उग्रचण्डी भगवती

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ต.ค. 2024
  • आज म तपाईहरुलाई काभ्रेपलाञ्चोक जिल्लाको उत्तर पश्चिममा रहको ऐतिहासिक शहर नालामा अवस्थित उग्रचण्डी भगवती मन्दिर लिएर जादैछु ।बडा दशैं २०८० सालको अष्टमीको दिनमा हामी भगवतीको दर्शन गर्न जाँदैछौं । बनेपा नगरपालिका वडा नं. ४ मा रहेको मन्दिर काठमाण्डौं उपत्यकाबाट पूर्वतिर अवस्थित छ । नेपालका प्रसिद्ध चार भगवतीका रूपमा नालाको उग्रचण्डी भगवती, काठमाडौँको शोभा भगवती, काठमाडौँकै नक्साल भगवती मन्दिर र काभ्रेपलाञ्चोकमै अवस्थित पलान्चोक भगवती चार आपसमा दिदी-बहिनी हुन् भन्ने जनश्रुति रहेको छ । यो मन्दिर उग्रचण्डी भगवतीको हो तर पनि यो नाला भगवतीको मन्दिरको नामले प्रख्यात छ । मन्दिरको सिलालेख अनुसार उग्रचण्डी भगवती साक्षात रूपमा उत्पति भइ एउटा ठूलो ढुङ्गामाथि बसेर त्यहीँ अन्तरध्यान भएको र पछि तत्कालीन शासकले उक्त ढुङ्गालाई उग्रचण्डी भगवतीको प्रस्तर मूर्ति कुद्‍न लगाइ प्राणप्रतिष्ठा गरिएको बताइन्छ । वि.सं. २०७२ को विनाशकारी भूकम्पका कारण मन्दिरपूर्वतर्फ केही ढल्किएपछि मन्दिरको पुनःनिर्माण थालेको हो । छत्र शैलीको चरा तल्ले मन्दिर लिच्छविकालदेखि नै अस्तित्वमा रहेको भनिएपनि निर्माण भने मल्लकालमा नै भएको बुझिन्छ । भगवतीको १८ हाते प्रस्तरको मूर्ति उत्तरबाट दक्षिण फर्किको छ । यहाँ प्रत्येक वर्ष विजयादशमीको नवरात्रीभर धुमधामका साथ पूजाआजा गरी ‘नरिवल बलि एवं पशुबलि दिने चलन रहँदै आएको छ ।

ความคิดเห็น • 6

  • @subhashrairai5608
    @subhashrairai5608 11 หลายเดือนก่อน +1

    Jai Mata chndi jai Mata chndi

    • @creepanta
      @creepanta  10 หลายเดือนก่อน

      Jaya

  • @rohermiagequillo4008
    @rohermiagequillo4008 10 หลายเดือนก่อน +1

    👍4 is here...

  • @rohermiagequillo4008
    @rohermiagequillo4008 10 หลายเดือนก่อน +1

    Hello..new subscriber from the house of Mila Budhathoki @Filipina in Nepal Vlog💜

  • @rohermiagequillo4008
    @rohermiagequillo4008 10 หลายเดือนก่อน +1

    I am now your 442 subscriber. From Philippines...

    • @creepanta
      @creepanta  10 หลายเดือนก่อน

      Thank you so much.