Nilbarahi Naach 2078|Neelbarahi Dance|Nepali Cultural Dance|Bode Bhaktapur|Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • तीन दिन चार रातसम्म चल्ने ‘नीलबाराही नाच’ हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट सुरु हुने परम्परा रहेको छ । नाचमा १९ जना देवता रहने छन् । यसमा भैरव एकजना, बाराही चारजना, कुमारी चारजना, सिंह चारजना, द्वारपाल दुईजना, गणेश चार जनाको सहभागिता रहने गर्दछ ।
    नाच अवधिभर प्रत्येक देवताका लागि एकजना सहयोगी आवश्यक पर्दछ । यी सहयोगीहरु नाच अवधिभर देवतासँगै रहनु पर्दछ । सहयोगीले देवताले भनेको सबै काम गरिदिनुका साथै मुकुट राख्न लाने, ल्याउने, देवतालाई बोक्नेसम्मको सहयोग गर्नुपर्ने हुन्छ ।
    नाच प्रदर्शनका क्रममा बालिने सुकुन्दा निभ्नु दिनुहुँदैन । निभेमा देवता बनेका ब्यक्तिलाई पेट दुख्ने, बान्ता हुने लगायतको विश्वास छ । देवता बन्ने व्यक्ति थाकेमा सहयोगीले आफ्नो काखमा बसाल्नु पर्दछ, भुँईमा बसाउनु हुदैन भन्ने चलन पनि रहेको छ ।
    देवता बन्नेले नाँच अवधिभर बोल्नु हुँदैन । केही कुरा भन्नु परे इशारा गरेर मात्र गर्न सकिने चलन रहँंदै आएको छ ।

ความคิดเห็น •