर्न मन लाग्यो । नेपालका राजनीति कर्मी, व्यापारी, देशबासीहरुले म्याग्देलीको सहयोगी तरिका अपनाउन सके देश चाँडै समृद्ध हुने थियो यहाँहरुलाई आगामी दिनहरूमा अझै उन्नति/प्रगतिको लाखौंलाख शुभकामना ।

  • @badamsadam9537
    @badamsadam9537 8 ปีที่แล้ว +6

    म्याग्दीमा धेरै जसो बिदेश छन । यहाँ धेरै जसो जनजातिहरुको बसोबाँस छ । जनजातिहरुको मन ठूलो हुन्छ र धेरै सहयोगी पनि हुन्छन । सलुट छ म्यादीले जनताहरु र म्याग्देली प्रबाशीहरुलाइ ।

  • @RayNepal7
    @RayNepal7 8 ปีที่แล้ว +21

    कत्ति राम्रो एकता र सहयोगी भावना,
    नेपाल सरकार चहि लगभ्ग निरिह

  • @rabinrai9514
    @rabinrai9514 8 ปีที่แล้ว +2

    धेरै राम्रो काम गरेका रहेछ म्यादी बासिन्दाहरुले उधारनिय छ बधाई छ

  • @information440
    @information440 8 ปีที่แล้ว +7

    धेरै राम्रो लाग्यो। म्याग्देलिहरुको एकता, समाज प्रतिको उज्यालो भावना,ठुला/फराकिला र मनकारी म्याग्देलिहरु प्रती हृदय देखि नै मेरो सलाम छ! अनि त्यसैगरी म्याग्देलिहरुको यस्ता आफ्नो जिल्ला/गाउँ बिकास को निमित्त गर्नु भएको अनुकरणीय सहयोग बाट अरु जिल्ला बासी प्रबासीहरुले पनि केही पाठ सिकौं !

  • @rishiacharya7252
    @rishiacharya7252 8 ปีที่แล้ว +4

    कत्ति उत्तसाहित् मनकारी म्याग्देली , परिवर्तन र बिकासित चाहने प्रवासीहरुको सहयोगि भावनालाई सबैलाई नमन/नेपाल सरकार चहि यक्दम निरिह

  • @SureshSamarpan
    @SureshSamarpan 8 ปีที่แล้ว +8

    सायद मेरो जिबनमा पोहिलो पल्ट होला यी अाँखा बाट खुशीको अाँसु झरेको।यति महान सहयोगी म्यादीका सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनी ,आमा बुबा सबैलाई धेरै धेरै धन्यवाद । म धादिङगेलि सुरेसको तर्फबाट

  • @pramesh1977
    @pramesh1977 8 ปีที่แล้ว +2

    निराशाजनक अार्थिक, सामाजिक, राजनैतिक परिस्थीतिका बिच याैटा अाशाजनक परिदृष्य, उदाहरणीय र सर्हानीय सहभागिता । म्याग्दीबाट नेपालीले धेरै सिक्नुपर्ने रहेछ । मनकारी म्याग्देलीलाइ हार्दिक नमन् ।

  • @nkamaladhikari1694
    @nkamaladhikari1694 8 ปีที่แล้ว +1

    साच्चै नै म्यादीबासी सहयोगि मनका धनि साथै एकताले भरिएको समाज आफ्नो गाउँ आफै बनाउने अठोट लिनुभएका फराकिलो मनकारी म्यादीबासी प्रती हार्दिक नमन।

  • @sangammagar9239
    @sangammagar9239 8 ปีที่แล้ว +16

    सधैं यो भएन त्यो भएन भन्ने धेरै सुनिरहेका थियौं आज चै भएको सुन्न पाउँदा एकदम खुसी लाग्यो र साथै आत्मा बल र थप उर्जा पनि प्राप्त भयो team work हुने हो भने असम्भव केही नरहेछ ।

  • @lblalit6953
    @lblalit6953 8 ปีที่แล้ว +2

    म्यागदी का प्रवासी ले धेरै राम्रो सयोग गर्नु भको मा मह मन देखी नै सल्युत धन्याबाद गर्दछु मह कुवैत देखी हो नेपाल बागलुड़ग

  • @damodardahal7805
    @damodardahal7805 8 ปีที่แล้ว +10

    फराकिलो मनका धनी म्याग्दीबासीको यो सामाजिक काम प्रतिको निष्ठा एबम इमान्दारीले अन्य समाजलाई पनि केहि प्रेरणा मिलोस शुभकामना i
    ( शिक्षा ,स्वास्थ र यातायातनै समाज बिकासको प्रमुख आधार हो )

  • @krishnaghimire186
    @krishnaghimire186 8 ปีที่แล้ว +2

    साझासवाल को सबै भन्दा उन्त्कृस्ठ प्रोग्राम लागो अरु के यस्को अनुसरण गर्नु पर्छ सरकार को मुकताक्ने हैन चायो भने हामी मीलेर नि केही गर्न सक्छौ ।।।

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 8 ปีที่แล้ว +2

    हैट ।कति राम्रो काम म्याग्दी प्रबासी नेपाली हरु को कास म अनि म्याग्दी मा जन्मेको भए....

  • @geetabohara5430
    @geetabohara5430 8 ปีที่แล้ว +2

    Aaja yo Sajha sawal herepaxi sharai khushi lagyo. I am really FLEEING proud heartily...because I'm daughter of myagdi ahile ma Hongkong ma xu congrats all myagdeli &hands up to all parbashi myagdeli up coming days pani yastai ramro pargati hos yasarinai aruko vanda farak hamro myagdi jillama dekhna sunna paiyos shuvakamana sabai janalai derai derai &thank-you so much bidya ji lagayat all saja sawal tim

  • @khadkapun7685
    @khadkapun7685 8 ปีที่แล้ว +1

    सबै मयागदेली र ती सहयाेगी मन र हात लाई सलाम छ सधै भरी यसतै साेच बनाइ दीनु हाेला भनने भारी अाशा राखद छु

  • @dipendrakc5247
    @dipendrakc5247 8 ปีที่แล้ว +1

    नमस्ते सम्पुर्ण मेग्दी बासी दाजुभाइ तथा दिदिबहिनी हरु मा र विशेष धन्यवाद शाझा शवाल परिवारलाई अनि बिद्या चापागाईं जि लाई।आजको यो प्रोग्राम सुन्दा र हेर्दा धेरै खुशी लाग्यो।आफ्नो ठाउँ आफै बनाउ। यो प्रोग्राम ले अन्ने ठाउँ का जनताको लागि विशेष ध्यानाकर्षण ,प्रगतिशील र गतिशीलता मा लैजान धेरै मद्दत गर्छ।र अन्त म यो भन्न चाहान्छु कि अन्य 74 जिल्लाबासी ले यो शाझा शवाल सुन्न र हेर्न जरुरी छ म पनि अन्य जिल्ला को मान्छे।अन्तमा ती माहान सहयोगी मन र धन ले भरियका मेग्दी बासी र प्रबासी प्रती मेरो हृदय देखि धन्यवाद। तपाईंको यो पाठले हामीले पनि सिक्ने मौका पायौं।

  • @kishornepali1577
    @kishornepali1577 8 ปีที่แล้ว +1

    धेरै राम्रो सरकारकाे अाश गर्नु भन्दा अाफ्नाे गाउँ अाफै बनाउकाे याेजना दिगाे र भरपर्दो हुन्छ । यस्तो एकता सबै गाउँमा हाेस। राजनैतिक भन्दा भावनात्मक कार्य नै राम्रो हुन्छ भन्ने ज्वलन्त उदाहरण हाे। धन्यवाद विधा दिदी यस्ताे राम्रो कार्यक्रमकाे लागि।

  • @rambdrpun1673
    @rambdrpun1673 8 ปีที่แล้ว +1

    धेरै धेरै धन्नेबाद बिध्या जि तपाईं लाई हाम्रो मनकारी म्याग्देली बासी को

  • @tejnmhj
    @tejnmhj 8 ปีที่แล้ว

    सबै नेपालिले अनि बिषेत नेता भनैदाहरुले सिक्नु पर्ने पाठ। अति राम्रो लाग्यो सलाम छ म्याग्दिका सम्पुणं दाजु भाई लाई।

  • @parveshkhatri6154
    @parveshkhatri6154 8 ปีที่แล้ว +4

    yakdam khusi lagyo mero ximeki jilla Myagdili sahayogi daju bhai and didi bahini harule sahayogi garera aafno jilla pargati garnu vayokoma ma parbat mallajko thiya tra dil kholera vanna sakxuki ma parbat Myagdi ho mero gau vanera yakdam ramro lagyo salam xa hami parbasilai

  • @rabindramalla7077
    @rabindramalla7077 8 ปีที่แล้ว +11

    एक ले थुके सुक्छ,सय ले थुके नदी बग्छ भनेको एही हो । नेपाली भनेको सहयोगी मन भाको नै हो । तर म्याग्दि को मान्छे हरु मन झन् देउता झै लाग्यो । आहा कति राम्रो एकता सहयोगी मन हरु लाई सधै सुख होस भगवान ले अझै दाइना लिऊन । अनि जति सक्छ तेति सहयोग गरि अब यो काम न लाग्नि सरकार को मुख न हेरि आफ्नो गाउँ समाजमा जिल्ला आफै बनाऔँ । । नमुना को रुप मा उदाउनु भयो पर्देशि दाजु भाइ दिदी बहिनी खुसी लाग्यो अनि विदेश बस्नी लाई देश को माया हुन्न भनेर सोच्ने अबुझ हरु लाई गतिलो झापट दिनु भयो सबै को सोच बदलौ समाज आफै बद्लिन्छ । 😍😘😉😉

  • @InnocentEye
    @InnocentEye 8 ปีที่แล้ว +1

    "आफ्नो गाँऊ आफै बनाऊ" वास्तवमा नै लागु भएछ म्याग्दीमा ! स्यालुट छ दाताहरुलाई ।

  • @rajanrai1821
    @rajanrai1821 8 ปีที่แล้ว

    उदाहरणिय हुनुहुन्छ म्याग्दिबासिहरु।बिद्या सिस लाई पनि लाख लाख धन्यबाद।

  • @padammagar1595
    @padammagar1595 8 ปีที่แล้ว

    साझा सवालमा यो एपिसोड् एकदमै नयाँ अनुभवको पाय । सलुट छ म्याग्दी वासीहरुलाई ..🌹🌹

  • @prasadrai2701
    @prasadrai2701 8 ปีที่แล้ว

    म्याग्दी बासिहरूको त्यो मनले यो मनलाई रूवायो।लाग्दछ लखौं लाख सलाम पनि उहाँहरूको सहयोगी मनको सामु केवल एउटा तिलको दाना सरह मात्र हने छ।सलाम छ सबैजनाहरूलाई....

  • @BhumeDeurali
    @BhumeDeurali 8 ปีที่แล้ว +10

    डा महावीर पून को जन्मभूमी म्याग्दी।।साच्चै उदाहरणीय जील्ला ।।।।

  • @tiwari_govinda
    @tiwari_govinda 8 ปีที่แล้ว

    आज सम्मको साझा सवाल मा सबै भन्दा उत्कृष्ट र top कहिल्यै लागेन।यहांको जनताहरुको कुरा सुन्दा सार्है चित्त बुज्यो।मेरो बिचार मा यो गाउँ र यहाका जनता विश्व कै उत्कृष्ट हुनु पर्छ।

  • @pun1059
    @pun1059 8 ปีที่แล้ว +4

    This is the best example of community development. I would like to thank to all kind people working or living in foreign soil. We should learn from them.

  • @ANILREGMIfreakanil
    @ANILREGMIfreakanil 8 ปีที่แล้ว +1

    याे कर्यक्रमले समाज परिवर्तन जन सहभागिता बाट हुन्छ भन्ने पाठ सिकायाे ।
    विभिन्न ठाउँकाे यस्ताे कार्यक्रम गराेस साझा सवालले समाज परिवर्तनमा ठुलाे भुमिका गर्नेछ ।

  • @BhumeDeurali
    @BhumeDeurali 8 ปีที่แล้ว

    सायद म्याग्दी मा जस्तो जनता को सहयोगमा यसरी विकास भएको कमै छ । सलाम छ म्याग्देली मनकारीहरू लाई ।।

  • @rajanghimire7620
    @rajanghimire7620 8 ปีที่แล้ว

    मेरो घर तराइको पर्सा जिल्लामा हो।आजको साझासवाल हेरिसकेपछी मलाइ मन देखि म्याग्दी बासिलाइ सलाम गर्न मन लाग्यो।तपाई हरुको सहयोगी हातहरु कहिले नछुटोस,तपाई हरु सबैलाई धेरै धेरै धन्यवाद।

  • @ramchantam4494
    @ramchantam4494 8 ปีที่แล้ว

    खुसि लाग्छ यस्ता समाचारहरू सुन्न पाउदा

  • @bijonthapamagar4870
    @bijonthapamagar4870 8 ปีที่แล้ว +1

    आफ्नो गाउँ आफै बनाउ मनकारी हामी म्याग्देली बासि सहयोग र साथ रहने छ गरिरहने छौ।D. महाबिर पुन अहिले एस्तै सहयोगको लागि देस भित्र र बहिर हिदिराख्नु भाको छ।जुन कुरा निकै महत्वपुर्न छ।एहा हरुले news मा सुन्दैआउनु भाको होला। उहाँ अहिले महादान अभियान चलाएर देश बिदेसमा घुमी राख्नुभाको छ।उहाको कामको प्रसङ्सा गर्दै एहाहरुलाइ सयोग गर्न आग्रह गर्दछु।जुतौ आफ्नो राष्ट्र बनाउन।

  • @tejinmagar2281
    @tejinmagar2281 8 ปีที่แล้ว +1

    ekdam ramro lagyo aba myagdely bata aru sabaile siknu parxa bises gari desh chalaune neta ani aam janasamudaye sabaile

  • @purnapun3173
    @purnapun3173 8 ปีที่แล้ว

    Great show, thank you all bbc sajha sawal team. Proud to be Myagdyli.

  • @rajanlamalama9164
    @rajanlamalama9164 8 ปีที่แล้ว +2

    हजुरलाइ पनि धन्यवाद दिदि आज म्याग्दी गएर कार्यक्रम प्रस्तुत गर्नुभएको मा

  • @yamthapa477
    @yamthapa477 8 ปีที่แล้ว

    सलाम छ म्यादेली दाजु भाई हरुलाई यसरिनै हरेक ठाउमा अगाडि बड्नुस मेरो पनि मङग्लमय शुभ कमना।नेता मुला खल्ली बल्ली।

  • @bahunbaditero6136
    @bahunbaditero6136 8 ปีที่แล้ว +1

    उदाहरनिय म्याग्देली बसिन्दा।#सलाम#

  • @vabipun9166
    @vabipun9166 8 ปีที่แล้ว +2

    हाम्रो म्याग्दी जिल्लामा अहिले जति बिकास भएको छ नि त्यो सबै मनकारी म्याग्देली जनताको सहयोग बाट भएको हो। सरकारको बजेट भनेको ७५ वता जिल्ला मध्य ७३ नम्बर मा आउँछ

  • @binunepal3440
    @binunepal3440 8 ปีที่แล้ว +13

    आफ्नो गाउँ आफै बनाउ !खुशी लाग्यो येस्तो मनकारी म्यादी बासी हरु देखि

  • @ahilyapokhrel5619
    @ahilyapokhrel5619 8 ปีที่แล้ว +1

    सहयोगि मन लाई धन्यबाद

  • @rumbabikramdhadingbaireni7354
    @rumbabikramdhadingbaireni7354 8 ปีที่แล้ว

    परिवर्तन र बिकासित चाहने प्रवासीहरुको सहयोगि भावनालाई कदर गर्दछ । यसै म्याग्दी बासी बाट सबैले शिक्षा लिउन ।

  • @कपिलकुवर-त7श
    @कपिलकुवर-त7श 8 ปีที่แล้ว +17

    वाह देशका हरेक ठाउम आफ्नो गाउँ आफै बनाउने अठोठ लिए देश यत्तिकै बन्दो रहेछ , देश बिगार्ने भनेका नेताले मात्र रहेछ ।

  • @balrai9277
    @balrai9277 8 ปีที่แล้ว +1

    Great heart of all peoples God bless u all👯👩‍❤️‍👩👩‍👩‍👦👍👏🏼

  • @janakghising8517
    @janakghising8517 8 ปีที่แล้ว

    म्याग्दिवासीलाई सलाम अतिनै राम्रो कार्यको लागी

  • @nabuaryal7488
    @nabuaryal7488 8 ปีที่แล้ว +1

    salam xa ti sahayogi haat haru lai...

  • @nabindarlami9569
    @nabindarlami9569 8 ปีที่แล้ว

    मनकारी म्यागदेलीहरुलाई मनैदेखि सलाम।राज्य, सरकार सुतिरहेको छ, भर नपर्नुस ।"अाफ्नो गाउँ अाफै बनाऊ " अभियान अन्तर्गत जुन,जसरी नमुना योग्य कामहरु भइरहेको छ यो एकदमै सह्रानिय र अनुकरणिय छ।भुगोल र राज्यले विभेद गर्यो त के भो स्थानिय र प्रवासी मनकारी म्यगदेलीहरुको एकताले एकदिन म्याग्दी नमुना जिल्ला हुने कुरामा भने कुनै दुईमत छैन।

  • @gyamosaratv6806
    @gyamosaratv6806 8 ปีที่แล้ว

    म्याग्दिलीहरुमा छड्के सलाम छ । सरकार र म्याग्दी जिल्लाको सभासदले सिक्नु पर्छ ।

  • @prithvinarayan8088
    @prithvinarayan8088 8 ปีที่แล้ว

    म्याग्दी लि जनताको सहयोगी भावना देखेर मलाई पनि खुशी लाग्यो

  • @shubasgharti4498
    @shubasgharti4498 8 ปีที่แล้ว +4

    यो हो तरिका हाम्रो देश कसरी बनाउने भन्ने हामी अाफै जागरू हुनु पर्छ यो म्याग्दि जिल्ला को जस्तै गरि बिकास लाई अगादि बधाउन को लागि अन्य ठाउँ ले पाठ सिक्नु पर्ने जरूरि छ सरकार को त के मुख हेर्नू र उनी हरू को अाखा र बिकास गर्ने त कुर्सी को वरिपरि मात्र छ जो चोर कानै चिर्रे को भने झै हो !!!

  • @binodkumaryadav7160
    @binodkumaryadav7160 8 ปีที่แล้ว

    अतिनै राम्रो र उत्साहित काम गरेको छ l

  • @surendramagar9617
    @surendramagar9617 8 ปีที่แล้ว

    म्याक्दी बासी हरुको यो मन्सायर बिकास निर्मान्को बातो रोजाइ लाई म रिदयदेखिनै सलाम गर्न चाय

  • @durgaadhakari2807
    @durgaadhakari2807 8 ปีที่แล้ว

    Chandra sir khusi lagyo hajurle sanajma garnuvayeko yogdan dekher

  • @ushasharma2648
    @ushasharma2648 8 ปีที่แล้ว +33

    आधिर हामी प्रवासी ले नै देश बनाएको रहेछौ बिमारी लाई बच्चाएको रहेछौ तर देश बाट सरकार बाट हामीलाई देश को माया भए कीन बिदेशीयो भन्छन ? तर प्रवास मा रहेने नेपाली नै देश को धेरै माया गर्छन proud of u magdibashi

  • @ayerraju6097
    @ayerraju6097 8 ปีที่แล้ว

    मनकारी अनि एकता भएका सम्पूर्ण माग्देली दाजुभाइ दिदिबहिनीहरुलाई धन्यवाद तपाई बाट राज्यले केही सिकोस ।

  • @basantarm3511
    @basantarm3511 8 ปีที่แล้ว +2

    आज हजुर हरुले सहयोग गरेर धेरै धेरै को ज्यान गाउठाऊ बचेको छ धन्यवाद सहयोग गर्ने हरुलाई

  • @gangakc6058
    @gangakc6058 8 ปีที่แล้ว +4

    यो जिल्लामा गयर बसौे जस्तो लाग्यो मलाई पनि, यस्तै समाज मन पर्छ,

    • @poonamsunar5746
      @poonamsunar5746 8 ปีที่แล้ว

      🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌻🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🌼🍂🍂🍂🍂🍂🍂🍂🍂🍂🍂🍂🍂🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🍁🌱🌱🌱🌱🌱🌲🍀🍀🍀🍀🍀🍀🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @प्रेमबलालमगर
    @प्रेमबलालमगर 8 ปีที่แล้ว

    म्याग्देली हरु को एकता प्रति कदर र आभार प्रकट गर्दछु।

  • @kritisharanabhat2069
    @kritisharanabhat2069 8 ปีที่แล้ว +1

    निरिह सरकार को मुख ताकेर बस्नु भन्दा म्याग्दी का जनता हरु ले जस्तै निस्वार्थ मन ले हातेमालो गर्दै जाने हो भने पक्कै नेपाल बिस्व कै उदाहरण दिन मिल्ने देश बनाउन सकिन्छ भन्ने हौसला प्रदान गर्न म्याग्देली जनता को यो एक ढिक्का पन सहित को बिकास निर्माण अभियान लाई यो कार्यकरम मार्फत जनता सामु प्रस्तुत गर्ने बिद्या चापागाइ लाई धन्यवाद.

  • @chopilal6691
    @chopilal6691 8 ปีที่แล้ว

    अति सुन्दर समाज समाज भनेको येस्तो हुनुपर्छ यस्तै समज भयो नने देश परिबर्तन हुन कतिपनी टाइम लाग्दैन

  • @sunarbhim5689
    @sunarbhim5689 8 ปีที่แล้ว

    सलाम छ ती हातहरु लाई

  • @ArshadAli-oe5pg
    @ArshadAli-oe5pg 8 ปีที่แล้ว +1

    waaau magdi basi tapai haru auta desko udarad nai hunuhun6 .great job 💗 💗 💗 💗 💗 💗 💗 💗 💗 💗

  • @nabinkunwar6254
    @nabinkunwar6254 8 ปีที่แล้ว

    सलाम छ म्यादी बासी हरुलाइ

  • @bahadur8624
    @bahadur8624 8 ปีที่แล้ว +1

    धेरै राम्रो हाम्रो म्याग्दी लीहरु

  • @sudarshanshrestha4260
    @sudarshanshrestha4260 8 ปีที่แล้ว

    Really appreciate myagdeli..kep on doing..and abt sabhasad kawadi ko vau ma xa mero lagi..

  • @OOo-vl1sq
    @OOo-vl1sq 8 ปีที่แล้ว

    सारै राम्रो लाग्यो🖒🖒🖒

  • @premtamang2701
    @premtamang2701 8 ปีที่แล้ว

    म्यादी जिल्लामा भएको प्रबासि साथीहरू बाट आरु जिल्लाको साथी यसैगरी सिक्नुपर्ने देखिन्छ आफ्नो जिल्ला लाई कसरी बिकास गर्ने सकिन्छ भन्ने कुराको शिक्षा पाए प्रबासी हामी नेपाली हरुले सहयोगको भावना राखी एकता गरेर म्यादी जिल्लामा उदाहरणिय काम गर्नु भएको छ यस्को लागि सम्पुर्ण लाई धेरै धेरै धन्यवाद दिन चहान्छु ।

  • @aniltimilsina1863
    @aniltimilsina1863 8 ปีที่แล้ว +3

    congratulations 🎊

  • @youraj8944
    @youraj8944 8 ปีที่แล้ว +1

    म्यादी को जनताहरूलाई मेरो सलाम

  • @roshanlama1503
    @roshanlama1503 8 ปีที่แล้ว

    माग्दीका सम्पुर्ण दाजुभाइ तथा दीदीबैहीनीहरुलाइ म रोसन गोर्खा बासी हाल u.a.e. बाट बधाई तथा सुभकामना।

  • @kirat102
    @kirat102 8 ปีที่แล้ว +4

    आफू जन्मेको ठाउँ र जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ भन्छन् , जो जहाँ भएपनि आफ्नो जन्म थलोलाई सम्झेर सहयो गर्ने म्याग्देली नागरिकहरुको मनहरु देखेर नतमस्तक छु, आफ्नो गाउँ आफै बनाउँ

  • @lblalit6953
    @lblalit6953 8 ปีที่แล้ว

    सारै राम्रो गित पस्तुत गर्नु भयो रातो जाकेत लगाको दिदी ले

  • @dipalthulung7049
    @dipalthulung7049 8 ปีที่แล้ว +1

    Outstanding!

  • @prabinpun1453
    @prabinpun1453 8 ปีที่แล้ว

    नेपाली भावना भनेको यही हो

  • @awakeningworld9881
    @awakeningworld9881 8 ปีที่แล้ว

    No comments bestiest episode of bbc sajha sawal love it!!!

  • @ranagyanu6415
    @ranagyanu6415 8 ปีที่แล้ว +2

    म्यादीले हरुको मन ठुलो र सहयोगि र मनकारी हुन्छ भन्ने कुरा मैके 53,54 साल तिर बातै पोखरा हसपितलमा बस्दा थाहा पाको थियोे

  • @chandrashrestha2701
    @chandrashrestha2701 8 ปีที่แล้ว +4

    साच्चै मनकारी म्याग्देली देखेर अाखाबाट अाशु नै अायो।अति उतम कार्यकर्म।

  • @pawanyokpangden7849
    @pawanyokpangden7849 8 ปีที่แล้ว +3

    The example set by magdi peoples is a true source of inspiration for all ..from this episode all nepalese living on foreign countries will be further more motivated to invest some part of the earning for the development of their districts ...but the government should also enhance their support to further make full utilization of this type of examplanery works ....

  • @HealthyFoods-l8n
    @HealthyFoods-l8n 8 ปีที่แล้ว

    dherai ramro kaam pardeshi sathi haru

  • @mk_vlog1M
    @mk_vlog1M 8 ปีที่แล้ว

    yo ho ni ta myagdily ko man vaneko. tq bidhya di di. mero chahana thiyo hajur yo thauma janu parxa vannni.

  • @Manjilsubedi123
    @Manjilsubedi123 5 ปีที่แล้ว

    नमस्कार सम्पुर्ण म्याग्दी समाज लाई अनि साझा सवाल B B C हजुर को मार्फत प्रस्तुत गरिएको यो प्रोग्राम हेरेर सबै लाई नेपाल को अर्ध-बेबास्धा को बारेमा जानकारी गराउने उद्देश्यले यो प्रोग्राम चलाई रहनुहोला अनि हामी हरु पनि एकता हुनुपर्छ ।धन्यवाद ।

  • @nepalivillagelife3503
    @nepalivillagelife3503 8 ปีที่แล้ว

    यक्दम मन परो यो कार्यक्रम । अझ मेग्देली प्रबासी तथा तेहा का जनता ।

  • @Shriyasharova
    @Shriyasharova 6 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤

  • @sunilthapa4427
    @sunilthapa4427 8 ปีที่แล้ว

    १. PR , grn crd , .... ले देश बन्दैन भन्ने लालबाबु पण्डित ले आज सम्म के बनाए त ? सबै जनता म्यादी बासि जस्ता हुने हो भने ६०१ लाई खारेज गर्दा हुदोरहेछ ।।
    सम्पूर्ण म्यादी बासिन्दालाई १००००० सलाम ।

  • @researchkhadka3352
    @researchkhadka3352 8 ปีที่แล้ว

    Kasta ramra manxe haru rahexan magdeli haru saluted 🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @IshwarThapa
    @IshwarThapa 8 ปีที่แล้ว

    बिदेश मा बसेर म्याग्दी बासिले आफ्नो जिल्लाभर गरेको सहयोग धेरै राम्रो लाग्यो 75 ओटै जिल्लाका ब्यक्तिहरुले यस्तै उदाहरणीय काम गर्न सिकुन / म अर्घाखाँची बासि

  • @rockskithodhbu1654
    @rockskithodhbu1654 8 ปีที่แล้ว +1

    salute, parwasi daju bhai ra didi bahini lai

    • @skytelecom7skytelecom784
      @skytelecom7skytelecom784 8 ปีที่แล้ว +1

      biddhya chapagai bahini bhatuwa ra ghuseyaha netako kura lai bhanda jantaka kura ko lagi ali bolne time dinupareyo k bhanna khojeko pura bhanna na di kina boldaboldai rokeko?

  • @durgaghimirenicemovi6538
    @durgaghimirenicemovi6538 8 ปีที่แล้ว

    अतुलनिय योगदान सबैको

  • @ammyagdely7307
    @ammyagdely7307 8 ปีที่แล้ว

    derai derai dhanyabadh myagdi ma gayera jankari gardinu vayo derai khusi lagyo .....

  • @salamikerthapa159
    @salamikerthapa159 8 ปีที่แล้ว

    मनकारी म्याग्देली समाज लाई नमन गर्दछु

  • @malatipun2601
    @malatipun2601 8 ปีที่แล้ว

    very very very good salute to biddya madyam

  • @krishnarai9725
    @krishnarai9725 8 ปีที่แล้ว

    म्याग्देली को यो कार्यलाई सलाम छ

  • @bhabinchhantyal9663
    @bhabinchhantyal9663 8 ปีที่แล้ว

    proud to be myagdeli.thank you biddya g.

  • @gaurishankarjoshi5338
    @gaurishankarjoshi5338 8 ปีที่แล้ว

    sati juga ka bhagwan jasta rahexan myagadeli bashai thanku hajur haru sabailai

  • @sujalthapa3464
    @sujalthapa3464 8 ปีที่แล้ว

    सरसरति हेर्दा नेपालको म्याग्दी मा नेपाल सरकारले कुनै काम मा पनि राम्रो सहयोग दिएको पाइन।
    प्रवासि म्यागदेली दाजुभाइ तथा दिदिबहिनी लाई यो गन्तव्य निरन्तर दिई रहनु!!!!

  • @tirthapun5780
    @tirthapun5780 8 ปีที่แล้ว

    म्याग्देली हरुको मन त धेरै ठुलो छ यो त भिडियो क्लिप्स हेरेर नै थाहा भयो त्यसैले जय म्याग्देली भन्न चाहन्छु

  • @manojchhetri4393
    @manojchhetri4393 8 ปีที่แล้ว

    wow chaye ke hunu sakdai n.a... Salam cha yaha ko basi lai...

  • @राशीफल
    @राशीफल 8 ปีที่แล้ว

    dherai ramro kaam