New Destination - CHYARLANG & NALMO JHARNA- Khaniyabas Rural Municipality - Reporting Documentary 4K

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • !!!!...Unauthorised downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Lhapsangkarpo Music Center.
    Right for this video is provided by Roshan Phyuba
    Direction /Camera/ Edit: Roshan Phyuba Tamang
    Script / Research : Gopal Fyuba
    Narrator: Surya Moktan
    Post Production: Lhapsangkarpo Music Center
    Presents by: Khaniyabas Rural Municipality, Dhading
    Supported by Ex-Army Community Khaniyabas
    सहयोगीहरु
    सिररोङ तामाङ (खनियाबास ५ मउर)
    धर्मराज तामाङ (खनियाबास ४)
    मर्नेन तामाङ (खनियाबास ५)
    दिपक तामाङ (खनियाबास ४)
    बेग बहादुर वाईबा (खनियाबास ३)
    चोक बहादुर तामाङ (खनियाबास ४)
    शर्मिला गुरुङ (खनियाबास ४)
    धादिङ जिल्ला काठमाण्डौं देखि नजिकैको पर्यटकिय गन्तब्य हो । धादिङ जिल्लामा समुन्द्री सतह देखि सात हजार मिटर भन्दा बढी उचाईमा अवस्थित गणेश हिम श्रृङ्खला देखि बेशीका समथर फाँटहरु समेत पर्दछ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पर्यटकिय स्थलहरु, बिभिन्न जातीका संस्कृती एवं धार्मिक आस्थाका सम्पदाहरु प्रसस्त रहेकोले उत्तरी धादिङ पर्यटकको रोजाईमा परेको क्षेत्र हाे । यश जिल्लाका १३ वटा स्थानीय तहहरूमध्ये खनियावास पनि एक गाउँपालिका हाे । यसमा ५ वटा वडाहरू छन् । साविककाे सत्यदेवी, दार्खा र झार्लाङ गाविसकाे समायाेजन नै खनियाबास गाउँ पालिका हाे ।
    खनियाबास गाँउपालिकामा अनेकन प्राकृतिक, सांस्कृतिक, धार्मिक र ऐतिहासिक विभिन्न स्थानहरू रहेका छन् । ती स्थानहरूकाे संरक्षण, प्रवर्धन र प्रचार गर्न सकेमा अान्तरिक र वाह्य पर्यटनकाे लागि अाकर्षक गन्तव्य हुन सक्ने सम्भावना रहेकाे छ ।
    ती स्थानहरू मध्ये एक खनियावास गाउँपालिका वडा नं ५ मउर गाँउकोे झरना आन्तरिक तथा बाह्य पर्यटकको लागि नयाँ गन्तब्य हुन सक्छ । धादिङको खनियाबास गाँउपालिका र नुबाकोटको म्यगङ गाँउपालिकाको सिमाना नजिकै दुई ओटा झरनाहरु च्यार्लाङ झरना र नाल्मो झरना छन् । अग्लाे भिरबाट च्यार्लाङ झरना अरु ५ ओटा छाँगाहरुबाट खस्दै १०० मिटर भन्दा अग्लो छाँगा बाट झरिरहेको छ । यो ज्यादै नै मनमोहक देखिन्छ । त्यहाँ बाेम्बाेकाे कुङ्कर पनि छ । मउर र नजिक गाउँका कसैलाई दुःख विमार भएमा त्यस कुङ्करमा अण्डा चढाउनु पर्ने जनविश्वास छ ।
    च्यार्लाङ झरना कै छेउमा अर्को नाल्मो झरना छ । यो करिव ९० मिटर माथिबाट झरिरहेको छ । टाढा बाट हेर्दा धागो जस्तै देखिने हुँदा यस झरनालाई स्थानिय भाषामा नाल्मो झरना भनिएको हो । नाल्मो झरनामा भिर माहुरीको समेत अवलोकन गर्न सकिन्छ । झरनाको अवलोकन गरी नजिकै रहेको म्हम्बल ग्युङको ट्राउट माछा खादै आराम गर्न सकिन्छ । नजिकै रहेको माहुर गाउको स्थानिय तामाङ परिकारकोे स्वाद पनि चाख्न सकिन्छ । साथै तामाङ बाैद्ध विधिबाट स्वागत सत्कार पनि पाइन्छ । यो नुवाकोटको त्रिशुली बजारबाट २५ किलोमिटर मोटरबाटो र धादिङबेसी बाट ४० किलोमिटरको मोटर बाटो खुलीसकेको छ । खनियाबास गाँउपालिकाको सबै वडा बाट झरना सम्म मोटर बाटो खुलेको छ । त्रिशुली बाट देउराली, म्यगङ, किम्ताङ, पाच्यात हुदै झरना सम्म पुग्ने मोटर बाटो छ ।
    खनियाबास गाँउपालिका वडा नं ५ मउर गाँउको यस झरनाको प्रचार प्रसारको साथै राम्रो ब्यवस्थापन गर्न सकेमा हजारौ आन्तरिक तथा बाह्य पर्यटकको ओईरो लाग्ने निश्चित छ । झरना संग सम्बन्धि बिभिन्न खेलहरु, क्यानोनिङ तथा रक क्लाईम्बीङको राम्रो सम्भावना रहेकोले यस संग सम्बन्धीत तालिम संचालन गरि आर्थिक लाभ लिन सकिन्छ । यस झरनाहरुको सही सदुपयोग गर्न सकेमा त्यस वरपरका बस्तीहरुमा होमस्टे, होटल तथा रिसोर्टहरु संचालन गर्न सकिन्छ । अहिले पनि नुवाकोटको त्रिशुली, देउराली, किम्ताङ देखिको पर्यटकहरु झरनाको अवलोकन गर्न र टिकटक बनाउन आउने गर्दछन् । खनियाबास गाँउपालिका भित्र सबै वडा बाट पर्यटकहरु आउने गर्दछन् ।
    #chyarlangjharna #nalmojharna #khaniyabas
    email - mhendomaya@gmail.com
    mobile - 00977-9813775001
    Subscribe Our channel for unlimited entertainment
    goo.gl/V6tM5x
    Circle us on G+
    plus.google.co....
    Like us on Facebook Page
    / hamro-tv-128. .
    Be Friend on Facebook
    www.facebook.c....
    For More Info
    hamromediagroup...
    Video ©Lhapsangkarpo Music Center (P.) Ltd

ความคิดเห็น • 17

  • @lilatamang6223
    @lilatamang6223 3 ปีที่แล้ว +2

    एकदमै राम्रो भिडियो प्रस्तुत गर्नु भयो सर्ब प्रथम हजुर लाई धन्यवाद र माउर बासी लाई पनि लास्सो फ्याफुल्ला आगामी दिन मा पनि एस्तै नयाँ रोचक मन्दयी भिडियो देख्न पाउ भन्दै यो मेरो छोटो आश लिदै बिदा हुन्छु धन्यवाद 🙏🇳🇵❣️❤️

  • @krlama9609
    @krlama9609 3 ปีที่แล้ว +3

    Atinai ramro khaniyabas gaupalika i mis so

  • @rameshtamang2352
    @rameshtamang2352 3 ปีที่แล้ว +3

    Roshan sir plz yo thau kata bata janu parxa hjr hami tyo pani vandinuna hjr

  • @sajangurung4839
    @sajangurung4839 2 ปีที่แล้ว +1

    Nice place

  • @ramitatamang1278
    @ramitatamang1278 3 ปีที่แล้ว +4

    प्राकृतिक सुन्दरताले भरिपुर्ण खनियाबास गाउँपालिका😍🙏🙏

  • @rameshtamang2352
    @rameshtamang2352 3 ปีที่แล้ว +3

    Molai yestai lagi rako mo kina dhading ma janma vayena kasam mannai lobaune thau .. mo yak din abasya jane xuu yo thauma ❤️from kavre hjr, ❤️

  • @subashtamangofficial7214
    @subashtamangofficial7214 10 หลายเดือนก่อน +1

    Mero jharlang gau ramro

  • @dipatamang1778
    @dipatamang1778 3 ปีที่แล้ว +3

    Hamro gau hamro thau,, swarga vanda kam xaina 🥰🥰 prachar prasarko lagi hridaye Dekhi nai danyabat hajur haruko timlai🙏🙏🙏

  • @sabinatamang5576
    @sabinatamang5576 3 ปีที่แล้ว +3

    ल आफ्नो गाउँठाँउ पनि प्रचारमा आएछ राम्रो कुरा हो। जौ है हाम्रो राम्रो धादिङ त्यो पनि प्यारो सत्यदेवि😍😍

  • @g-cool4533
    @g-cool4533 3 ปีที่แล้ว +3

    यो च्यर्लाङ र नल्मो झर्ना माहुरको मात्र नभएर खनियाबास गाउपालिका धादिङ्कै एक पर्यटकिय स्थलको रुपमा रहेको रमणीय ठाउँ हो| यो ठाउँलाइ आगामी दिनमा पर्यटकिय गन्तब्यको रुपमा चिनाउनको लागि गाउपालिकाको तर्फबाट बिषेस पहल हुनेछ भन्दै प्रचार प्रसार गर्दिनु भएकोमा खनियाबास गाउपालिकाका प्रमुख रण बहादुर गोम्जा ज्यु र ल्हप्सङ कर्पो टिमलाइ स्थानियको तर्फबाट धेरै धेरै धन्यवाद दिन चहान्छु ।

    • @lhapsangkarpo
      @lhapsangkarpo  3 ปีที่แล้ว +2

      धन्यवाद हजुर ।

  • @kushalwaiba8085
    @kushalwaiba8085 3 ปีที่แล้ว +3

    Wow one of the best place

  • @worldagtv8237
    @worldagtv8237 3 ปีที่แล้ว +3

    Awesome scenarios,
    Good to see this video

  • @lekalibrothers3325
    @lekalibrothers3325 3 ปีที่แล้ว +3

    जाने हो जाने

    • @kumardorje7380
      @kumardorje7380 3 ปีที่แล้ว

      अबस्य घुम्न आउँछौँ। टीम सहित। लजिन फुडिङ को के छ ब्यबस्था ।

  • @bijaytamang234
    @bijaytamang234 3 ปีที่แล้ว +2

    🌻🌻🌻🌻🌻🌻🌻🌻

  • @charkolama6875
    @charkolama6875 3 ปีที่แล้ว +2

    ❤❤❤❤👍👍👍🏼👍🏼