डिजिटलमय अपिहिमाल गाउँपालिका | SmartPalika स्मार्ट बन्दैछ नेपाल

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • अपिहिमाल गाउँपालिकाले आफ्नो डिजिटल प्रोफाइल तयार गरेको छ। स्मार्ट गाउँपालिका बन्ने पहिलो खुड्किलो - डिजिटल प्रोफाइलको विकास गाउँपालिकाले स्मार्टपालिकाको सहकार्यमा गरेको हो।
    डिजिटल प्रोफाइलले अतिरिक्त सेवा र सुविधाहरूको साथ साथै कुनै पनि क्षेत्रमा विस्तृत जानकारी र डाटा प्रदान गर्दछ। यसले स्थानिय सरकारलाई ठूलो सहयोग पुर्‍याउन सक्छ। जनता र स्थानीय सरकार दुवैलाई फाइदा पुर्याउने यस प्रणालीका केही फाइदाहरू यसप्रकार रहेका छन्:
    १) आफ्नो क्षेत्रको व्यक्तिगत / घरेलू र व्यवसायको डाटा स्टोर र विश्लेषण गर्न सजिलो हुने
    २) आफ्नो स्थानिय तहको डाटाहरुको ग्राफिकल प्रतिनिधित्व हुने
    ३) डाटालाई विभिन्न कोटि अनुसार फिल्टर गरी आफ्नो स्थानिय तहलाई चाहिए अनुरुप योजना बनाउन सकिने
    ४) वार्षिक रिपोर्ट तयार गर्न धेरै सजिलो हुने
    देशको त्यति दुर्गम क्षेत्र मानिने दार्चुलाको अपिहिमालले आफ्नो पालिकाको सुनौलो भविष्यको लागि पहिलो कदम लिएको छ। स्मार्ट पालिकाले गाउँपालिकाको स्मार्ट र डिजिटल बन्ने लक्ष्यमा पूर्ण रुपमा सधैं साथ दिईरहने छ र अपिहिमाल लगायत नेपालका हरेक स्थानिय तहलाई डिजिटल शिफ्ट दिन सधैं तत्पर रहनेछ।

ความคิดเห็น •