गोरख बक्स गणको लिड रोलमा अछाम जिल्लामा संचालन भएको पूर्व तयारी तथा विपद् प्रतिकार्य -अभ्यास मनसुन ४

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 มิ.ย. 2024
  • नेपाली सेनाको लिड रोलमा सञ्चालित विपद् पूर्व तयारी तथा विपद् प्रतिकार्य पूर्व अभ्यास अभ्यास मनसुन - ४
    नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा विपद् उद्धार तथा प्रतिकार्य अभ्यास “मनसुन-४“ को डेमोन्स्ट्रेशन प्रदर्शन गरीएको छ । साँफेबगर नगरपालिका वडा नं. ३ र ४ स्थित बुढिगंगा नदिमा नेपाली सेना श्री गोरख बक्स गणको लिड रोलमा तथा जिल्ला प्रशासन कार्यालय अछामको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं. द्धढ गुल्म हे.क्वा., जिल्ला विपद् व्यवस्थापन कार्यालय, जिल्ला अस्पताल, न्याय हेल्थ अस्पताल बयालपाटा, नेपाल रेडक्रस सोसाईटी अछाम शाखा, स्थानिय निकाय तथा अन्य सरोकारवाला निकायहरुको सहभागितामा संयुक्त रुपमा शुक्रबार डेमोन्स्ट्रेशन प्रदर्शन गरीएको थियो ।
    नेपालमा मनसुनको समयमा हुने भारी वर्षाको कारण पहाडी भू-भागहरुमा बाढी तथा पहिरो गई जनधनको क्षती तथा हुन सक्ने बाढी, डुबान एवं पहिरो जस्ता प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितहरुलाई तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रुपमा सम्पन्न गर्नुका साथै खबर संकलन, योजना तर्जुमा, फौजको तैनाथी, प्राप्त श्रोत र साधनको समुचित व्यवस्थापन तथा सम्बन्धित सरोकारवाला निकायहरुसंग समन्वय गर्न र जिम्मेवारी क्षेत्रको भौगोलिक, सामाजिक, आर्थिक अवस्था र सैनिक दृष्टिकोणले महत्वपूर्ण अन्य विवरणहरु संकलन कार्य तथा सम्पूर्ण सरोकारवाला निकायहरुलाई आ-आफ्नो कार्य दृष्टिगत गराउने उद्देश्यले यो डेमोस्ट्रेशन संचालन गरिएको हो ।
    जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल प्रमुख अतिथी रहेको डेमोस्ट्रेशन कार्यक्रममा विशिष्ट अतिथि जिल्ला समन्वय समिति प्रमुख ललित कुंवर, श्री गोरख बक्स गणका गणपति प्रमुख सेनानी जनक सिल्वाल, जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरिक्षक सन्तोष पाठक, सशस्त्र प्रहरी बल, नेपाल नं. ४९ गुल्म हे.क्वा. अछामका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक धनसिंह धामी, राष्ट्रिय अनुसन्धान कार्यालय अछाम जिल्लाका प्रमुख दिल बहादुर चौधरी, साँफेबगर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।

ความคิดเห็น • 4

  • @Gssubba
    @Gssubba หลายเดือนก่อน +1

    Super thanks

  • @sameerswar1032
    @sameerswar1032 หลายเดือนก่อน

    Great Work❤

  • @mayagiri1880
    @mayagiri1880 หลายเดือนก่อน

    Nepal aarmi sir haru Lai shlam x 🌹🙏🙏🙏🙏🙏🌹🌹💐💐♥️♥️❤️❤️🎉🎉💕💕🤞🤞👍👍💞🥰🙂🇳🇵

  • @LaxmiDangi-eq8vd
    @LaxmiDangi-eq8vd หลายเดือนก่อน

    🎉😢😮😮😮😅😅😂😂❤❤❤😂🎉🎉🎉