"सत्यको सूर्योदय" पिँजडाभित्र थुनिएको बाघ, तर हृदयमा अटुट आगो रवि, तिमीलाई बाँध्न खोज्नेहरू, भूल्थे ,सत्य कहिल्यै थुन्न सकिन्न तिमी निस्क्यौ, मानौँ, अँध्यारो क्षितिजमा, सूर्य फेरि उदायो। कति षड्यन्त्र रचिए, कति झुठका पर्खाल खडा गरे तर तिम्रा निर्दोष आँसुहरुले आँखा पाए तिमी रिहाइ , जनताको मुटुमा आशाको धड्कन फेरि गुञ्जियो मेरो खुसी, एक निष्कपट खुसी, तिम्रो विजयमा फूलझैं फक्रियो। तिम्रो संघर्षले देखायो सत्य दबिन्छ, तर हराउँदैन आज तिमी मात्र निस्किएको होइन, जनताको भरोसा र आशा पनि त्यस पिँजडाबाट स्वतन्त्र भयो रवि, तिमी निस्क्यौ, तर निस्कनु भनेको केवल एउटा यात्रा होइन, यो यात्रा आफैंमा एउटा आन्दोलन हो सत्यको सूर्योदय, अब सबैका मनमा अनन्त गूञ्ज हुनेछ सत्य र आशाका कागजका पन्ना फेरिए, र तिमीले चिनारी गराएको यो पथ, अब सबैका लागि एक नवीन युग हुनेछ।
"सत्यको सूर्योदय"
पिँजडाभित्र थुनिएको बाघ,
तर हृदयमा अटुट आगो
रवि, तिमीलाई बाँध्न खोज्नेहरू,
भूल्थे ,सत्य कहिल्यै थुन्न सकिन्न
तिमी निस्क्यौ,
मानौँ, अँध्यारो क्षितिजमा,
सूर्य फेरि उदायो।
कति षड्यन्त्र रचिए,
कति झुठका पर्खाल खडा गरे
तर तिम्रा निर्दोष आँसुहरुले आँखा पाए
तिमी रिहाइ ,
जनताको मुटुमा
आशाको धड्कन फेरि गुञ्जियो
मेरो खुसी, एक निष्कपट खुसी,
तिम्रो विजयमा फूलझैं फक्रियो।
तिम्रो संघर्षले देखायो
सत्य दबिन्छ, तर हराउँदैन
आज तिमी मात्र निस्किएको होइन,
जनताको भरोसा र आशा पनि
त्यस पिँजडाबाट स्वतन्त्र भयो
रवि, तिमी निस्क्यौ,
तर निस्कनु भनेको केवल एउटा यात्रा होइन,
यो यात्रा आफैंमा एउटा आन्दोलन हो
सत्यको सूर्योदय,
अब सबैका मनमा अनन्त गूञ्ज हुनेछ
सत्य र आशाका कागजका पन्ना फेरिए,
र तिमीले चिनारी गराएको यो पथ,
अब सबैका लागि एक नवीन युग हुनेछ।