pindeshwor Temple Dharan । पिडेश्वर बाबा धामकाे उत्पति, महत्व, विशेषता र सम्बन्ध
ฝัง
- เผยแพร่เมื่อ 1 ม.ค. 2019
- #DeuraliTv#Deuralikhabar #DeuraliTV#GuruSutra#Deurali#Dharan#chandeshworitempledharan
नेपालमा धेरै शिव मन्दिरहरु छन् । हरेक मन्दिरको आफ्नै विशेषता र महत्व रहेको छ । मध्यकालिन कला कैशलको नमुना देख्न सकिने धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर बाबा धाम को पनि आफ्नै किसिमको विशेषता र महत्व छ । यहा प्रत्येक वर्ष (बर्ष भरिमा) करिव ७ देखि ८ लाखको हाराहारीमा भक्तजनहरु श्रद्धा पूर्वक भक्ती भावले पुजा आरधना गर्न आउछन् । जस मध्यो करिव ५ लाखको हारहारीमा श्रावण महिनामा शिवलाइ जल चढाउन आउने गर्दछन् ।
स्कन्दपुराणको हिमवत्खण्ड अन्तरगत रुद्राक्षण माहात्म्यले पिण्डेश्वर बाबा धामको उत्पतिको बारेमा वर्णन गरेको छ । पिण्डेश्वर परिसरलाइ रुद्राक्षका वनकोरुपमा उल्लेख गरेको छ । त्यस्तै समुन्द्र मंथन गर्ने क्रममा विभिन्न बिस्तुहरु निस्किए, साथै अमृत पनि ति बस्तुहरुलाइ छानेर अमृत निकाली सकेपछि बाकि रहेका बिकार यूक्त बस्तु अथवा छोक्राको पिण्ड बनाइ यस स्थानमा देवताहरुले पुजा गर्ने गरेको बताइएको छ ।
संसारको जुनकुनै कुनामा यदि रुद्राक्षकोमाला फल प्राप्ती गर्ने उदेश्यले लगाइन्छ भने उक्त रुद्राक्षकोमाला पिण्ेश्वर बाबा धाममा ल्याइ विधिवतरुपमा मन्त्र उच्चारण गरिनु पर्छ भन्ने धामिक विश्वाश रहेको छ ।
यहाँ तिर्थालुहरु, सु स्वास्थ, दिर्घायू, सन्तान प्राप्ती, कर्मफल प्राप्ती लगायत रोजगार,व्यापारमा सफलताको मनोकामना पुराहुने विश्वासका साथ पश्चिम नेपाल देखि भारतका विभिन्न ठाउहरुबाट आउने गर्दछन् ।
बिगतमा यस भेगमा बागम्बर र चितम्बर नाम गरेका दुई चमत्कारी बाबाहरु बस्नेगरेको याहाका जानकारहरु बताउछन् । उनिहरु शिव भक्त, गुरु शिश्य भएको तथा पिण्डेश्वर परिसरमा बस्ने र यहि पुजा गर्ने गरेका कारण उनिहरुको मृत्यु पस्च्यात, मन्दिर परिसर भित्रनै अन्तश्ठी गरी शिव लिङ्ग स्थापना गरि उनिहरुको समाधि निमार्ण गरेको छ ।
यस मन्दिरमा मध्यकाली कलाकैशलका नमुनाहरु रहेका कारण पिण्डेश्वर बाबा धामको ख्याती मध्यकालमा पनि रहेको जोकोहिले पनि सहजै बुझ्न सक्छ । मन्दिरको दक्षिणी भेगमा पिण्डेश्वर भगवानको मन्दिर रहेको छ । त्यस्तै गणेश अस्टभुजा लगायतका मन्दिरहरु रहेको छ । त्यस्तै मुल मन्दिरको बाहिर हनुमान, सरस्वती तथा सन्तोसीमाताको पनि मन्दिर रहेको छ ।
यस पिण्डेश्वर क्षेत्र भित्र सरस्वती कुण्ड, र संस्कृत अध्यापन हुने पिण्डेश्वर क्याम्पस रहेका छन् । ऐतिहासिक, धार्मिक र संस्कृतीक दृष्टिले पिण्ेश्वर पूर्वको एक महत्वपूर्ण स्थलको मानिन्छ ।
पिण्डेश्वरमा कात्तिक मेलामा वराहक्षेत्र आउने साधुसन्तकालागि हन्डीको व्ययावस्था गरिएको हुदा यसको सम्बन्ध वराहक्षेत्र संग पनि रहेको मानिन्छ, तथापि प्रत्येक १२ वर्षमा चतरामा लाग्ने माहा कुम्भ मेला को घडाको स्थापना यसै मन्दिरमा थापिएकोले र पिण्डेश्वर मन्दिरमा र।हेको अखण्ड ज्वती निभेसको आगो निभ्दा रामधुनीबाट आगो ल्याएर वाल्नुपर्ने र रामधुनीको आगो मर्दा याहाँबाट लगेर सल्काउनुपर्ने प्रचलन रहेकोले पिण्डेश्वर बाबा धामको सम्बन्ध यी मन्दिरहरु संग पनि रहेको छ ।
यस धाममा बाला चर्तुदशी, शिवरात्री र तिजमा मेला लाग्ने गर्दछ । यो वर्षको श्रावण महिनामा मात्र करिव ५ लाखको हारहारीमा भक्तजनहरुले दर्शन गरेको पिण्डेश्वर बाबा धाम समितिका सचिव बताउछन् ।
उनि भन्छन् । भक्क्तजनहरु सोमबार रातिनै आइपुग्ने गरेको हुनाले उनिहरुलाइ राति बेलाबेलामा लाइन जने भएकोले रातभर जेनेटरका व्यावसथा गरेका थियौं । रात भरि टाढाबाट भक्तजनहरु आइरहने हुनाले हामी समितीकै सदस्यहरु बसेर उनिहरुको हेरविचार गरिरह्यौ । सयको संख्यामा स्वयम सेवक पनि परिचालन गरिएको थियौं ।
त्यसतै तिजमा पनि विशेष कार्यक्रमको आयोजना भएको सचिव लिम्बूले जनाएका छन् । उनि भन्छन् कोशि र कोकोह को तटको यो हरि हर क्षेत्र पुर्वको एक महत्व पुर्ण क्षेत्र हो यसको सम्रक्षण र प्रर्वधन गर्नु सम्पुर्णको दायित्व हो करिव २ घण्टाको दुरिमा रहेका यि धार्मिक स्थलकोृ उचित सम्रक्षण गर्नु हर एक को दायित्व हो । हाम्रो संस्कृती नै हाम्रो पहिचान भएकाले यसको संरक्षण गर्नाले आफ्नो पहिचानको संरक्षण हुनेछ ।
#DeuraliTv#Deuralikhabar #DeuraliTV#GuruSutra#Deurali#Dharan
स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचार, मनोरन्जन, अन्तरवार्ता र संर्घषका कथाहरूकाे प्रस्तुती हाे देउराली टिभि
~-~~-~~~-~~-~
Please watch: "धरान ५ मा झुन्डिएकाे अवस्थामा एक व्यक्ति मृत्त फेला "
• Video
~-~~-~~~-~~-~
Om nomo shivia
Om naba Siyaye
Om namah shivaya namah
Bolo om nama sibhai satyam sibham Sundaram archana babaya namo namaha 5times
Pindeshur ba ba sanga kor garn pau hajut