गोरामुमो वरिष्ठ नेता पाल्देन दोर्जे भुटियालाई मन घिसिङ, निरज जिम्बा द्वारा श्रद्धाञ्जली अर्पण !!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • गोरामुमो खर्साङ ब्राञ्च कमिटीका वरिष्ठ एवं कर्मठ सदस्य पाल्देन दोर्जे भुटियाको निधनमा आज गोरामुमो अध्यक्ष मन घिसिङ अनि बिधायक निरज जिम्बा द्वारा उनको बासस्थानमा पुगेर खदा अर्पण गरि श्रद्धाञ्जली अर्पण गरेका छन्। खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामा, सचिव युद्ध छेत्री, ब्राञ्च कमिटी कानुनी सल्लाहकार विशाल लामा, प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ खर्साङ टाउन समष्टि अध्यक्ष अंजय छेत्री लगायत भ्रातृ संगठनका सम्पुर्ण प्रतिनिधि को टोलीले पार्टीको झण्डा अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेको पार्टी का मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। आफ्नो छोटो बिज्ञप्तिमा पार्टी अध्यक्ष मन घिसिङ द्वारा श्रद्धाञ्जली अर्पण गर्ने क्रममा भने, दाज्यु पाल्देन दोर्जे भुटियाको असामायिक निधनमा म अत्यन्त दुखित छु। वहाँ जस्तो सहासी कर्मठ सदस्यलाई गुमाउनु भनेको पार्टीलाई अपुर्णिय क्षति भएको मैले आभास गरेको छु। वहाँ एक समर्पित अनि पार्टी संस्थापक सदस्य पनि। थिए पार्टीको चुनौतीपूर्ण समयमा 2008 देखि 2017 सम्म खर्साङ ब्राञ्च कमिटीको अध्यक्ष पदमा रहेर वहाँले हजारौं कष्ट अनि यातनाहरु सहेर हरियो झण्डालाई थामेर राखेका थिए। पार्टीको सिद्धांत अनि अनुशासनमा रहेर पार्टीलाई त्यस समय वहाँको महत्त्वपूर्ण योगदान रहेका छन्। वहाँ खर्साङ नगरपालिकाको काउन्सिलर पदमा पनि रहेर जनकल्याणको आफ्नो महत्वपूर्ण भुमिका निभाएका थिए। आफ्नो जीवनको अन्तिम क्षण सम्म पनि पार्टीलाई आफ्नो महत्त्वपूर्ण योगदान दिदै खर्साङ ब्राञ्च कमिटीको कानुनी सल्लाहकार पदमा रहेर आफ्नो महत्त्वपूर्ण भुमिका निभाएका थिए। वहाँको निधनमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा द्वारा गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं। चिर आत्माले बैकुण्ठ धाम प्राप्त गरुन् भनी ईश्वर संग प्रार्थना चडाउँदछु साथै शोकाकुल परिवारले यस दु:खद घडीमा ईश्वरले सहन शक्ति प्रदान गरुन् भनी कामना गर्दै हार्दिक संवेदना प्रकट गर्दछु। यसैक्रममा पार्टी अध्यक्ष मन घिसिङ लगायत पार्टी का शीर्ष नेतृत्व बर्ग द्वारा शोकाकुल परिवारका सदस्यहरुलाई भेटघाट गरि संवेदना प्रकट गरेका छन्।
    #himalichanneldarjeeling
    #darjeelingnews
    #insidestory
    #himalieyesonyou

ความคิดเห็น • 3

  • @meenakhati3181
    @meenakhati3181 3 หลายเดือนก่อน

    Hardik shardhanjali 🙏

  • @penamtamang3630
    @penamtamang3630 3 หลายเดือนก่อน

    Jai GNLF
    Jai Subash ghising

  • @JunaSubba-t9g
    @JunaSubba-t9g 3 หลายเดือนก่อน

    Rest in peace Jojo