Right way to live in jesus // येशूमा जिउने सही तरिका // Swargiya Gyanko Dainik Khurak

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024
  • #truth #faith #christian #vedio
    #jesus #loveyou
    #swargiyagyankodainikkhurak
    Instagram link 👇
    www.instagram....
    यो vedio सर्वसक्तिमान पवित्र र जीवित परमेश्वरको पवित्र बचन पवित्र बाइबलबाट सत्य कुरामा आधारित छ, मानिसलाई सत्यको जानकारी दिदै, येशूमा मुक्ति प्राप्त गरेर, नैतिकवान जिवन, असल मानवीय व्यवहार, सहयोगी,प्रेमिलो,दयालु,मिलनसार, परिवारको हित, समाजको हित, राष्ट्र/मुलुक/देशको हित, व्यक्तिगत जिम्मेवारी, व्यक्तिको अधिकार, नैतिकवान चरित्र जस्ता नैतिक शिक्षाको ज्ञान गराउदछ जसद्वारा मानिसहरूले बुद्धि र अनुशासन प्राप्‍त गरून, अन्‍तर्दृष्‍टिका कुराहरू बुझुन, एक अनुशासित र विवेकी जीवन जिउन, बुद्धिमान्‌ले सुनून्‌ र तिनीहरूको ज्ञान बढ़ोस्, र विवेकशील व्‍यक्तिलाई अगुवाइ मिलोस र बाटो,सत्‍य र जिवनका रहस्‍यका कुराहरू तिनीहरूले बुझून्‌ भन्ने उद्देश्यले यस vedio को सिर्जना गरिएको छ।
    ‭मत्ती 5:3-10
    [3] “धन्‍य आत्‍मामा दीन हुनेहरू,
    किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।
    [4] धन्‍य शोक गर्नेहरू,
    किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।
    [5] धन्‍य नम्रहरू,
    किनभने तिनीहरूले पृथ्‍वीको अधिकार पाउनेछन्‌।
    [6] धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू,
    किनभने तिनीहरू तृप्‍त हुनेछन्‌।
    [7] धन्‍य दयावन्‍तहरू,
    किनभने तिनीहरूले दया पाउनेछन्‌।
    [8] धन्‍य शुद्ध हृदय हुनेहरू,
    किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌।
    [9] धन्‍य मेलमिलाप गराउनेहरू,
    किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।
    [10] धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू,
    किनभने स्‍वर्गको राज्‍य तिनीहरूको
    ‭भजनसंग्रह 1:1-6
    [1] धन्‍य हो त्‍यो मानिस,
    जो दुष्‍टहरूको सल्‍लाहमा हिँड्‌दैन,
    जो पापीहरूको मार्गमा खड़ा हुँदैन,
    अनि गिल्‍ला गर्नेहरूको सङ्गतमा बस्‍दैन।
    [2] तर परमप्रभुको व्‍यवस्‍थामा नै त्‍यो खुशी रहन्‍छ,
    र त्‍यसले दिनरात उहाँकै व्‍यवस्‍थामा मनन गर्छ।
    [3] त्‍यो खोलाको किनारमा रोपेको बोटजस्‍तै हुन्‍छ,
    जसले आफ्‍नो ऋतुमा फल दिन्‍छ,
    अनि जसको पात कहिल्‍यै ओइलाउँदैन।
    त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ।
    [4] दुष्‍टहरू त्‍यस्‍ता हुँदैनन्‌!
    तिनीहरू बतासले उड़ाएर लैजाने भुसजस्‍तै हुन्‍छन्‌।
    [5] यसकारण दुष्‍टहरू न्‍यायको दिनमा टिक्‍नेछैनन्‌,
    र पापीहरूले धर्मीहरूको सभामा स्‍थान पाउनेछैनन्‌।
    [6] किनकि परमप्रभुले धर्मीहरूको मार्गको रक्षा गर्नुहुन्‍छ,
    तर दुष्‍टहरूको मार्ग नष्‍ट हुनेछ।
    ‭प्रस्‍थान 20:3-17
    [3] “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।
    [4] “आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू,
    माथि आकाश अथवा तल पृथ्‍वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनू।
    [5] तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू,
    किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,
    [6] तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्नेहरूका हजारौँ पुस्‍तामाथि म कृपा गर्नेछु।
    [7] “परमप्रभु आफ्‍ना परमेश्‍वरको नाउँ व्‍यर्थैमा नलिनू, किनकि उहाँको नाउँ व्‍यर्थैमा लिनेलाई परमप्रभुले निरपराध ठहराउनुहुनेछैन।
    [8] “शबाथ-दिन पवित्र मान्‍नुपर्छ भनी याद राख्‍नू।
    [9] छ दिनसम्‍म परिश्रम गरेर आफ्‍ना सबै काम गर्नू,
    [10] तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति शबाथ-दिन हो। त्‍यसमा तिमीहरूले केही काम नगर्नू, न त आफ्‍नो छोराले, न छोरीले, न कमारा-कमारीले, न गाईबस्‍तुले, न मूल ढोकाभित्र भएको परदेशीले केही काम गरोस्‌।
    [11] किनकि छ दिनमा परमप्रभुले आकाश, पृथ्‍वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नुभयो। त्‍यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष्‌ दिनुभयो, र त्‍यसलाई पवित्र गर्नुभयो।
    [12] “आफ्‍ना बुबा र आमालाई आदर गर, कि जुन देश तिमीहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुहुन्‍छ, त्‍यहाँ तिमीहरूको आयु लामो होस्‌।
    [13] “हत्‍या नगर्नू।
    [14] “व्‍यभिचार नगर्नू।
    [15] “चोरी नगर्नू।
    [16] “आफ्‍नो छिमेकीको विरुद्धमा झूटो गवाही नदिनू।
    [17] “आफ्‍नो छिमेकीका घरको लालच नगर्नू। आफ्‍नो छिमेकीकी पत्‍नीको लालच नगर्नू, आफ्‍नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा त्‍यसको कुनै पनि थोकको लालच नगर्नू।”

ความคิดเห็น • 6

  • @SaharaBhujel-vn6wc
    @SaharaBhujel-vn6wc วันที่ผ่านมา

    Amen🙏 Amen🙏 Amen🙏 Amen🙏

  • @rinaraibhattarai3573
    @rinaraibhattarai3573 14 ชั่วโมงที่ผ่านมา

    AMEN

  • @Johndiprai0073
    @Johndiprai0073 วันที่ผ่านมา

    Amen..Hallelujah👏👏👏👏🙌🙌🙌🙌🙌🙌🙌🙌🙌🙌

  • @sangitarai5061
    @sangitarai5061 วันที่ผ่านมา

    Amennn!!🙏🙏✝️✝️🙏🙏

  • @Padmachhetri-xn2eg
    @Padmachhetri-xn2eg วันที่ผ่านมา

    Amen 🙏