तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन कार्यक्रम, विहादी -४, सापचौर, २०८१ पौष १४ गते
ฝัง
- เผยแพร่เมื่อ 5 ก.พ. 2025
- "समुन्नत विहादी, सम्मानित विहादीवासी” "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ विहादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय पर्वतद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विहादी गा.पा.-४, सापचौर खेल मैदानमा मिति २०८१ पौष ११ गते विहिबार सुरु भई मिति २०८१ पौष १४ गते आइतवार समापन भयो ।
श्री नेपाल तारा माध्यमिक विद्यालय, रानीपानीले ८ स्वर्ण ४ रजत र ४ कास्य पदक सहित 🌹प्रथम🌹 स्थान हासिल गर्दै लगातार तेस्रो पटक रनिङ्ग शिल्ड बिजेता बनेको छ । नेपाल तारा मा वि का विद्यार्थी मिलन थापा उत्कृष्ट खेलाडी (Best Player) छनोट भएका छन् ।
चार दिन सम्म चलेको उक्त प्रतियोगितामा आम्बारी मा. वि, बराचौरले दोस्रो स्थान र जनकल्याण मा. वि, बाच्छाले तेस्रो स्थान हासिल गरेका छन् । प्रतियोगितामा गाउँपालिका भित्रका ८ ओटा माध्यमिक विद्यालय र २ ओटा आधारभूत विद्यालयका गरि करिब ३०० भन्दा बढी विद्यार्थीहरू विभिन्न खेलमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेका थिए ।
प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई विहादी गाउँपालिकाका अध्यक्ष परविन गुरुङ र उपाध्यक्ष मिना तिवारीले पुरस्कार वितरण गर्नु भयो। कार्यक्रमको संचालन दिनेश भुसाल सरले गर्नु भएको थियो । पुरस्कार वितरण पछि अध्यक्ष उपाध्यक्ष सहित सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरू बाजागाजा सहितको नृत्यमा सहभागी भएका थिए । नेपाल तारा मा वि का खेलाडी विद्यार्थीहरूलाई बाजागाजा सहित खेल मैदान देखि विद्यालयसम्म ल्याइएको थियो ।
विजयी सम्पूर्ण विद्यार्थी र विद्यालय परिवारलाई बधाई एवं शुभकामना 💞💞💞💞💞💞💞💞