20150731174848

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • सोलुखुम्बु जिल्लाको कुरिमामा शेर्पा साँस्क्रिति झल्काउने 'स्यप्रु' कार्यक्रम् सम्पन्न भएको छ। कुरिमा यो-नाम् स्थित् साङछ्योलिङ् गोन्पामा एक भब्य कार्यक्रम् को बिच् यो कार्यक्रम् सम्पन्न भएको हो। झन्डै एक् महिना अघि देखि शुरु भएको यो कार्यक्रममा १७ जना बालबालिका हरुले भाग् लिएका थिए। लोप हुन लागेको शेर्पा जातीको भाषा कला र साँस्क्रितीलाई जिवान्त दिने उद्देस्यले गाँउकै युवा युवतीहरुको सहायोग र सक्रियतमा यो कार्यक्रम् भएको हो। स्यप्रु प्रसिक्षण गुदेल् गाबिस थातेङबाट आउनु भएको छिरिङ् दोर्जी शेर्पाले दिएका थिए। लगभग् शुन्य् अवस्थमा झर्न लागेको शेर्पा साँस्क्रिलाई प्रशिक्षण पास्चत् उल्लेखेनिय रुपमा प्रगति र बिकास् भएको देखेर उपास्थित् अबिभाबक र अन्य ब्यक्तीहरु निक्कै दङ्ग देखिन्थे। कार्यक्रममा धर्म डाँडा शेर्पा समाजका अध्यक्ष छिरिङ तेन्जिङ शेर्पाको प्रमुख अतिथ्य रहेको थिए भने स्यप्रु प्रशिक्षण कार्यक्रमका संयोजक् तथा देक्षेण् छ्योलिङ् गोन्पा कुरिमाको प्रमुख लामा ङावङ गोम्बु शेर्पाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। गुरु पुर्णिमालाई समेत मध्य नजर् गर्दै साङ छ्योलिङ् गोन्पामा धार्मिक बिधिअनुसार् पुजापाठ् गर्दै यो कार्यक्रम् भएको हो। कार्यक्रममा बिभिन्न ब्यक्ती ब्यक्तित्वहरुले शेर्पा साँस्क्रिती र यस्को जगेर्न बारे आ-आफ्नो धारणा राखेका थिए भने प्रमुख अतिथीको आसन बाट बोल्दै छिरिङ तेन्जिङ् शेर्पाले यो प्रशिक्षण कार्यक्रम धेरै सफलता भएकोमा खुसि ब्यक्त गर्दै अगामी दिनहरुमा पनि निरन्तरता दिनु पर्ने सुझाव दिएका थिए।

ความคิดเห็น •