Tharu Culture || Jhumra Naach || माघी विशेष २०८० || Second Runner || Lamahi 1 Sundabari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.ย. 2024
  • NRT Dance Crew Dang Presents
    Maghi Special Program 2080 || 2st Runner | Lamahi 1 Sundabari - Durga Tole
    Tharu Cultural Jhumra Nach 2080
    नर्तिमा माघि मिलन कार्यक्रम संम्पन्न ।
    नृत्य प्रतियाेगितामा दुर्गा टाेल दिृतिय।
    २०८०/१०/२०
    लमही १ नर्तिकाे खेल मैदानमा शनिबार माघि मिलन कार्यक्रम अन्तरगत नृत्य प्रतियाेगिता संम्पन्न भएको छ ।
    ९ वटा टिमले भाग लिएको प्रतियाेगितामामा भवानी टाेल बिचका गल्ती लमही १ नर्ति प्रथम भएको छ ।
    यस्तै दुर्गा टाेल बिकास सस्था लमही १ सुन्डबरि दुतिय ,भवानी टाेल बड्का गल्लि लमही १ नर्ति तृतीय र स्वर्गद्वारी टाेल पश्चिम गल्ती लमही १ नर्तिले सान्त्वना स्थान हासिल गरेका थिए ।
    बिजेताहरु लाइ क्रमश : १० हजार ,८ हजार ,५ हजार र सान्त्वना लागि १ हजार नगद सहित सम्मान पत्रले पुरुषकृत गरिएको थियो ।लमही नगरपालिका १ काे सहयाेग र स्वर्गद्वारी टाेल बिकाश सस्था लमही १ नर्तिकाे आयाेजनामा नृत्य प्रतियाेगिता संम्पन्न भएको थियोे ।
    कार्यक्रम बाेल्ने बक्ताहरुले कला र संस्कृति दिन प्रतिदिन लाेप हुदै जान थालेको प्रर्ति चिन्ता ब्यक्त गरिएको थियो ।
    कला र संस्कृति लागि सबैले आआफ्नो ठाउँबाट जगेर्ना गर्न अति जरुरी रहेकाे भनाइ राखेका थिए ।
    यस्ता प्रतियाेगिताले कला र संस्कृति जगेर्ना गर्न अहम् भुमिका खेल्ने भन्दै पटकपटक यस्ता कार्यक्रम आयाेजना गर्न आयाेजक लागि आग्रह गरेका थिए ।
    कार्यक्रममा थारु रितिरिवाज अनुसार भौका, डोलि , चरोला , हेल्का दिलिया , बर्छि आदि प्रस्तुति देखाएका थिए ।
    सस्थाका अध्यक्ष बिन्तिराम चाैधरिकाे अध्यक्ष्यता तथा लमही नगरपालिका १ का वडा अध्यक्ष दामाेदर पाैडेलकाे प्रमुख आतिथ्यतामा कार्यक्रम संम्पन्न भएको हाे ।
    कार्यक्रम लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देब्रेन्द्र प्रसाद श्रेष्ठ ,लमही नगरपालिका ३ का वडा अध्यक्ष मनाेज कुमार चाैधरि ,समाजसेवी घनश्याम खनाल ,मेघ बहादुर बिसि ,लमही १ का वडा सदस्य किरण कुमारी चाैधरी ,पत्रकार श्रवण बस्नेत लगायतका बक्ताहरुलेबाेल्नु भएको थियो ।
    सस्थाका सचिब छाेटेलाल चाैधरिले स्वागत गर्नु भएको कार्यक्रम संचालन सस्थका सल्लाहकार भक्तिराम चाैधरिले गर्नु भएको थियो ।
    हरेक वर्ष वडाकाे सहयाेगमा बिबिध कार्यक्रम आयाेजना गर्दै आइरहेको छ ।
    यस अघि खेलकुद प्रतियाेगिता आयाेजना गरिएको थियो ।

ความคิดเห็น •