केलादी घाट नेपाल प्रथम निम्बार्कपीठ
ฝัง
- เผยแพร่เมื่อ 15 พ.ย. 2024
- #केलादी_घाट
यो हो केलादी घाट, स्याङ्जा स्थित श्री राधादामोदर मन्दिर! श्री निम्बार्क सम्प्रदायलाई नेपालसङ्ग जोड्नका लागी प्रमुख भुमिका निर्वाह गरेको छ केलादी घाटले भन्दा केही फरक नपर्ला।वि.सं. १९५० मा नेपालको स्याङ्जा जिल्ला, मंजुयाम (मग्याम) गाउँमा परम्पुज्य श्रीभगवत्शरणदेवाचार्य जि को जन्म भएको थियो। उहाँले स्वदेशमै रहेर संस्कृत र ज्योतिष शास्त्रमा बिज्ञता हासिल गर्नुभयो र श्रीधाम वृन्दावन पुगेर गुरुदेव श्रीहरिप्रियाशरण देवाचार्य जि बाट वैष्णवी दीक्षा लिनुभयो। आफ्ना श्री गुरुदेवको आज्ञा र शिक्षाहरुलाई आत्मसाथ गर्दै नेपालमा श्रीमद्भागवत र भगवद्गीताका ज्ञानरुपी अमृत सबैमाझ बाँड्न थाल्नुभएका उहाँको वाणिकै प्रभावले श्री निम्बार्क सम्प्रदाय गुरुपरम्परामा रहेर दीक्षा लिने भक्तहरु दिनहुुँ बढ्दै गए। सबै भक्त, शिष्य परिकरहरुको अनुरोध र सहयोगमा कृष्णगण्डकी केलादी घाटमा श्री राधादामोदर मन्दिरको स्थापना गरियो र वि.सं.२०१६ माघ ५ का दिन सोही मन्दिरमा श्री राधाकृष्ण भगवानको प्रतिष्ठा गरियो। अहिले मन्दिर मात्र नभएर गौशाला, यज्ञशाला, गुरुकुल, पुस्तकालय, अतिथि भवन यहाँ देख्न पाइन्छन्। हुंगी घाट ऋषिकुल ब्रह्मचर्याश्रम पनि यसैको शाखाको रुपमा प्रसिद्ध छ। निम्बार्की आश्रमहरुमा पहिलो र प्राचीन हुनाले केलादी घाटमा अवस्थित यस स्थानको महत्व समय संगै अझै बढ्दै गइरहेको छ।
जय जय श्री राधेश्याम! श्री निम्बार्क भगवान की जय 🙏
जय जय श्री केलादी धाम।🙏❤️
जय श्री राधेश्याम
ॐ नमः शिवाय 🙏🙏🙏🙏🙏
हर हर महादेव्🙏
Om namo bhagwate vasudevay namah 🙏🙏🙏🙏🙏🙏🙏
Jay shambooo 🙏
❤❤❤❤