कांग्रेसलाई रास्वपाको प्रश्न - शरणार्थी बनाएर अमेरिका पठाउँदा नेपालको शीर झुकेन ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले उपसभामुख इन्दिरा राना मगरले पूर्ण ज्ञान नभएर गरेको हस्ताक्षरलाई बार्गेनिङ प्वाइन्ट बनाइएको बताएका छन् ।
    बुधबार प्रतिनिधिसभा बैठकमा सांसद झाले उपसभामुख मगरले नजानेर गल्ती गरेको बताए । ‘पूर्ण ज्ञान नभएर हस्ताक्षर गर्नुभयो । नजानेर गल्ती गर्नुभयो । गल्ती भयो भनेर उहाँले माफी मागिसक्नु भएको छ । तर, अहिले आएर यसलाई बार्गेनिङ प्वाइन्ट बनाइयो,’ उनले भने ।
    सांसद झाले कांग्रेसले उपसभामुखको कदमले नेपालको शीर झुकेको भन्ने निर्णयप्रति पनि प्रश्न उठाए । ‘कांग्रेसले भनेको छ उपसभामुखले नेपालको शीर झुकाउने काम गर्नुभयो भनेर,’ उनले प्रश्न गर्दै भने, ‘नेपालीका शीर त्यो बेला किन झुकेन, जुन बेला नेपालीलाई शरणार्थी भनेर पठाइयो ? नेपालको शीर किन झुकेन मन्त्रीले सरकारी जग्गा हडपेर तिर्नुपर्ने कर तिर्न आनाकानी गर्दा ?’
    उपसभामुख रानाले २६ फेब्रुअरी २०२३ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा असम्बन्धित व्यक्तिलाई सहभागी गराउन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
    Nepal's Digital Newspaper darpandainik.com.
    Contact Us
    Darpandainik.com
    Darpandainik Pvt. Ltd
    दर्पण दैनिक प्रा.लि.
    टाेखा ४ काठमाण्डाै
    Email: darpandainik@gmail.com
    हाम्रो च्यानललाई सस्क्राइब गरेर, सुझाव, सल्लाह तथा प्रतिक्रिया दिन नभुल्नुहोला ।
    हामीलाई फलो गर्नुहोस
    / darpandainik
    / darpandainik
    / @darpandainik
    / darpandainik
    ''Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.''

ความคิดเห็น •