क्यानको नाटक, सन्दीपमाथि राजनीति ! सन्दिपलाई भिजा नदिने को ? Sandeep Lamichhane

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.ย. 2024
  • क्यानको नाटक, सन्दीपमाथि राजनीति ! सन्दिपलाई भिजा नदिने को ? Sandeep Lamichhane
    प्रदीप घिमिरे
    नेपाल क्रिकेट संघ क्यान यतिबेला विवादै विवादमा फस्न थालेको छ । नेपाली क्रिकेट टिमलाई टी-२० विश्वकप, एशिया कप, आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको ग्लोबल क्वालीफायरमा पु¥याउने एक जना खेलाडी अहिले क्यान भित्रको आन्तरिक राजनीतिकका कारण कोपभाजनमा परेका छन् ।
    होला, सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान हुँदै गर्दा र भोलिपल्ट केन्या जाँदै गर्दा क्याम्प छाडेर जुन हर्कत गरे त्यसको सजाय उनले पाइसकेका छन् । जिल्ला अदालतमा मुद्दा चल्दा झण्डै १०० दिन हिरासतमै विताएका सन्दीपले उच्च अदालत र सर्वोच्च अदालतको आदेशबाट धरौटी बुझाएपछि विदेशसम्म गएर खेल्न पाएका थिए । यदि उनी त्यतिबेला नखेलेको भए सायदै नेपाल अहिले टी २० विश्वकपमा हुने थियो होला ।
    सन्दीपले जिल्ला अदालतबाट सजाय पाएकै हुन् । त्यसविरुद्ध उच्च अदालत पाटन पुनरावलोकनका लागि गएका सन्दीपले त्यहाँबाट सफाइ पाए पनि अहिले विश्वकप खेल्न जान रोक लगाइएको छ । सफाइ पाएलगत्तै समर्थकको क्यानप्रतिको सहानुभूती वटुल्न सन्दीपको निलम्बन फुकुवा गरेको नाटक मञ्चन गर्दै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति जारी गरे पनि उनको कार्यसमितिका केही व्यक्तिहरु हावी हुँदा त्यसको सिकार सन्दीप नै भएका छन् ।
    भिसा नदिने निकायको आवरणमा काठमाडौंमा रहेको अमेरिकन राजदूतावास भए पनि भित्रि खेल क्यानकै पदाधिकारी र केही सदस्यको रहेको पक्का छ । क्यानले नै खेलाडीदेखि सबैको भिसाका लागि पहल गरेको थियो । यदि सच्चा मनका साथ क्यानले पहल गरेको भए सन्दीपले भिसा नपाएको खबर सुन्नु नै पर्ने थिएन ।
    यसअघि पटक पटक अमेरिका गइसकेका सन्दीपविरुद्ध अदालतमा मुद्दा परेपछि विगतको भिसा रद्द गरिएको जानकारी पनि ढिला गरी दिइएको थियो ।
    सन्दीपको पहिला नै सन् २०२५ सम्मको अमेरिकी भिसा अवधि रहेको थियो । यदि क्यानको नेतृत्वको मनसाय गलत हुँदैनथ्यो भने उनले किन उच्च अदालतबाट सफाइ पाएपछि मात्रै भिसा रद्द भएको जानकारी पाए त, यहाँनेर समग्र खेलकुद प्रेमीले प्रश्न गर्ने ठाउँ छ @neplays.com

ความคิดเห็น •