WHY IS BAGH BHAIRAV JATRA CELEBRATED?|| KIRTIPUR || BHADRA 1||JATRA OF NEPAL ||CULTURE AND TRADITION

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ย. 2024
  • History of Bagh Bhairav Jatra, Kirtipur,Nepal.
    भाद्र १
    कीर्तिपुर प्राचीन कालमा, नरगोका गाउँलेहरुको चरनको रुपमा रहेको थियो र यसलाई प्राचीन कालमा पद्यकाष्ठ गिरि भन्ने गरिन्थ्यो । एकदिन गोठालो केटाकेटीहरु पद्यकाष्ठ गिरि तिर भेडाहरु चराउन गए । बीच डाँडामा पुगेपछि भेडाको बथानलाई त्यहीँ छाडी उनीहरु कुवातिर लागे र त्यहीँ बसि माटो मुछेर बाघको मुर्ति बनाउन थाले । बनाउँदा बनाउँदै अंग प्रत्यंग सबै तयार भयो, जिब्रो मात्र राख्न बाँकि थियो । त्यस मुखमा मिल्ने जिब्रोको लागि पात खोज्न ती गोठाला बच्चाहरु यताउता लागे । आश्चर्यको कुरा के थियो भने त्यस दिन त्यो बाघको मुखमा मिल्दो पात भेटाउन सार्है गाह्रो भयो । घण्टौं पछि फेला पारी फर्कदा त्यहाँ एउटा पनि भेडा देखा परेन र रगतका टाटा मात्र देखा परे । पछि ती गोठालाहरुले चिच्याउँदै भेडाको खोजी गरे । त्यसैबेला त्यो माटाको बाघले बिस्तारै मुख खोली आँ गरेर देखायो । बाघको मुखभित्र रगत लतपतिएको र केही भेडा बाख्राको हड्डीका टुत्राहरु देखिए । "तेरो मुख सधैं यस्तै होस् " भनी सरापेर गोठालाहरु रुँदै आफ्नो गाउँ फर्के र सबै कुराको वृतान्त गाउँलेहरुलाई सुनाए ।
    यो कुरा सुनेपछि गोठालाहरुका
    आमा-बाबू र गाउँलेहरुले त्यस स्थलमा गई हेर्दा बाघको मुखमा र यताउति भुइँमा रगतको टाटाहरु देखे । यतिकैमा चारैतिरबाट बाघहरु गर्जेको आवाज सुनियो । गाउँलेहरु डराएर त्यस जङ्गलबाट गाउँतिर लागे । यस घटना पछि दिन प्रती दिन गाउँको चारैतिर बाघहरु घुम्न थाले । बाघको डरले गाउँका बासिन्दाहरु सबै त्यहाँबाट काठमाडौं टंगाल पोखरीको पछाडिपट्टीको चउरमा बसाइँ सरे । त्यस बसाइँ पछि त्यस ठाउँको नाम नर-देय रह्यो ।
    नरगोका बासिन्दाहरु बसाइँ सरेर गएपछि पांगा र नङ्गामा पनि बाघहरुले दु:ख दिन थाल्यो । त्यसपछी पाङ्गालीहरुले सागाका अत्यन्त जान्ने नामुद तान्त्रिक ल्याई देखाए । "त्यो माटाका बाघमा भैरव प्रवेश हुन पुगेछ, त्यसलाई पुजा-आजा गराएमा शान्त हुन्छ।" तान्त्रिकको भनाइलाई मनन गरि गाउँलेहरुले एक जुट भई भाद्र १ गते सिंह संक्रान्तिका दिन एउटा राँगो, एउटा बोको र एउटा भेडोको बलि दिई बाघ भैरवका नामले तोरण्समेतलगाई पुजा-आजा गरेर शान्त गराए ।
    त्यसपछी नरगोबाट बसाइँ सरेर गएकाहरु नर-देय छोडी पुन : नरगोमा फर्केर आए तर त्यहाँ नबसी पद्यकाष्ठ गिरि मै घरजम गर्नथाले । पछि जनसंख्या वृद्धि हुनुका साथै टोलहरुको पनि वृद्धि हुँदै गयो र जङ्गलहरु सिद्धिदै गयो । त्यस समयदेखी बाघ भैरवको पुजा भाद्र १ गते सिंह संक्रान्तिका दिन गर्ने र पुजा गर्दा, एउटा बोको एउटा रागो र एउटा भेडो बलि दिई राती क्रमश: बलेको सुकुन्दा बोकेको
    महिलाहरु, बाघ भैरवको रथ र बाजा गाजासहित नगर परिक्रमा गर्ने चलन आजसम्म पनि चलिरहेको छ । त्यस पुजाका लागि चाहिने खर्च आजसम्म पनि दरबन्दी अनुसार दिंदै आएको छ ।

ความคิดเห็น • 2