भीम रावलले एमाले/माले विभाजन र २०५६ सालमा मालेले शून्य सिट पाएपछि एमालेमा फर्किएका बामदेव गौतम, आर.के. मैनाली लगायतका नेताहरूलाई देखेका र भोगेका छन्। उनले मोहन वैद्य र डा. बाबुराम भट्टराईको पार्टी विघटन भएको पनि देखेका छन्। उनी परिपक्व नेता हुन् र संगठनबाट आएका जग भएका नेता हुन्। माधव नेपालको पार्टी पनि उनले देखिरहेका छन्। रास्वपा र राप्रपा जस्ता पार्टीहरू अस्तित्वमा आएर पनि नीतिगत अस्पष्टताका कारण सफल हुन नसकेको पनि उनले देखेका छन्। बदलिँदो विश्व भू-राजनीति बुझ्न सक्ने हैसियत राख्ने रावलजस्तो नेतृत्वले लिने मार्ग इतिहासको शिक्षा र भावी मार्ग बदलिँदो विश्व भू-राजनीति अनुरूप हो। रूसमा पुटिनले कम्युनिस्ट नाम नराखे पनि उनले कम्युनिस्ट र उदारवादीहरूलाई देखेका छन्। केजीबीको प्रमुख पुटिन भएकै समयमा सोभियत संघ विघटन भयो तर उनले हरेश खाएनन्। युनाइटेड रसिया मार्फत अलेग्जेण्डर दुगिन जस्ता विचारकलाई साथमा लिएर अगाडि मात्रै बढेनन्, रूसलाई शक्तिको रूपमा उभ्याएरै छोडे। नेपालमा पुटिनले जस्तै देशको मौलिकता र एकीकरणको जगलाई पक्रेर पुनः जागरण ल्याउन सक्ने राइट टु लेफ्ट पार्टीको आवश्यकता छ। तर त्यसका लागि कठोरता त्यतिकै आवश्यक हुन्छ। रावल मासलाई लिडिङ गर्न सक्ने नेतृत्व क्षमता भएका नेता हुन्। उनीबाट शक्तिशाली पार्टी निर्माण हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन। सीपी मैनाली, बामदेव गौतम, माधव नेपाल, बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र विक्रम चन्द, नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गरेका शेरबहादुर देउवाहरूले पार्टी किन चलाउन सकेनन् भन्ने कुरा रावलले शिक्षा लिनु जरुरी छ। अब डिपस्टेट घेराको पार्टी नेपालमा आवश्यक छैन र चल्न सक्दैन भन्ने कुरा रास्वपा र राप्रपा नै अगाडि छन्। कथित राजावादी आवरणमा रहेका र नक्कली राष्ट्रवादी आवरणमा देखिने दरबारिया र सेना वरिपरिको एजेन्डा बिहिन अराजक अराजनीतिक समूहबाट रावल टाढै रहेर अघि बढ्नुपर्छ। रावलले डिपस्टेट घेरा बाहिरबाट राइट टु लेफ्ट पार्टी निर्माण गर्ने हो भने कांग्रेसभित्रको ठूलो पंक्ति पनि समेटिन सक्छ तर त्यसका लागि फराकिलो मार्ग अपनाउन सक्नुपर्छ।
भिमरावल र कर्ण मल्लजी एक भएर अगाडि जानू सिङ्गो राष्टकै लागि सकारात्मक कुरा हो हार्दिक शुभकामना
कर्णजीले सहि भन्नुभयो शेरबहादुर कांग्रेसको कुनै पनि नैतिक अधिकार छैन कि बिपिको मिलमिलाप दिवस मनाउने
डडेल्धुराको भाबी नेता निरबिकल्प हो कर्ण मल्लजी
भीम रावलले एमाले/माले विभाजन र २०५६ सालमा मालेले शून्य सिट पाएपछि एमालेमा फर्किएका बामदेव गौतम, आर.के. मैनाली लगायतका नेताहरूलाई देखेका र भोगेका छन्। उनले मोहन वैद्य र डा. बाबुराम भट्टराईको पार्टी विघटन भएको पनि देखेका छन्। उनी परिपक्व नेता हुन् र संगठनबाट आएका जग भएका नेता हुन्। माधव नेपालको पार्टी पनि उनले देखिरहेका छन्।
रास्वपा र राप्रपा जस्ता पार्टीहरू अस्तित्वमा आएर पनि नीतिगत अस्पष्टताका कारण सफल हुन नसकेको पनि उनले देखेका छन्। बदलिँदो विश्व भू-राजनीति बुझ्न सक्ने हैसियत राख्ने रावलजस्तो नेतृत्वले लिने मार्ग इतिहासको शिक्षा र भावी मार्ग बदलिँदो विश्व भू-राजनीति अनुरूप हो।
रूसमा पुटिनले कम्युनिस्ट नाम नराखे पनि उनले कम्युनिस्ट र उदारवादीहरूलाई देखेका छन्। केजीबीको प्रमुख पुटिन भएकै समयमा सोभियत संघ विघटन भयो तर उनले हरेश खाएनन्। युनाइटेड रसिया मार्फत अलेग्जेण्डर दुगिन जस्ता विचारकलाई साथमा लिएर अगाडि मात्रै बढेनन्, रूसलाई शक्तिको रूपमा उभ्याएरै छोडे।
नेपालमा पुटिनले जस्तै देशको मौलिकता र एकीकरणको जगलाई पक्रेर पुनः जागरण ल्याउन सक्ने राइट टु लेफ्ट पार्टीको आवश्यकता छ। तर त्यसका लागि कठोरता त्यतिकै आवश्यक हुन्छ।
रावल मासलाई लिडिङ गर्न सक्ने नेतृत्व क्षमता भएका नेता हुन्। उनीबाट शक्तिशाली पार्टी निर्माण हुन सक्ने सम्भावनालाई नकार्न सकिँदैन।
सीपी मैनाली, बामदेव गौतम, माधव नेपाल, बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र विक्रम चन्द, नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी गठन गरेका शेरबहादुर देउवाहरूले पार्टी किन चलाउन सकेनन् भन्ने कुरा रावलले शिक्षा लिनु जरुरी छ। अब डिपस्टेट घेराको पार्टी नेपालमा आवश्यक छैन र चल्न सक्दैन भन्ने कुरा रास्वपा र राप्रपा नै अगाडि छन्।
कथित राजावादी आवरणमा रहेका र नक्कली राष्ट्रवादी आवरणमा देखिने दरबारिया र सेना वरिपरिको एजेन्डा बिहिन अराजक अराजनीतिक समूहबाट रावल टाढै रहेर अघि बढ्नुपर्छ।
रावलले डिपस्टेट घेरा बाहिरबाट राइट टु लेफ्ट पार्टी निर्माण गर्ने हो भने कांग्रेसभित्रको ठूलो पंक्ति पनि समेटिन सक्छ तर त्यसका लागि फराकिलो मार्ग अपनाउन सक्नुपर्छ।
आफुपनी दलाल हुन नपाएर उत्ताउलो भएको होला नि???
patrakar jyu prashna matrai sodhne jawaf pura garna nadine ho vane tw eklai bolera base vo ni