Aatmahatya haina, Antim hatya | Md Asfaque| prawah kavi gosthi| St. Xavier's college, Maitighar ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • आत्महत्या हैन, अन्तिम हत्या
    बा
    कताबाट सुरु गरूँ आफ्नो कथा
    कसरी व्यक्त गरूँ आफ्नो व्यथा
    आज भर्खरै बसमा अरुको वशमा हुनुपरेको व्यथा सुनाऊँ कि अङ्कित अङ्कलले अङ्कमाल गर्दै मेरो अङ्ग अङ्गमा अङ्कन छोडेको कथा सुनाऊँ।
    "आऊ, छोरी छेउमै बस , सिट खाली छ"
    हरेक छोरी भन्ने मान्छे बा जस्तै हुन्न है बा ।
    आज फेरी छोरी भन्दै बसाउने ती हातहरुले जिउ मुसार्दै गए
    म भने बाल्यकालमा तिमीले जिउ माड्दै नुहाइदिएको सम्झी रहे ।
    तिमीले नुहाइदिदा जिउमा पानी बग्ने डरले होला आँखाबाट पानी बग्थ्यो
    र आज अरूको बैंसमा नुहाउनु पर्दा यो मनबाट बगेको छ।
    बा, तिमीले नुहाइदिदा तिम्री छोरी सफा र पवित्र हुन्थी र आज गङ्गाजलमा नुहाउँदा पनि नमेट्टिने दाग लागेको छ।
    बा,अनि आफ्नै गाउँको गणित गुरुबालाई "छोरीको गणित कमजोर छ, हेर्दिनु है" भनेर गएको हैन ।
    हो उहाँ जहिले आउनुहुन्छ, मेरो नमिलेको गणित हेर्न वा भनौँ, मेरो शरिरमा मिलेको गणित हेर्न।
    स्तनले ओगटेको आयतन हेर्न
    जतन गरिराखेको यो तन हेर्न ।
    मैले त गुरुमा 'बा' थपी गुरुबा भन्ने गर्थे
    उहाँको मुहारमा पनि तिम्रो मुहार खोज्थे
    तर सायद ती भोका आखाँहरूले ममा आहार मात्र खोजे ।
    म माथि गरिने टिप्पणीहरूलाई टिप्ने हो भने एउटा ठुलो किताब बन्ने छ जसलाई पढ्दा सरस्वती माताले पनि आफुलाई नारी भन्न लाज मान्दी हुन्
    बा मलाई बाटोको टिप्पणी हैन, तिम्रो शिरको टोपी बन्न मन छ ।
    मलाई अन्धकारको कारण हैन, सूर्यको किरण बन्न मन छ।
    मलाई त उड्न मन छ , स्वतन्त्रताको बतासमा
    त्यो विशाल आकाशमा , बादलै बादलको कपासमा
    जहाँ मैले लाउने कपासमा न कुनै गिद्धे आखाँहरू हुने छन् न मेरा खुट्टा बाँधिदिने कुनै धागाहरू ।
    रातो रङ्गमा रङ्गिएको त्यो महिला सिटको तल सुरक्षित भएर बस्दा
    म माथिको मेहरबानीले म भित्रको महिलालाई थिचिरा' हुन्छ ।
    त्यो सिटलाई सुरक्षा दिन गरिएको कपडाको आवरण
    फलामलाई बचाउन गरिएको रङ्गको पहिरन
    अनि छेउका अशक्त र जेष्ठ नागरिक सिटहरुले मनैमन
    एउटै कुरा भन्दछ "त कमजोर छ्यस्"
    बा, त्यो रातो रङ्ग सुरक्षाको हो कि खतराको हो ?
    दरगाहको त्यो भीडमा
    दुर्गाको मन्दिरमा
    महिला सशक्तिकरणको सम्मेलनमा
    भेदभाव विरुद्ध गरिएको आन्दोलनमा
    ठुल्ठुला सभा अनि सदनमा
    मैले चाल्ने कदम कदममा
    लेडिज फर्सट् भन्ने ट्याग लगाइन्छ अनि बारम्बार बोध गराइन्छ "त कमजोर छ्यस्"
    बा यो आरक्षण महिलाको संरक्षण हो कि पुरुषको शाषण ?
    हो बा तिमीले र आमाले पनि त दाइलाई भन्दा बढी प्राथमिकता मलाई दिन्थ्यौ।
    याद छ दाइले भन्दा बढी रोटी मैले पाउँदा दाइको मुख रोटी भन्दा पनि बढी फुल्थ्यो ।
    अनि आमाले रोटीमा दुलो बनाई भन्नुहुन्थ्यो
    "खान दे न , पाहुना हो के थाहा आफ्नो घर गएपछि आँफैले पकाएको रोटी पाउँछे कि पाउँदिन " अनि दाइको गालामा पनि दुलो पर्थ्यो र जिस्काउँदै हाँस्नुहुन्थ्यो, त्यो दुलो परेको रोटीझैं।
    प्रश्न त मनमा त्यतिखेरै आउँथ्यो कि
    बा छोरी मान्छेको जन्म पराइ आङ्गनमा हुन्छ हो?
    बा यो तिम्रो गल्ती हैन
    मेरो गल्ती पनि हैन
    पुरुष र नारीलाई एउटै बगैंचामा हेर्न चाहने त्यो मालीको गल्ती हो त्यसैले त म जाँदै छु त्यो माली निर
    पुरुष र नारीको छुट्टाछुट्टै बगैँचा बनाइदिन भन्न
    एकअर्काबिना फुल्न सक्ने क्षमता पठाइदिन भन्न
    सोच न बा कति आनन्द हुन्छ होला बा'हरुलाई
    न त्यो बगैँचामा बिहे भन्ने ॠतु आउनेछ
    न दाइजो भन्ने हावा चल्ने छ
    न घुम्टो,बुर्का , हिजाब हुनेछ
    न समानता-असमानताको हिसाब हुनेछ
    न झै-झगडा हिंसा तनाव हुनेछ
    न लैङ्गिक भेदभाव हुनेछ
    न नारीले नारीको हत्या कोखमै गर्नेछन्
    न मजस्ताले आफ्नो हत्या आफै गर्नेछन् ।
    अनि बा यसलाई आत्महत्या हो भनि नसोचे हुन्छ
    किनकी आत्महत्या बाँच्ने कारण नभएपछि गरिन्छ र मसँग मर्ने कारणहरु छन्।
    जसरी भगवानले हाम्रा गल्तीका लागि आफ्नो छोरोलाई बलि चढाएको थियो त्यसरी नै आज भगवान् का गल्तीका लागि तिम्रो छोरा हैन तिम्री छोरी बलि चढ्दै छे ।
    म मर्दैछु नयाँ जन्म लिन लाई
    म मर्दैछु नयाँ बिहानी बन्न लाई
    म मर्दैछु कहिले नमर्न लाई
    त्यसैले बा यो आत्महत्या हैन, अन्तिम हत्या हो ।

ความคิดเห็น • 17

  • @rucheebhatta8731
    @rucheebhatta8731 3 ปีที่แล้ว +1

    I am speechless 🥺🥺
    those lines about mahila seat hits hard.

    • @asfaquism
      @asfaquism  3 ปีที่แล้ว

      Ohh thank you
      You watched my other videos, too? Make sure you subscribe to this channel.

  • @jessicayadav1636
    @jessicayadav1636 4 ปีที่แล้ว

    😶😶 speechless 😍😍

  • @anishmanandhar1203
    @anishmanandhar1203 5 ปีที่แล้ว +3

    MD, I always get goosebumps listening this

  • @nityamjha8220
    @nityamjha8220 5 ปีที่แล้ว +2

    This man always makes my ears feel special

  • @merit4711
    @merit4711 5 ปีที่แล้ว +1

    kada kada:)

  • @shaurav3546
    @shaurav3546 5 ปีที่แล้ว +1

    A different perspective on
    Feminism .......Nailed it MD Bhai
    😍😍😍

  • @bimleshchaudhary5495
    @bimleshchaudhary5495 5 ปีที่แล้ว +1

    Love you bro...

  • @niyatishah8566
    @niyatishah8566 5 ปีที่แล้ว +1

    It was really amazing 😍😍
    Your creativity and your perspective hats off.it really touched my heart ❤️

  • @anupdhakal2521
    @anupdhakal2521 5 ปีที่แล้ว +1

    Your poem will bring goosebumps to anyone. Congratulations :)

  • @gajendrachauhan821
    @gajendrachauhan821 5 ปีที่แล้ว

    Very nice Asfaque...well done👍 and keep it up..!!!!

  • @aakriti366
    @aakriti366 5 ปีที่แล้ว +1

    😍😍😍

  • @riwajj
    @riwajj 5 ปีที่แล้ว +1

    Bhai, aru kabita pani upload gardai gara hai !
    Ramro cha.

  • @yoursbiology1680
    @yoursbiology1680 5 ปีที่แล้ว

    kada

  • @omyadav5962
    @omyadav5962 5 ปีที่แล้ว

    Asfaque dai i am waiting for new one.

  • @amitgiri656
    @amitgiri656 5 ปีที่แล้ว

    👍😍❤

  • @arunkumarsingh7890
    @arunkumarsingh7890 5 ปีที่แล้ว

    Kyaa likkhaa hai