KN NEWS - बेलबारीमा राईको धार्मिक बन अनि साकेला || Belbari,Morang.

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • खनेन्द्र कुमार राई (अर्जुन)
    बेलबारी / बेलबारी नगरपालिका धार्मिक, सास्कृतिक, भाषिक, जातिय बिभित्ताको धनी एक सुन्दर नगर हो । ७५ प्रतिसत आदिबासी जनतातिको जनगन्तव भएको बेलबारीलाई पर्यटकिय बिकासमा बिशेष जोड दिदै बेलबारी नगरपालिकाले आफ्नो गतिबिधी आघि बडाउदै आएको छ ।
    आदिबासी जनजनति सबै प्राकृतिक पुजक हुन्छन तसर्थ उनीहरु बन जाङगलमा नै पुजा गर्ने गर्दछन । राई समुदायले पनि आधुनिक समाजमा धार्मिक बनको संरक्षण गर्दौ बनमा नै साकेला थानको स्थापना गरी पुजा गर्ने गर्दछन । बेलबारीमा पनि सोही अनुरुप वाड नं. ११ मा २०७८ साल र २०५० साल देखी बेलबारीको वाड नं. ३ मा राईहरुको पहिचानको साथै संस्कार संस्कृतीको प्रबद्र्धन गर्ने उद्देश्यले धार्मिक बनको दर्ता गरेर संरक्षण गर्दौ बिभिन्न समयमा आफ्नो राई समुदायको संस्कार संस्कृती अनुसार पुजाआजा गर्दौ आएका छन ।
    बेलबारीको वाड नं. ३ मा अवस्थित बेलबारी किरात राई ययोक्खाको धार्मिक बन अहिले बन संरक्षण गर्ने कार्यमा एक उदाहरण नै बनेको छ । केही बर्ष अगाडी राई समुदायले धार्मिक बनको रुपामा संरक्षण गर्नु अघी उझाड नै थियो तर अहिले बेलबारी किरात राई ययोक्खाले हराभरा बनाएको छ । ९.२९ हेक्टर क्षेत्र ओकटेको किरात राई ययोक्खाको धार्मिक बन भित्र बिभिन्न प्रजातिका रुख, जरिबुटिका बोटबिरुवाको साथै सुन्दर जङगली फुलहरु देख्न सक्छौ ।
    धार्मिक स्थल भएर पनि होला सफा र प्राकृतिक सुन्दरताको दृष्य किरात राई ययोक्खा धार्मिक बनको मुख्य बिशेस्ता रहेको छ ।
    बेलाबारी वाड नं. ३ मा किरात राई ययोक्खाको धार्मिक बन २०५० साल मा असित राईको अध्यक्षतामा बेलबारी किरात राई ययोक्खा कार्य समितिको स्थापना संगै संरक्षण गर्दौ आएको बर्तमान अध्यक्ष जितुमान राई बताउ छन । उनि भन्छन, हामिलाई सरकारबाट आर्थिक सहयोग केही छैन राई समुदायहरुबाट नै आर्थिक सहयोग लिएर बनको संरक्षण गर्दौ आएको छौ । बनलाई सबै दिशाबाट फलामे काडे तारले बारेको छौ । त्यो सबै राईबाट संकलन भएको रकमले नै बारेका हौ । स्थानिय सरकारले पनि सहयोग गर्नु पर्छ । बेलबारीको किरात राई ययोक्खाको धार्मिक बन पुर्व अञ्चल कै सुन्दर पर्यटकिय स्थलको रुपमा बिकासित गर्ने गुरु योजना रहेको अध्यक्ष राईले बताए ।
    सचिव बर्ण राई संगको कुराकानीमा साकेला नृत्यको को अर्थ बताउदै बेलबारीमा यही २७ गते उभौलि साकेला नृत्य प्रतियोगिता भब्य रुपमा हुने जनकारी दिएका छन । राई जातिको महान चाड साकेला साकेन्वा उभौली साकेला नाच बुद्धजयन्ती अर्थात बैशाख पुर्णिामादेखि सुरू हुँन्छ । उभौली पर्वको रूपमा रहेको किरातीहरूको यो महत्वपूर्ण चाड वसन्त ऋतुमा वालीनाली राम्रोहोस् सबैमा सुख शान्ति सूस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपक्तिहरू नआउन भनि साकेला र सखेवा शिली गर्दै नाच्दै प्रकृतिलाई पुजा गरिन्छ । किराँत हरूको यो पर्व पृथ्वीमा कृषि युग शुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । उभौली साकेला चाडमा किरात खम्बुहरु आफ्नो जातीय पहिरनमा सजिएर साकेला र साकेन्वा र सखेवा सिली नाच्छन् । उभौली र उधौलीका रूपमा किराँत (राई्र) हरूले यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँने गर्छन ।
    कोषध्यक्ष लक्ष्मिप्रसार राई भन्छन बन संरक्षण र सुन्दर पर्यटकिय स्थलको रुपमा बिकास गर्न आर्थिक स्रोत छैन नै भन्दा पनि फरक पर्दौन तर आफ्नो संस्कार संस्कृती र पहिचानको लागि राई दाजुभाई दिदिबहिनीहरुले किस्ता बन्ती मै भए पनि स्व - इच्छा अर्थिक सहयोग गरिरहनु भएको छ ।
    किरात राई ययोक्खाको बर्तामान बिकासित रुप हर्दा पकै नै पुर्व अञ्चलको मात्र नभएर नेपाल कै एक सुन्दर पर्यटकिय स्थलको रुपमा बिकास हुन सक्ने प्रभल सम्भवना देखिन्छ । तसर्थ बेलबारीको महत्वपुर्ण सम्पदा भएको हुदा पर्यटकिय बिकास को साथै सम्पुर्ण आदिबासी जनजनतिको संस्कार, संस्कृतिको प्रबद्र्धन तथा समाजिक बिकासको लागि पनि स्थानिय सरकारले गम्भिरताका साथ चासोको साथै सहयोग गर्नु पर्ने देखिन्छ ।
    PRODUCTION OF KOSHI NEPAL MEDIA PVT. LTD :
    Vedio Copyrights:
    KOSHI NEPAL MEDIA
    / koshinepal
    / koshinepal-tv-10537195...

ความคิดเห็น • 6

  • @minurai4666
    @minurai4666 5 ปีที่แล้ว

    एका थुकी सुकी, सय थुकी नदी, भन्ने ऊक्ती साबित भएको छ बेलबारीमा ।हामी संपत्ती को धनि छैनौ तर मनको धनि छौ। त्यसैले सामाजिक कार्य सफल गर्न सक्छौ ।रातदिन खटिकिन धार्र्मिक बन लाई संरक्षण गर्नु हुने कार्यसमितिका पदाधिकारी तथा सदस्य ज्यु हरुलाई टाडै बाटा भए पनि कोटी कोटी सैयौ चोटी सलुट गर्दछु 🙏🏻

  • @mespangrai5240
    @mespangrai5240 6 ปีที่แล้ว +1

    सोझा, इमान्दार, बहादुर , मेहनती र भुमिपूत्र देशभक्त राई बन्धु हरुको प्रक्रिती प्रेम बाट धेरै प्रभावित भये म
    तपाई हरु लाई मेरो सम्मान छ !

  • @पुजाईशाराराई
    @पुजाईशाराराई 4 ปีที่แล้ว

    👍👍👍👍👍👍👍

  • @tejrai8415
    @tejrai8415 6 ปีที่แล้ว +1

    बेलबारि नगर समिति किरात यायाेखाका संयाेजक अध्यक्ष जितुमान राई ज्यु काे कार्यकालमा किरात धार्मिकबन धेरै निर्माण बिकाष भएकाेछ।उहाँ साचै डायनामिक,मिहिनेती हुनुहुन्छ।उहाले किरातिकाे संसकार,सस्कृति भेषभुसा नृत्य सारै चासाे गरि समेटनुहुन्छ।उहाले नगरभित्रका दु:खपाएका यायाेखा परिवारभित्रका युवालाई राेजगारदिने उदेश्यसाथ अाफुमा भएका प्रतिभा,कलालाईपनि बेलाबेलामा स समानगर्नुहुन्छ।यसरी समग्रमा उहाँ काे याेगदान बेलबारि नगरमा उधारणिय किराति हुनुहुन्छ।

    • @ombantawa8491
      @ombantawa8491 5 ปีที่แล้ว

      Sewa semuna kirat kiatima harulai

  • @rajendrarai9914
    @rajendrarai9914 4 ปีที่แล้ว

    मिरात को पुरखालेचलायको स्कृती साकेला पुजा अनन्त समम सनतती ले ढोलझेमठा सजीय रामरो सैसैला गितगाउ हैत,,