अद्योपान्त हेरे । निकै भावुक , निकै हृदयविदारक लाग्यो , भक्तराज आचार्य ज्यूको जीवनकथा । वास्तवमा उहाँ कयौंपटक खुसी त हुनुभयो होला तर जीवनमा कहिल्यै सुखी नभई सधैंका लागि बिदा हुनुभएकोजस्तो लाग्यो । उहाँ माथि जुन प्रकारको सांघातिक हमला भयो , हमलामा संलग्न दोषी पत्ता लगाएर कारबाही हुन सकेन । दु:खद कुरा त्यही हमला उहाँको अन्त्यको प्रमुख कारण बन्यो । जीवनको उत्तरार्ध त्यहीँ घटना पछि निकै दुखदायी बनेको देखिन्छ । नेपाली सांगीतिक क्षेत्रका शिखर पुरुष स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली !
भक्तराज आचार्य रेडियो नेपालमा प्रथम हुँदाको प्रतियोगिता रेडियो नेपालको प्राङ्गणमा प्रतक्ष्य हेरेको छु। त्यो सम्झदा अहिले पनि त्यो होसियार ..बोलको गीत गुन्जिन्छ। त्यस पछि उहाँको गीत सुनेको मेरो साधनाको वरदान हो गीत बोलको गीत हो । प्राण भरेर गीत गाउने उहाँजस्तो कलाकारहरुको गीत गुन्जेसम्म सदा बाँचिरहने छन् भक्तराज आचार्य।
Jastei Dooars ko Dumchipara chiya bagan kun sal ma basnu hunthyo Ani feri kahile Samsing chiya bagan awnu vayo harek atleast years tah mention hunu parthyo anyway ramro lagyo ...
बुबा भक्त राज आचार्यको जिवनकहानी थाहा पाएर अत्यन्तै दुःखी भएको थिये। जुन कुराको लागी सबै त्याग्नुभयो त्यहीं कुरा जिन्दगिले खोसिदिएपछी कसरिसहनुभयो होला। जति गाउनुभयो जति सिर्जनाहरु छाडेर जानुभयो सबै अब्बल अनि अमर छन्। त्यो समयको सङीतले अझ पनि नेपाली संगीत उज्ज्वल बनाएका छन्। हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु वहा प्रति🙏
धेरै पछी आचार्य "लाई youtube मा हेर्दा खुशी लाग्यो यस कारणले पनि म " आफै पनि यस्तो कलात्मक फिल्मको पात्र बन्ने अवसर मिल्यो । यसका निम्ति म बिसेषत: यस फिल्मका निर्देशक प्रशान्त रसाइली प्रती आभारी छु । साथै भजन शिरोमणि भक्तराज आचार्य (स्वर्गीय) लेखन मन लागेन । वहा सङै बसेर आफैलाई हेर्ने अवसर जुरेको थियो करीब 13 बर्ष अघि । मेरो अभिनयको प्रसन्सा गर्नु भा थियो भक्त दाइले यहा बिबरणमा राखिएको कलाकारहरुको नाम पढे पछि मन हल्का चस्स भो । कारण- यस आचार्य चलचित्रका नायक ,नायिका पछी चरित्रको दृस्ठिले म र पुष्कर गुरुङ प्रमुख पात्र वा कलाकार हो । तर खै किन हो हामी दुई जनाको नाम लाई यहा उल्लेख गर्न आवस्यक ठानिएन । तर चलचित्रको चल्तीको भाषामा पासिङ रोल" गर्नेहरु लाई महत्तब दिइयो । यद्द्पी गुनासो त्यो भुमिका गर्ने भाइहरु प्रती बिल्कुलै होइन । आशा गरछु यसलाई भुल -सुधार गर्नु हुने छ । - बिजय बिशफोट कलाकार
यस्तो संघर्षपूर्ण जीवनलीलाबाट अस्त भए पनि नेपाली संगीतमा सधैंका लागि अनमोल रत्न भएर बाँचिरहनुहुनेछ - आदरणीय भजन शिरोमणि भक्तराज आचार्य ज्यु ❤🙏 हार्दिक नमन ❤
I've watched this flim in theater in sikkim. Want to thank the team who brought out such a beautiful real story of our great singer and his struggle in music.. Nothing is more as easier in life. Great soul great personality thank you Satya Raj dai. There's a saying legend never die🙏🙏 Can anyone help me to get song "parkha parkha khola" please help to get this masterpiece can't find it anywhere
युवा जोशमै जम्मा १६ वर्ष गीत गाएका भक्तराज आचार्यले नेपाली शास्त्रीय सङ्गीत भरे । उनको प्रौढ गायकी कस्तो हुन्थ्यो होला ! मनले उत्तर खोजिरहेकै छ । आज साँझ कयौँपटक आँशु बगे । सबैभन्दा प्यारा गायक भक्तराज आचार्यको स्मृतिमा पुत्रद्वयले बनाएको चलचित्र "आचार्य" ऐतिहासिक दस्तावेज हो । पूर्णबहादुरको सारङ्गीमा रोएका दर्शकहरूले भक्तराजको हार्मोनियममा पनि एक थोपो दृगका आँशु खसाइदिऔँ । ♥️ भावपूर्ण श्रद्धाञ्जलि प्यारा गायक !
यो फिल्म हेरिसकेपछि एउटा कुरा सोध्न मन लाग्यो,स्व.भक्तराज गुरुवाचार्यको दिदी जसले भक्तराज गुरुलाई घृणा गर्नुहुन्थ्यो,उहाँ अहिले काँहा हुनुहुन्छ? र उहाँहरु सँग भक्तराज गुरको जीवन परिवर्तन भईसकेपछिको सम्बन्ध कस्तो भयो र अहिले कस्तो छ सम्बन्ध? plz भन्न मिल्छ भने भनिदिनुसन,किनकि योत कथा हैन वास्तविकता होनी
Waha ka didi haru Samsing Tea estate vanney jaga ko kurti line ma basnu hunthyo sayad ailey waha hunu hunxa ki hunu hunnah tha vayena....Yo Dooars ko jalpaiguri zilla ma parxa Samsing .......ani adha vag chei Samsing Kalimpong Zilla ma parxa...
मेरो दुःख मलाई सारै नि संसारको सबैभन्दा ठूलो दुःख जस्तो लाग्थ्यो मेरो दुःखजस्तो। कसैले भोगेको छैन। जस्तो लाग्थ्यो। तर आज वरिष्ठ गायक भक्तराज आचार्यज्यूको फिल्म हेर्दा साह्रै नै बाबुक बनायो मलाई 🙏🙏🙏🙏 हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 🌿🌿
सारै पिडादाइ जीवन ब्यतित गर्नुभयको रहेछ आँखा नै रसायो हेर्दा! सत्य सरको अभिनय जिबन्त छ!जे भयपनी सत्य स्वरुपजस्ता लायकका सुपुत्र नेपाली संगीतको लागि उपहारस्वरूप छोडेर अवसान हुनुभयो, हार्दिक श्रद्दासुमन!
सांच्चै नै हृदयबिधारक भजनशिरोमणी ज्युको जीवन। यत्तिको जिवनको उतारचढाव सायद बिस्वको १% मान्छेलाइ मात्रै यस्तो संघर्ष पुर्ण जीवन जिउनु पर्छ होला। oooooooooh. सत्यराज ज्युले जिवन्त अभिनय निभाउनु भएको छ।💪💪💪
उहाँ का कथा संग शब्द मार्फत सुचित रहेपनी अभिनयले झन् भाबुक तुल्यायो । नेपाल बलिया अनि शक्तिशाली हरुले निर्दालाई दबाउने र अन्तमा खोक्रो देखावटी फुल चढाउनेको हुल भएको देश हो ।हामी सबै यस्का शिकार छौ । ❤
Satya Raj Acharya had a very touching performance, perhaps as a result of having endured such suffering since he was a young boy! Because, he saw everything about his legendary father's pain and journey. Kudos to the film's director, Mr. Prashant Rasaily. However, the Nepali film industry at the time was operating with very little funding and very little technology and equipment! Nevertheless, Mr. Prashant Rasaily did everything in his power to make this movie a reality. Many thanks
बौद्धमा भएको घटनाको चित्रण पूरा भएन । त्यहाँ जे भएको थियो त्यो बाहिर आउनु पर्थ्यो, २/३ दिन सम्म पनि वीर अस्पतालमा उपचार नपाएको विषय आउनु पर्थ्यो त्यो पनि आएन। वहाँ माथिको अन्यायको पाटा अध्यारो मै रहेछ । अभिनयमा दाइ सत्यराज नमन् । बरिस्ठ गायक/संगीतकार भक्तराज आचार्यमा हार्दिक श्रद्धाञ्जली 🙏🙏।
Ja samma mailey suneko kura yo jhagara ego ko karan dusman lageko ra waha kai chetra ko ley gunda lagaiyeko bhanney suniyo. Sablai thaha cha ko bhanney kura.
हरेक रात भक्तराज जि को गित नसुनी निन्द्रा लाग्दैन मलाइ , जिन्दगी कति संघर्ष पुर्ण छ , हाम्रो संघर्ष के हो र .. आँखा बाट आँसु नै बग्यो।। हार्दिक श्रद्धाञ्जली हजुर प्रती ।। धन्यबाद सम्पुर्ण टिमलाइ !!
मैले पनि यो चलचित्र हेरिसकेँ भक्तराज आचारियको जिवनि बुजेर दुख लाग्यो मैले उहाँको जिवनि जस्तो सुनेको थिएँ त्यसतै चलचित्र उहाँले नेपालि सङ्गित जगतमा पुर्याउनु भअएको अतुलनिय योगदान हामी नेपालि सङ्गित प्रेमिहरूले सदैव सम्जिरहनेछौँ।
प्रिय भक्तराज आचार्य ज्यू, तपाईंको स्वरले हाम्रो मनको गहिराई छोयो र तपाईंका गीतहरूले हामीलाई प्रेरणा र आनन्द दिइरह्यो। तपाईंको संगीतले तपाईंको विरासतलाई गर्वका साथ अगाडि बढाएको छ। सत्यराज आचार्य र स्वरूपराज आचार्यलाई पनि तपाईंको विरासतलाई गर्वका साथ बोक्नुभएकोमा धन्यवाद। साथै, तपाईंको जीवनमा आधारित चलचित्र निर्माणका लागि पनि विशेष धन्यवाद। तपाईंप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली। अनन्त शान्तिमा विश्राम गर्नुहोस्।
उत्कृष्ट अभिनय स्वरुप बाबुको, उत्कृष्ट जीवन कथा हाम्रो अत्यन्तै प्रिय आदरणीय स्वर्गीय भजन शिरोमणि भक्त राज आचार्यज्युको। धेरै भावुक भए। अफसोचको कुरा चाहिँ हाम्रो नेपाली दर्शकहरुले येस्तो उत्कृष्ट चलचित्रको महत्व बुझ्न सक्नु भएन छ सायद। बुझ्नु भएका भए यस चलचित्रले धेरै ख्याति कमाउने थियो होला।
नेपाली संगीत आकाशका जाज्वल्यमान नक्षत्र आदरणीय भजन शिरोमणी तथा राष्ट्र गायक भक्तराज आचार्य ज्यू को जीवनकथा हेरेर अत्यन्त भावुक र मर्माहत भएँ। यो फिल्म भक्तराज आचार्य ज्यूको जीवन कथा मात्र नभएर समग्र नेपाली गीतसंगीतकै ईतिहास् हो भन्ने लाग्छ। नेपाल राष्ट्रकै अमूल्य निधी भक्तराज आचार्य ज्यू प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏
सार्है भावुक भयेर आँखाबाट आंशु झर्यो हाम्रो महान गायक भक्तराज आचार्य ज्युको जिबनी हेरेर। प्रणाम अनी हार्दिक श्रदान्जली भक्तराज आचार्य ज्यु 🙏🙏 सत्यराज आचार्य को अभिनय त धेरै नै उत्कृष्ट छ। Best wishes Satyaraj Acharya👍
Uha bida bhyeko din uha ko khusi din lagyo malai eti smma dukha ta Bhagwan ley kasilai diadina tara uha haru ko whole family lai blessing bhyera janu bhyo uha ley antim sas fereko din nai uha lai sukha feel bhyo hola . Can any one imagine singer like him has to loose his voice , he have no other things to do then singing , what a tragedy . What a acting from satya raj . I thank satya and swoorop Dai for continuing his legacy otherwise his soul will never be happy . What a struggle suffering he gone through can any one imagine . I realise now how come satya n swoorop cry when they talk abt his dad . They suffer seeing him suffering since kid what a truma . I can relate some but it’s magnificent story I cried thinking does god exist . May lord shiva ma Devi bless his whole family. This legacy continues for at least 5 more generations. 😢❤
आचार्य चलचित्रको रि-रिलिजको बेला हलमा हेर्न चाहेर पनि हेर्न पाएको थिइन, युट्युब हेर्न पाएकोमा धेरै खुशी लाग्यो, मन भक्कानिएर पनि आयो, नेपाली साङ्गीतिक क्षेत्रकै बिशिस्ट ब्याक्तित्व आदरणीय भक्तराज आचार्य ज्युको बायोपिक हेर्दै गर्दा, त्यो कालो रात न आएको भए नेपाली सङ्गीत क्षेत्रले अझै कति उत्कृष्ट सदाबहार गीतहरु पाउने थियो होला! सत्यराज आचार्य जिको जीवन्त अभिनय बुलन्द छ, भने अरुणा कार्कीको अभिनय तारिफयोग्य छ! रास्ट्र गायक भजन शिरोमणि भक्तराज आचार्य ज्युप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु!❤❤
Respected Bhakta Raj Acharya is someone whom I've appreciated since I was 13/14. Sagar cha gaha bhitra..one of my favorites..can listen to this song on loop. Such an honor to watch his life being depicted in this movie..at the same time this is so painful to witness how much he suffered in his life.
मैले सिनेमा हलमै गएर हेरेको थिएँ । धेरै पछि यु ट्युबमा आएछ। खुशी लाग्यो। तर हलमा यो चलचित्र हेर्दा मलाई श्वोरुप राज आचार्य दाजु अभिनय गर्न जन्मनु भालो जस्तो लागेको थियो। गायनमा त वहाँ अब्ब्ल हुनुहुन्छ नै तर बुवाको छबिले नछोपी स्वतन्त्र आकाशामा उडान भर्दा वहाँ अभिनय तर्फबाट झन बढी कहलिनु हुन्थ्यो कि जस्तो लागेको थियो।
Waiting for this movie since long time. Can't express my feeling and huge respect to whole family. Huge fan since Jaha chan Buddha kaa aakhaa , since my childhood .
भजन शिरोमणि भक्तराज आचार्य प्रति हार्दिक श्रद्धा सुमन ! वर्षौंदेखिको पर्खाई थियो आचार्य चलचित्र हेर्ने । गाउँमा बसेर पनि हेर्ने अवसर पाएँ , अति नै प्रेरणादायी जीवन संघर्षका हकिकत !
स्वर्गिय भजन शिरोमणि भक्तराज आर्चाय ज्यु प्रति हार्दिक श्रद्धा सुमन 🥀🙏🏻 आर्याय चलचित्र असाधै राम्रो लाग्यो ❤❤ सबै आदरणीयहरुको असाधै राम्रो अभिनय ❤❤ ♥️🙏🏻
भगवान पनि सार्है निठुरी छन, भक्तराजलाई सजाय दिन्छन अनि अस्लिल तुच्छ गीत गाउनेलाई फलिफाप गरिदिछन, कर्ममा विश्वास गर्नु भन्छन, त्यो चिज भक्तराजको जीवनमा कहिल्यै लागू भएन । निष्ठुर छस ईश्वर तं पनि ! ! !
भजन शिरोमणी बुबा आदरणीय भक्तराज आचार्य ज्यूको जीवनकथा हेर्न पाउनु पनि अहिलेको पिडीको सौभाग्य हो , धन्यवाद हजुर निर्माण टोलीलाई , अनि एकदमै उत्कृष्ट अभिनय गर्नुभाछ सत्यराज दाई अरुणा दिदी अनि सबै कलाकारले , यसबाट अझै नजिकिएर नियाल्न पाइयो, Legend never die , huge respect towards our nation pride respected Bhaktaraj Acharya and restin Peace beautiful and great soul , we always remembered you through your creation ❤️🎉❤❤.
satya sworop dai standing like that in funeral says a lot...couldnot control my emotion...satya dai great acting..great movie and was a great tribute to legend himself respected bhakta raj acharya and wish to see other movies like this in future which gives tribute to our legendary
महागायकको जीवन संघर्ष अतिनै जिवन्त रुपमा प्रस्तुत भएको छ | यति प्राकृतिक शैलीमा, सुन्दर ढंगमा वास्तविक जीवनमानै पुगेको जस्तो बोध गराउन चलचित्रका अभिनेता, निर्माता, निर्देशक, लेखक अतिनै सफल भएका छन् |
केही गायकहरु यस्ता हुन्छन्, लाग्छ उनीहरूले गायका आवाज हाम्रा आफ्नै भावनाहरु हुन .. जब तिम्रो याद आउँछ, म भक्तराज आचार्यको गित सुन्छु, जब आचार्यको गित सुन्छु, मलाई तिम्रो याद आउँछ ..🙂 #अमररहुन #शिरोमणि !
निकै भावुक बनायो यो जीवन कथा ले आफु भित्र को ईच्छा चाहना लाई कती संघर्ष गरेर अघी बढाउनु भाको रैछ । यौटा गायक को सरल जीबन भित्र कती संघर्ष लुकेको हुन्छ त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ । सम्मान छ भजन सिरोमणी भक्तराज आचार्य ज्यु लाई 🙏🙏🙏
धरानको माटोमा जन्मेका यो सितारा, भजनको सुरले बुन्यो उहाँले संसार। सङ्गीतको उचाइ, आत्माको गहिराइ, भक्तराज आचार्य, जसको कथा बिर्सन कसको ताकत छ र ? गरिबीका बादलले छोपे पनि जीवन, आवाजमा थियो शक्ति, जित्यो सबै बन्धन। भजनको सुरले स्पर्श गर्यो हृदय, नेपाली मनमस्तिष्कमा सदा रह्यो अमिट याद। आफ्नो स्वरमा बगेका दुःख र वेदना, उहाँका गीत बने, शान्ति र प्रेरणा। माया, अध्यात्म, अनि जिन्दगीको अर्थ, भक्तराजका भाकाले दिएको छ सन्देश अनन्त। पुरस्कारले छुन सक्दैन उहाँको योगदान, सङ्गीतको धरोहर, उहाँकै नामले चिनिन्छ नेपाल। कष्टको अँध्यारोमा उज्यालो बनेर, भक्तराज आचार्य, सधैं बाँच्नुहुनेछ मनभर। गीत-गजलले सजाए यो जीवन-चक्र, भजन शिरोमणि, तिमी अमर छौ सधैँका लागि।
नेपाली साङ्गितिक आकाशमा सधैं चम्की रहने उज्ज्वल तारा भजन शिरोमणि स्व. भक्तराज आचार्यज्युले झेल्नु परेको हृदय बिदारक तीन दशक लामो अस्वस्थ एबम कष्टपुर्ण जिवन संघर्षमा आधारित मार्मिक नेपाली कथानक चलचित्र "आचार्य" मा उहाँको जेष्ठ सुपुत्र एबम नेपाली संगीतका वरिष्ठ गायक एबम संगीतकार श्री सत्यराज आचार्यज्युको मुर्त अभिनय ज्यादै मार्मिल लाग्यो । उहाँको जस्तो त्यो कहालीलाग्दो जीवन संघर्ष नेपाली संगीत, कला, अभिनय एबम समस्त नेपाली जनले कहिल्यै झेल्न नपरोस !! हार्दिक श्रद्धा सुमन भजन शिरोमणि स्व. भक्तराज आचार्य ज्युमा समर्पित !!
10:00am यो मुभिको प्रतीक्षामा बसेको कति भयो कति आज youtube खोल्ने बित्तिकै ठ्याक्क अगाडि आयो मत कति खुशी भय खुसी को कुनै सिमा नै रहेन र मेरा सम्पुर्ण साथीहरूलाई share पनि गरे👌👌🤘🤘 र बाकि हेरिसकेपछी ... 17:00pm अन्ततः सबै मुभी हेरियो पनि र अत्यन्तै भाबुक पनि भए उहाले बाच्नु भयको जीवन हामिले कल्पना सम्म पनि गर्न नसकिने जन्मे देखि गायन सम्मको यात्रा कति कठिन अनि यौटा सफलतामा पुगिरहदा फेरि त्यो खुशीमा रमाउन नपाउदै फेरि त्यति ठुलो बज्रपात अनि सबै भन्दा ठुलो पिडा यौटा गायकको आवाज हराउनु हामी कसैले पनि उहाको पिडालाई भोग्न त के महसुस पनि गर्न गाह्रो हुन्छ मैले सधै श्री भजन शिरोमणि भक्तराज आचार्य ज्यु लाई प्रभुकै रुपमा सम्झने गर्छु र मैले अन्तिम स्वास फेरुन्जेल पनि उहालाई प्रभु नै मानिरहने छु ! 🙏🙏🙏 भजन शिरोमणि भक्तराज आचार्य ज्यु प्रती हृदय देखि नै नमन गर्दै उहाको आत्मालाई स्वर्गमा शान्तिका साथ बास होस भनी प्राथना गर्दछु 🙏🙏🙏विनम्र श्रद्धाञ्जली 🙏🙏🙏😓💐💐❤️❤️❤
एउटा पुरूषले आफ्नो जिवनकालमा कति संघर्ष गर्नु पर्छ।यो समाज परिवारले उसको हांसो भित्र लुकेको पिडाको महसुस कहिल्यै गर्न सक्दैन।भजन शिरोमणि भक्तराज आचार्य ज्यु नेपाली सांगितिक क्षेत्रको कहिल्यै नअस्ताउने चम्किला नक्षत्र हुनुहुन्छ।हार्दिक नमन।।।
यो कथा कहाबाट सुरूगरेर कहाबाट अन्त्य गरु। कस्तो मार्मिक गित यति धेरै सङ्घर्षमय जिबन ब्यतित गरनुभयको र छ अझै धेरै सम्मानले शिर झुकाय 😢😢😢😢🙏🙏🙏🙏❤ अति राम्रो चलचित्र सत्य राज ज्युको अभिनय लाइ मनै देखी नमन;❤❤
उनै स्व गवैया भजन शिरोमणि भक्त राज आचार्य बुबाको यो अनेक संघर्षका कथा सँगै यति मिठो सांगेतिक यात्रा लाइ चिरफार गरेर देश तथा बिदेशमा नाम उच्च राखेर र राख्दाराख्दै कतिखेर आफ्नै आवाज रोकिएको थाहै नपाएको महशुस दुइ सुपुत्र ले महसुस गरेर यति राम्रो फिल्ममा उतार्नु भएछ।त्यो उतिबेला को संघर्ष, संगित को लडाइँ अनि धेरै मानिसहरू को चासो कसले र कसरी आक्रमणमा परेर जिब्रो नै काट्नुप्रयो भन्ने कुराको खुलदुली मेटाइ दिनु भयोे तर फिल्मा देखाए त्यति सजिलो र पारदर्शिता थिएन होला यथार्थ को त्यो लडाइँ। मलाई अझै खुलदुली छ!कसले गरयो त्यस्तो?भावुक बनायो यो मुभि ले। अभिनय भन्दा पनि जिवनी,मिठा मुर्धन्य आवाज सुन्दा सुन्दै सकिएछ पो फिल्म त।सत्य स्वरुप दाइ हरुलाई बुबाको आशिर्वाद त छँदै थियो अझै ठुलो आशिर्वाद मिल्नेछ यो प्रसारण बाट!जय गित!जय संगित 🙏🙏
श्रद्देय गायक श्री भक्तराज अाचार्य ज्यूकाे जीवनलार्इ अद्याेपान्त नियाल्दै गर्दा उहाँकाे जीवनमा संघर्ष र दुःखका दिनहरू कहिल्यै अन्त्य नहुने श्रृङ्खला जस्तै रहेछन् भन्ने लाग्याे । हामी उहाँकै गीत सुनेर, मनपराएर, सिकेर, गाएर हुर्कियाैं तर उहाँकाे जीवनकाे यथार्थ बाट हामी लगायत सिङ्गाे देश कति अनभिज्ञ र अचेत रहेछ भन्ने लागिरहेकाे छ । याे राज्यले एक सर्जक, हाेनाहार संगितज्ञ, गहनालार्इ चिन्न सकेन, वा चिनेर पनि बेवास्ता गरिदियाे । बलेकाे अागाे ताप्ने याे कठाेर जगतले केवल खरानी सम्झेर बिर्सिदियाे कि खरानी बन्नु अघि त्यही अागाेकाे काेइला तापेर तिनले कति हिउँद कटाएथे । हार्दिक श्रद्दासुमन श्रद्देय गायक श्री भक्तराज ज्यू प्रति । यदि याे फिल्म नबनेकाे भए निश्चय पनि हामीले उहाँलार्इ मरणाेप्रान्त नै सहि यति नजिक बाट चिन्न पाउने थिएनाैं । लेखक, निर्माता तथा कलाकारहरू सबैमा अभिवादन र धन्यवाद खास गरेर सत्यराज दाजुकाे उच्चकाेटीकाे अभिनयकाे लागि धेरै धन्यवाद ।
१६ बर्षको साङ्गीतिक अबधिमा यती धेरै कालजयी गीतहरु नेपाली साङ्गीतिक आकाशलाई दिएर जानु भएको छ भजन शिरोमणी ज्युले। उहाको कर्मले सधै उहा अजम्बरी रहनु हुनेछ । हार्दिक श्रद्धन्जली । ❤🙏
जहाँ छन बुद्धका आखा भन्ने गीत पर्खिदा पर्खिदै फिल्म नै सकियो,यो गीत कहिले कति बेला कसरि रेकर्ड भयो , रेकर्ड भईसकेपछी पब्लिक प्रतिक्रिया कस्तो थियोे, जिन्दगीमा के चेन्ज ल्यायो, देशबाट कस्तो सम्मान प्राप्त भयो भन्ने कुरा कुर्दा कुर्दै फिल्मनै सकियो, जे होस उहाँ को आत्मा लाइ शान्ति मिलोस हर्दिक श्रद्धाञ्जली 🙏🙏🙏🙏 हजुर यो संसार बाट टाढा भयपनि हाम्रो मन मस्तिष्कमा सधै अमर अजर भएर रहिरहनु हुनेछ, हजुरले नेपाली सङितिक जगतमा गर्नु भएको योगदान इतिहासको पानामा सधै अटल भएर रहनेछ ❤❤❤❤🙏🙏🙏
What could be more beautiful tribute to such a legend than this movie where his son has done such an incredible work! His life and music will always inspire to all of us 🙏
प्रथमतः सत्य स्वरुप झै सबैका सुपुत्र हौंन ! अनि ... युवावस्थाको जम्मा १६ वर्षे गीति यात्रा मै भजन शिरोमणि भक्तराज आचार्य ज्यु ले नेपाली शास्त्रीय संगीत मा अमिट रंग भरे ! कास ! उनको प्रौढ गायकी कस्तो हुनेथियो होला ? नेपाली आकाश को उचाई कत्ती माथी हुने थियो होला ?? मन ले उत्तर खोजीरहेछ!! आज साझ कयौंपटक आशु झरे ! उहाँको स्मृतिमा पुत्रद्वयले बनाएको चलचित्र " आचार्य " एक ऐतिहासिक दस्तावेज हो !! बौद्धमा भएको त्यो भयानक घटनाको भने पुर्ण चित्रण भएन ! उहाँमाथी को अन्यायको पाटो अध्यारो मै रह्यो ! खैर ! दुखको कुरा चै के भने - हामी नेपाली दर्शकले यस्तो उत्कृष्ट चलचित्रको महत्त्व नै बुझेनौ ! बुझ्दो हौ त - पुर्ण बहादुर को सारङी जस्ता चलचित्र ले त्यति ख्याती पाउदैन थियो होला ! हुनत - Taste आफ्नु आफ्नु तरपनि " मह " भन्दा मिठो " चिनि" कसरि होला र खै ?? हजुर अमर रहनुहुनेछ प्रिय् साधक !! प्रिय् मानिस 😊😍
सशक्त अभीनय ! ऊहाको धेरै लोक प्रीय गीतहरू र भजन गायकीको बारेमा अरू केही समेटीएकोभए अझ राम्रो हूने थीयो | धेरै सघर्ष गर्नू परेपनी संयमीत भएर कालजयी नेपाली भजन र गीत संगीतको श्रीजना गर्नू भएको रहेछ भक्त राज आचार्यज्यू प्रती अझ श्रध्दा बढ्यो, सत्य र स्वरूप लाई भगवानले अझ नपाली संगीतको सेवा गर्ने शक्ती र सफलता प्रदान गरून ।
ओहो भक्त दाई को भित्री कुरा यत्ति सारो थाहा थियन उहिलेको संघर्ष येस्तै, नैं थीयो मैंले पर बाट मात्र चिनेको येक दुई चोटि सङ्गै चिया खएको हुँ वहाँ दाई साह्रै नैं राम्रोे हुँनु हुन्थियो के गर्नू आफू पनि केही नभएको भयेर केही मदत त्यत्ति बेला गर्न सकिन् दाईको बौद्धको त्यो घटना हुँदा म् १७ वर्षको थिएँ आफू पनी बेघरबार एक्लो टुहुरो थिएँ याे फिलिम आज याे युटुबमा हेर्न पाएँ दुईघण्टा वहाँ सङ्ग बस्न पाएँ आज म् र मेरी श्रमतीसँग बसेर भक्त दाई काे कुरागर्दै फिल्म हेर्न पाउँदा गद गद भएँ धन्यवाद सत्य र स्वरूप बाबू 🙌🙌🙌🙌🙌😌😌😌
धेरै धेरैधेरै खुसी लाग्यो सिरोमणि भक्तराज आचार्यज्यूको जीवन कथा मा आधारित फिल्म हेरेर! एक हातमा टिनको बक्सा एक हातमा हार्मोनियम बोकेर काठमाडौँ सपना पूरा गर्न हिँडेको दृश्यमा आँसुलाई रोक्न सकिएन 😢😢
Wahale vognu vako ziban ko katha asadhai dukha ani marmik lagyo 😥Kati sangharsha garnu vako thiyo wahale 😢Tara daiba ko aakha lageko vanu ki k vanu 😢waha prati Hardik sradanjali 🙏🙏🙏
अद्योपान्त हेरे । निकै भावुक , निकै हृदयविदारक लाग्यो , भक्तराज आचार्य ज्यूको जीवनकथा । वास्तवमा उहाँ कयौंपटक खुसी त हुनुभयो होला तर जीवनमा कहिल्यै सुखी नभई सधैंका लागि बिदा हुनुभएकोजस्तो लाग्यो । उहाँ माथि जुन प्रकारको सांघातिक हमला भयो , हमलामा संलग्न दोषी पत्ता लगाएर कारबाही हुन सकेन । दु:खद कुरा त्यही हमला उहाँको अन्त्यको प्रमुख कारण बन्यो । जीवनको उत्तरार्ध त्यहीँ घटना पछि निकै दुखदायी बनेको देखिन्छ । नेपाली सांगीतिक क्षेत्रका शिखर पुरुष स्वर्गीय आचार्यप्रति भावपूर्ण श्रद्धाञ्जली !
त्यो समुह र उहाको साथिको गलत बिचार ले उहा जस्तो लिजेन्ड लाइ गुमाउन पुगेउ नेपालि साङितिक क्षेत्रमा thulo छ्यति
सार्है मन छोयो भावुक पनि भए 😢😢भजन शिरोमणि भक्तराज आचार्य ज्युको जिवनी बुझ्दा ,कुनै शब्द छैन 😢😢😢😢धेरै धेरै सम्मान आचार्य परिवार प्रति
❤❤
निकै संघर्श मए भएको रहेछ नि जीवन त ! हृदयबिधारक भजनशिरोमणी ज्युको जीवन,भाबुक बनायो उहाको जिबनी बुज्न पाउँदा ,हार्दिक श्रद्धाञ्जली भक्तराज आचार्य ज्यु
हजार सपना हरुको माया लागेर आउँछ....
बाच्ने रहर जस्तो फेरि भएर आउँछ....
स्वर्गिय भजन शिरोमणी भक्तराज आचार्य प्रती मीठो सम्झना।
सबैको जय होस।
भक्तराज आचार्य रेडियो नेपालमा प्रथम हुँदाको प्रतियोगिता रेडियो नेपालको प्राङ्गणमा प्रतक्ष्य हेरेको छु। त्यो सम्झदा अहिले पनि त्यो होसियार ..बोलको गीत गुन्जिन्छ। त्यस पछि उहाँको गीत सुनेको मेरो साधनाको वरदान हो गीत बोलको गीत हो । प्राण भरेर गीत गाउने उहाँजस्तो कलाकारहरुको गीत गुन्जेसम्म सदा बाँचिरहने छन् भक्तराज आचार्य।
Jai hos hajur
धेरै कुरा अपुरा पाए गुरु मैले त 😢
@@dineshsuyal-nf7xf jasto?
Jastei Dooars ko Dumchipara chiya bagan kun sal ma basnu hunthyo Ani feri kahile Samsing chiya bagan awnu vayo harek atleast years tah mention hunu parthyo anyway ramro lagyo ...
याे चलचित्र भक्तराज आचार्य ज्युकाे जीवनीमा गहिरो अध्ययन गरेर निर्माण गहेछ । धेरै खुसी लाग्यो । हार्दिक श्रद्धाञ्जली ❤❤❤❤
बुबा भक्त राज आचार्यको जिवनकहानी थाहा पाएर अत्यन्तै दुःखी भएको थिये। जुन कुराको लागी सबै त्याग्नुभयो त्यहीं कुरा जिन्दगिले खोसिदिएपछी कसरिसहनुभयो होला। जति गाउनुभयो जति सिर्जनाहरु छाडेर जानुभयो सबै अब्बल अनि अमर छन्। त्यो समयको सङीतले अझ पनि नेपाली संगीत उज्ज्वल बनाएका छन्। हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु वहा प्रति🙏
धेरै पछी आचार्य "लाई youtube मा हेर्दा खुशी लाग्यो यस कारणले पनि म " आफै पनि यस्तो कलात्मक फिल्मको पात्र बन्ने अवसर मिल्यो । यसका निम्ति म बिसेषत: यस फिल्मका निर्देशक प्रशान्त रसाइली प्रती आभारी छु । साथै भजन शिरोमणि भक्तराज आचार्य (स्वर्गीय) लेखन मन लागेन । वहा सङै बसेर आफैलाई हेर्ने अवसर जुरेको थियो करीब 13 बर्ष अघि । मेरो अभिनयको प्रसन्सा गर्नु भा थियो भक्त दाइले
यहा बिबरणमा राखिएको कलाकारहरुको नाम पढे पछि मन हल्का चस्स भो । कारण- यस आचार्य चलचित्रका नायक ,नायिका पछी चरित्रको दृस्ठिले म र पुष्कर गुरुङ प्रमुख पात्र वा कलाकार हो । तर खै किन हो हामी दुई जनाको नाम लाई यहा उल्लेख गर्न आवस्यक ठानिएन । तर चलचित्रको चल्तीको भाषामा पासिङ रोल" गर्नेहरु लाई महत्तब दिइयो । यद्द्पी गुनासो त्यो भुमिका गर्ने भाइहरु प्रती बिल्कुलै होइन । आशा गरछु यसलाई भुल -सुधार गर्नु हुने छ ।
- बिजय बिशफोट
कलाकार
२०६७ सालमा जय नेपालमा हेरेको थिएँ। Thanks for uploading! भक्तराज आचार्यप्रति असीम सम्मान ! ❤
यस्तो संघर्षपूर्ण जीवनलीलाबाट अस्त भए पनि नेपाली संगीतमा सधैंका लागि अनमोल रत्न भएर बाँचिरहनुहुनेछ - आदरणीय भजन शिरोमणि भक्तराज आचार्य ज्यु ❤🙏 हार्दिक नमन ❤
I've watched this flim in theater in sikkim. Want to thank the team who brought out such a beautiful real story of our great singer and his struggle in music.. Nothing is more as easier in life. Great soul great personality thank you Satya Raj dai. There's a saying legend never die🙏🙏 Can anyone help me to get song "parkha parkha khola" please help to get this masterpiece can't find it anywhere
युवा जोशमै जम्मा १६ वर्ष गीत गाएका भक्तराज आचार्यले नेपाली शास्त्रीय सङ्गीत भरे । उनको प्रौढ गायकी कस्तो हुन्थ्यो होला ! मनले उत्तर खोजिरहेकै छ ।
आज साँझ कयौँपटक आँशु बगे । सबैभन्दा प्यारा गायक भक्तराज आचार्यको स्मृतिमा पुत्रद्वयले बनाएको चलचित्र "आचार्य" ऐतिहासिक दस्तावेज हो ।
पूर्णबहादुरको सारङ्गीमा रोएका दर्शकहरूले भक्तराजको हार्मोनियममा पनि एक थोपो दृगका आँशु खसाइदिऔँ । ♥️
भावपूर्ण श्रद्धाञ्जलि प्यारा गायक !
यो फिल्म हेरिसकेपछि एउटा कुरा सोध्न मन लाग्यो,स्व.भक्तराज गुरुवाचार्यको दिदी जसले भक्तराज गुरुलाई घृणा गर्नुहुन्थ्यो,उहाँ अहिले काँहा हुनुहुन्छ? र उहाँहरु सँग भक्तराज गुरको जीवन परिवर्तन भईसकेपछिको सम्बन्ध कस्तो भयो र अहिले कस्तो छ सम्बन्ध? plz भन्न मिल्छ भने भनिदिनुसन,किनकि योत कथा हैन वास्तविकता होनी
malai pani kautahal lagyo.
मेरो पनि त्यही प्रश्न
Waha ka didi haru Samsing Tea estate vanney jaga ko kurti line ma basnu hunthyo sayad ailey waha hunu hunxa ki hunu hunnah tha vayena....Yo Dooars ko jalpaiguri zilla ma parxa Samsing .......ani adha vag chei Samsing Kalimpong Zilla ma parxa...
Right
ma pani tehi sochiraheko thiye😢😢
मेरो दुःख मलाई सारै नि संसारको सबैभन्दा ठूलो दुःख जस्तो लाग्थ्यो मेरो दुःखजस्तो। कसैले भोगेको छैन। जस्तो लाग्थ्यो। तर आज वरिष्ठ गायक भक्तराज आचार्यज्यूको फिल्म हेर्दा साह्रै नै बाबुक बनायो मलाई 🙏🙏🙏🙏 हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु 🌿🌿
सारै पिडादाइ जीवन ब्यतित गर्नुभयको रहेछ आँखा नै रसायो हेर्दा! सत्य सरको अभिनय जिबन्त छ!जे भयपनी सत्य स्वरुपजस्ता लायकका सुपुत्र नेपाली संगीतको लागि उपहारस्वरूप छोडेर अवसान हुनुभयो, हार्दिक श्रद्दासुमन!
सांच्चै नै हृदयबिधारक भजनशिरोमणी ज्युको जीवन। यत्तिको जिवनको उतारचढाव सायद बिस्वको १% मान्छेलाइ मात्रै यस्तो संघर्ष पुर्ण जीवन जिउनु पर्छ होला। oooooooooh. सत्यराज ज्युले जिवन्त अभिनय निभाउनु भएको छ।💪💪💪
Thanak you very much Mr. Om Prakash Agrawal for uploading a very beautiful biopic of Mr. Bhaktraj Acharya. God bless you always.
उहाँ का कथा संग शब्द मार्फत सुचित रहेपनी अभिनयले झन् भाबुक तुल्यायो । नेपाल बलिया अनि शक्तिशाली हरुले निर्दालाई दबाउने र अन्तमा खोक्रो देखावटी फुल चढाउनेको हुल भएको देश हो ।हामी सबै यस्का शिकार छौ । ❤
Satya Raj Acharya had a very touching performance, perhaps as a result of having endured such suffering since he was a young boy! Because, he saw everything about his legendary father's pain and journey. Kudos to the film's director, Mr. Prashant Rasaily. However, the Nepali film industry at the time was operating with very little funding and very little technology and equipment! Nevertheless, Mr. Prashant Rasaily did everything in his power to make this movie a reality. Many thanks
❤ I agree with you and I salute the Our legend Acharya and Acharya's family.
बौद्धमा भएको घटनाको चित्रण पूरा भएन । त्यहाँ जे भएको थियो त्यो बाहिर आउनु पर्थ्यो, २/३ दिन सम्म पनि वीर अस्पतालमा उपचार नपाएको विषय आउनु पर्थ्यो त्यो पनि आएन। वहाँ माथिको अन्यायको पाटा अध्यारो मै रहेछ । अभिनयमा दाइ सत्यराज नमन् । बरिस्ठ गायक/संगीतकार भक्तराज आचार्यमा हार्दिक श्रद्धाञ्जली 🙏🙏।
k vako thiyo ra khasma 😭😭😭
कोही हाई प्रोफाइल जोडिएको भएर बाहिर नआएको हुन सक्छ । वा अरु कुनै गीतकार / संगीतकार संगको अस्वस्थ प्रतिस्पर्धा पनि कारण हुन सक्छ
Ja samma mailey suneko kura yo jhagara ego ko karan dusman lageko ra waha kai chetra ko ley gunda lagaiyeko bhanney suniyo. Sablai thaha cha ko bhanney kura.
even malai pani yehi kurale pirolirahanchha kasle teso garyo hola uhalai vanera :(
❤❤❤❤❤❤
हरेक रात भक्तराज जि को गित नसुनी निन्द्रा लाग्दैन मलाइ , जिन्दगी कति संघर्ष पुर्ण छ , हाम्रो संघर्ष के हो र .. आँखा बाट आँसु नै बग्यो।। हार्दिक श्रद्धाञ्जली हजुर प्रती ।। धन्यबाद सम्पुर्ण टिमलाइ !!
मैले पनि यो चलचित्र हेरिसकेँ भक्तराज आचारियको जिवनि बुजेर दुख लाग्यो मैले उहाँको जिवनि जस्तो सुनेको थिएँ त्यसतै चलचित्र उहाँले नेपालि सङ्गित जगतमा पुर्याउनु भअएको अतुलनिय योगदान हामी नेपालि सङ्गित प्रेमिहरूले सदैव सम्जिरहनेछौँ।
प्रिय भक्तराज आचार्य ज्यू, तपाईंको स्वरले हाम्रो मनको गहिराई छोयो र तपाईंका गीतहरूले हामीलाई प्रेरणा र आनन्द दिइरह्यो। तपाईंको संगीतले तपाईंको विरासतलाई गर्वका साथ अगाडि बढाएको छ।
सत्यराज आचार्य र स्वरूपराज आचार्यलाई पनि तपाईंको विरासतलाई गर्वका साथ बोक्नुभएकोमा धन्यवाद। साथै, तपाईंको जीवनमा आधारित चलचित्र निर्माणका लागि पनि विशेष धन्यवाद।
तपाईंप्रति हाम्रो हार्दिक श्रद्धाञ्जली। अनन्त शान्तिमा विश्राम गर्नुहोस्।
उत्कृष्ट अभिनय स्वरुप बाबुको, उत्कृष्ट जीवन कथा हाम्रो अत्यन्तै प्रिय आदरणीय स्वर्गीय भजन शिरोमणि भक्त राज आचार्यज्युको। धेरै भावुक भए। अफसोचको कुरा चाहिँ हाम्रो नेपाली
दर्शकहरुले येस्तो उत्कृष्ट चलचित्रको महत्व बुझ्न सक्नु भएन छ सायद। बुझ्नु भएका भए यस चलचित्रले धेरै ख्याति कमाउने थियो होला।
Swaroop hoina Satyaraj
@ Thak you for correction
नेपाली संगीत आकाशका जाज्वल्यमान नक्षत्र आदरणीय भजन शिरोमणी तथा राष्ट्र गायक भक्तराज आचार्य ज्यू को जीवनकथा हेरेर अत्यन्त भावुक र मर्माहत भएँ। यो फिल्म भक्तराज आचार्य ज्यूको जीवन कथा मात्र नभएर समग्र नेपाली गीतसंगीतकै ईतिहास् हो भन्ने लाग्छ। नेपाल राष्ट्रकै अमूल्य निधी भक्तराज आचार्य ज्यू प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।🙏🙏🙏🙏🙏
जीवन एक यात्रा रहेछ। हर्दिक श्रद्धाञ्जली भाजन श्रेरोमनी भक्त राज आचार्य संगीत तारा
सार्है भावुक भयेर आँखाबाट आंशु झर्यो हाम्रो महान गायक भक्तराज आचार्य ज्युको जिबनी हेरेर। प्रणाम अनी हार्दिक श्रदान्जली भक्तराज आचार्य ज्यु 🙏🙏 सत्यराज आचार्य को अभिनय त धेरै नै उत्कृष्ट छ। Best wishes Satyaraj Acharya👍
Uha bida bhyeko din uha ko khusi din lagyo malai eti smma dukha ta Bhagwan ley kasilai diadina tara uha haru ko whole family lai blessing bhyera janu bhyo uha ley antim sas fereko din nai uha lai sukha feel bhyo hola . Can any one imagine singer like him has to loose his voice , he have no other things to do then singing , what a tragedy . What a acting from satya raj . I thank satya and swoorop Dai for continuing his legacy otherwise his soul will never be happy . What a struggle suffering he gone through can any one imagine . I realise now how come satya n swoorop cry when they talk abt his dad . They suffer seeing him suffering since kid what a truma . I can relate some but it’s magnificent story I cried thinking does god exist . May lord shiva ma Devi bless his whole family. This legacy continues for at least 5 more generations. 😢❤
मन छुने कथा एकदमै भाबुक बनायो उहाको जिबनी बुज्न पाउँदा साथै हार्दिक श्रद्धाञ्जली भक्तराज आचार्य ज्यु 🙏
Teti barsa agadi pani yo level ko making dekhera sarai khusi lagethyo rerelease ma herna pauda❤❤❤
Directed by Prashant Rasaily he is gem 💎
आचार्य चलचित्रको रि-रिलिजको बेला हलमा हेर्न चाहेर पनि हेर्न पाएको थिइन, युट्युब हेर्न पाएकोमा धेरै खुशी लाग्यो, मन भक्कानिएर पनि आयो, नेपाली साङ्गीतिक क्षेत्रकै बिशिस्ट ब्याक्तित्व आदरणीय भक्तराज आचार्य ज्युको बायोपिक हेर्दै गर्दा, त्यो कालो रात न आएको भए नेपाली सङ्गीत क्षेत्रले अझै कति उत्कृष्ट सदाबहार गीतहरु पाउने थियो होला! सत्यराज आचार्य जिको जीवन्त अभिनय बुलन्द छ, भने अरुणा कार्कीको अभिनय तारिफयोग्य छ! रास्ट्र गायक भजन शिरोमणि भक्तराज आचार्य ज्युप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु!❤❤
Respected Bhakta Raj Acharya is someone whom I've appreciated since I was 13/14. Sagar cha gaha bhitra..one of my favorites..can listen to this song on loop. Such an honor to watch his life being depicted in this movie..at the same time this is so painful to witness how much he suffered in his life.
Waiting is over.. i have waited so long for the biography ..im biggest fan of bhaktaraj sir..im sure he is smiling from heav!n..thank u much love..
मैले सिनेमा हलमै गएर हेरेको थिएँ । धेरै पछि यु ट्युबमा आएछ। खुशी लाग्यो। तर हलमा यो चलचित्र हेर्दा मलाई श्वोरुप राज आचार्य दाजु अभिनय गर्न जन्मनु भालो जस्तो लागेको थियो। गायनमा त वहाँ अब्ब्ल हुनुहुन्छ नै तर बुवाको छबिले नछोपी स्वतन्त्र आकाशामा उडान भर्दा वहाँ अभिनय तर्फबाट झन बढी कहलिनु हुन्थ्यो कि जस्तो लागेको थियो।
Waiting for this movie since long time. Can't express my feeling and huge respect to whole family. Huge fan since Jaha chan Buddha kaa aakhaa , since my childhood .
भजन शिरोमणि भक्तराज आचार्य प्रति हार्दिक श्रद्धा सुमन ! वर्षौंदेखिको पर्खाई थियो आचार्य चलचित्र हेर्ने । गाउँमा बसेर पनि हेर्ने अवसर पाएँ , अति नै प्रेरणादायी जीवन संघर्षका हकिकत !
Bhakta raj acharya jeeyo ko jiven katha herna pawda dherai khusi lagyo ..sarai mann xunay sangkharsa rahayxa😭woha nahunu vaee panii wohako aawaj sadai Ammar rahirahanay xa😊
सफल्ता न मिल्दा घरपरिवार बाट मिलेको हेला ❤राम्रो लाग्यो movi.
Hardik shrdanjali bhajan siromani....lagvag 10 barsa ko praticchya pachi yo film herna paye.....dhanyabaad satya swroop....
आहा साह्रै राम्रो मन छोयो आँसु झरेको पत्तै भएन 😢🌹❤️❤️
Satya dai , you are the greatest son !! Lov the movie !! Salute bhakti raj acharya !!!😢❤
स्वर्गीय भक्तराज आचार्यप्रती हार्दिक श्रद्धासुमन! भावुक बनायो उहाँको जिवनकथाले😥
THIS MOVIE IS WATER FOR THIRSTY MUSICIAN. GOD BLESS PT BHAKTA RAJ ACHARYA SOUL. HIS CONTRIBUTION IS BEYOND.
Legends never die.... Heart touching biography..... Tq so much Prashant Rashily Da for beautiful movie....tq so much... 🙏🙏🙏
स्वर्निम नेपाली साङ्गितिक आकाश्का अजरअम्बर श्रस्ठा भजन सिरोमणि श्री भक्तराज अचार्ये ज्यु ले नेपाली सङ्गितप्रती गर्नुभयेको योग्दान सधैं अमरहनेछ जये गित जये सङ्गित❤🙏🇳🇵
स्वर्गिय भजन शिरोमणि भक्तराज आर्चाय ज्यु प्रति हार्दिक श्रद्धा सुमन 🥀🙏🏻
आर्याय चलचित्र असाधै राम्रो लाग्यो ❤❤ सबै आदरणीयहरुको असाधै राम्रो अभिनय ❤❤ ♥️🙏🏻
भगवान पनि सार्है निठुरी छन, भक्तराजलाई सजाय दिन्छन अनि अस्लिल तुच्छ गीत गाउनेलाई फलिफाप गरिदिछन, कर्ममा विश्वास गर्नु भन्छन, त्यो चिज भक्तराजको जीवनमा कहिल्यै लागू भएन । निष्ठुर छस ईश्वर तं पनि ! ! !
Ekdamae Ramro movie baneko chha. Hats off to the entire Crew !
Thank you for making this movie and letting us know about the legend singer Bhakta raj Acharya.
भजन शिरोमणी बुबा आदरणीय भक्तराज आचार्य ज्यूको जीवनकथा हेर्न पाउनु पनि अहिलेको पिडीको सौभाग्य हो , धन्यवाद हजुर निर्माण टोलीलाई , अनि एकदमै उत्कृष्ट अभिनय गर्नुभाछ सत्यराज दाई अरुणा दिदी अनि सबै कलाकारले , यसबाट अझै नजिकिएर नियाल्न पाइयो, Legend never die , huge respect towards our nation pride respected Bhaktaraj Acharya and restin Peace beautiful and great soul , we always remembered you through your creation ❤️🎉❤❤.
satya sworop dai standing like that in funeral says a lot...couldnot control my emotion...satya dai great acting..great movie and was a great tribute to legend himself respected bhakta raj acharya and wish to see other movies like this in future which gives tribute to our legendary
महागायकको जीवन संघर्ष अतिनै जिवन्त रुपमा प्रस्तुत भएको छ | यति प्राकृतिक शैलीमा, सुन्दर ढंगमा वास्तविक जीवनमानै पुगेको जस्तो बोध गराउन चलचित्रका अभिनेता, निर्माता, निर्देशक, लेखक अतिनै सफल भएका छन् |
हजुर सदा अमर हुनुहुन्छ । हाम्रो चारैतिर हुनुहुन्छ । हजुरको त्याग र मेहेनत नै मेरो लागी प्रेरणा हो ।🍀🥲
Legend never die🍀
सारै राम्रो र मन छुने नेपाली मुभि आचार्य 😢😢😢❤❤❤
Heart touching life story 🫶🫡 and hats off for amazing performance by Satya Raj 👍👌👏Rest in heaven Legend Bhakta Raj Acharya 🙏🙏🙏
आदरणीय सत्य दाजी,मैले आज हेरें। कती भाभुक भय म। धेरै चोटी भक्कानिय। एक-एक सिन कती भावनात्मक कती महत्वपुर्ण लाग्यो। हजुर अत्यन्तै बहुप्रतिभाशाली हुनुहुन्छ। हजुरको अभीनयले हजुरलाई गर्ने सम्मान धेरै बढ्यो। स्वर्गीय पिताश्रीको बैकुण्ठ बास होस। 🙏
केही गायकहरु यस्ता हुन्छन्,
लाग्छ उनीहरूले गायका आवाज हाम्रा आफ्नै भावनाहरु हुन ..
जब तिम्रो याद आउँछ, म भक्तराज आचार्यको गित सुन्छु, जब आचार्यको गित सुन्छु, मलाई तिम्रो याद आउँछ ..🙂
#अमररहुन #शिरोमणि !
निकै भावुक बनायो यो जीवन कथा ले आफु भित्र को ईच्छा चाहना लाई कती संघर्ष गरेर अघी बढाउनु भाको रैछ । यौटा गायक को सरल जीबन भित्र कती संघर्ष लुकेको हुन्छ त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ । सम्मान छ भजन सिरोमणी भक्तराज आचार्य ज्यु लाई 🙏🙏🙏
धरानको माटोमा जन्मेका यो सितारा,
भजनको सुरले बुन्यो उहाँले संसार।
सङ्गीतको उचाइ, आत्माको गहिराइ,
भक्तराज आचार्य, जसको कथा बिर्सन कसको ताकत छ र ?
गरिबीका बादलले छोपे पनि जीवन,
आवाजमा थियो शक्ति, जित्यो सबै बन्धन।
भजनको सुरले स्पर्श गर्यो हृदय,
नेपाली मनमस्तिष्कमा सदा रह्यो अमिट याद।
आफ्नो स्वरमा बगेका दुःख र वेदना,
उहाँका गीत बने, शान्ति र प्रेरणा।
माया, अध्यात्म, अनि जिन्दगीको अर्थ,
भक्तराजका भाकाले दिएको छ सन्देश अनन्त।
पुरस्कारले छुन सक्दैन उहाँको योगदान,
सङ्गीतको धरोहर, उहाँकै नामले चिनिन्छ नेपाल।
कष्टको अँध्यारोमा उज्यालो बनेर,
भक्तराज आचार्य, सधैं बाँच्नुहुनेछ मनभर।
गीत-गजलले सजाए यो जीवन-चक्र,
भजन शिरोमणि, तिमी अमर छौ सधैँका लागि।
नेपाली साङ्गितिक आकाशमा सधैं चम्की रहने उज्ज्वल तारा भजन शिरोमणि स्व. भक्तराज आचार्यज्युले झेल्नु परेको हृदय बिदारक तीन दशक लामो अस्वस्थ एबम कष्टपुर्ण जिवन संघर्षमा आधारित मार्मिक नेपाली कथानक चलचित्र "आचार्य" मा उहाँको जेष्ठ सुपुत्र एबम नेपाली संगीतका वरिष्ठ गायक एबम संगीतकार श्री सत्यराज आचार्यज्युको मुर्त अभिनय ज्यादै मार्मिल लाग्यो । उहाँको जस्तो त्यो कहालीलाग्दो जीवन संघर्ष नेपाली संगीत, कला, अभिनय एबम समस्त नेपाली जनले कहिल्यै झेल्न नपरोस !! हार्दिक श्रद्धा सुमन भजन शिरोमणि स्व. भक्तराज आचार्य ज्युमा समर्पित !!
जीवन एक संघर्ष सँगै जोडिएको एक असल बुवाको सपूत छाेरा सत्य स्वरूप आचार्य ❤❤❤ 👏👏👏🙏🙏🙏
Bhajan Siromani Bhakta Raj Acharyajyuko jiwanlilae asari herna pauda khusi lagyo teemlae dhanyabad uhako aatmale sworgma bas garos 🙏🏽🙏🏽
Dherai ramro …. Hasrdik shradhanjali bhajan shiromani adarniya Bhaktaraj Acharya Ji….long live….!!!!
10:00am यो मुभिको प्रतीक्षामा बसेको कति भयो कति आज youtube खोल्ने बित्तिकै ठ्याक्क अगाडि आयो मत कति खुशी भय खुसी को कुनै सिमा नै रहेन र मेरा सम्पुर्ण साथीहरूलाई share पनि गरे👌👌🤘🤘
र बाकि हेरिसकेपछी ...
17:00pm अन्ततः सबै मुभी हेरियो पनि र अत्यन्तै भाबुक पनि भए उहाले बाच्नु भयको जीवन हामिले कल्पना सम्म पनि गर्न नसकिने जन्मे देखि गायन सम्मको यात्रा कति कठिन अनि यौटा सफलतामा पुगिरहदा फेरि त्यो खुशीमा रमाउन नपाउदै फेरि त्यति ठुलो बज्रपात अनि सबै भन्दा ठुलो पिडा यौटा गायकको आवाज हराउनु हामी कसैले पनि उहाको पिडालाई भोग्न त के महसुस पनि गर्न गाह्रो हुन्छ मैले सधै श्री भजन शिरोमणि भक्तराज आचार्य ज्यु लाई प्रभुकै रुपमा सम्झने गर्छु र मैले अन्तिम स्वास फेरुन्जेल पनि उहालाई प्रभु नै मानिरहने छु ! 🙏🙏🙏
भजन शिरोमणि भक्तराज आचार्य ज्यु प्रती हृदय देखि नै नमन गर्दै उहाको आत्मालाई स्वर्गमा शान्तिका साथ बास होस भनी प्राथना गर्दछु 🙏🙏🙏विनम्र श्रद्धाञ्जली 🙏🙏🙏😓💐💐❤️❤️❤
यो चलचित्र हेरे पछि भक्तराज आचार्य जि प्रती को मेरो सम्मान अझै बढेर गयको छ
धन्यबाद धेरै धेरै यति मिट्ठो याद बमाइदिनु भयको मा
एउटा पुरूषले आफ्नो जिवनकालमा कति संघर्ष गर्नु पर्छ।यो समाज परिवारले उसको हांसो भित्र लुकेको पिडाको महसुस कहिल्यै गर्न सक्दैन।भजन शिरोमणि भक्तराज आचार्य ज्यु नेपाली सांगितिक क्षेत्रको कहिल्यै नअस्ताउने चम्किला नक्षत्र हुनुहुन्छ।हार्दिक नमन।।।
यो कथा कहाबाट सुरूगरेर कहाबाट अन्त्य गरु। कस्तो मार्मिक गित यति धेरै सङ्घर्षमय जिबन ब्यतित गरनुभयको र छ अझै धेरै सम्मानले शिर झुकाय 😢😢😢😢🙏🙏🙏🙏❤ अति राम्रो चलचित्र सत्य राज ज्युको अभिनय लाइ मनै देखी नमन;❤❤
Huge Respect our inspiration sri Bhakta Raj Aacharya ❤
उनै स्व गवैया भजन शिरोमणि भक्त राज आचार्य बुबाको यो अनेक संघर्षका कथा सँगै यति मिठो सांगेतिक यात्रा लाइ चिरफार गरेर देश तथा बिदेशमा नाम उच्च राखेर र राख्दाराख्दै कतिखेर आफ्नै आवाज रोकिएको थाहै नपाएको महशुस दुइ सुपुत्र ले महसुस गरेर यति राम्रो फिल्ममा उतार्नु भएछ।त्यो उतिबेला को संघर्ष, संगित को लडाइँ अनि धेरै मानिसहरू को चासो कसले र कसरी आक्रमणमा परेर जिब्रो नै काट्नुप्रयो भन्ने कुराको खुलदुली मेटाइ दिनु भयोे तर फिल्मा देखाए त्यति सजिलो र पारदर्शिता थिएन होला यथार्थ को त्यो लडाइँ। मलाई अझै खुलदुली छ!कसले गरयो त्यस्तो?भावुक बनायो यो मुभि ले। अभिनय भन्दा पनि जिवनी,मिठा मुर्धन्य आवाज सुन्दा सुन्दै सकिएछ पो फिल्म त।सत्य स्वरुप दाइ हरुलाई बुबाको आशिर्वाद त छँदै थियो अझै ठुलो आशिर्वाद मिल्नेछ यो प्रसारण बाट!जय गित!जय संगित 🙏🙏
श्रद्देय गायक श्री भक्तराज अाचार्य ज्यूकाे जीवनलार्इ अद्याेपान्त नियाल्दै गर्दा उहाँकाे जीवनमा संघर्ष र दुःखका दिनहरू कहिल्यै अन्त्य नहुने श्रृङ्खला जस्तै रहेछन् भन्ने लाग्याे । हामी उहाँकै गीत सुनेर, मनपराएर, सिकेर, गाएर हुर्कियाैं तर उहाँकाे जीवनकाे यथार्थ बाट हामी लगायत सिङ्गाे देश कति अनभिज्ञ र अचेत रहेछ भन्ने लागिरहेकाे छ । याे राज्यले एक सर्जक, हाेनाहार संगितज्ञ, गहनालार्इ चिन्न सकेन, वा चिनेर पनि बेवास्ता गरिदियाे । बलेकाे अागाे ताप्ने याे कठाेर जगतले केवल खरानी सम्झेर बिर्सिदियाे कि खरानी बन्नु अघि त्यही अागाेकाे काेइला तापेर तिनले कति हिउँद कटाएथे । हार्दिक श्रद्दासुमन श्रद्देय गायक श्री भक्तराज ज्यू प्रति । यदि याे फिल्म नबनेकाे भए निश्चय पनि हामीले उहाँलार्इ मरणाेप्रान्त नै सहि यति नजिक बाट चिन्न पाउने थिएनाैं । लेखक, निर्माता तथा कलाकारहरू सबैमा अभिवादन र धन्यवाद खास गरेर सत्यराज दाजुकाे उच्चकाेटीकाे अभिनयकाे लागि धेरै धन्यवाद ।
यो फिल्म हेर्दाहेर्दै आखाबाट आँसु खसेको पत्तै भएन।❤❤
एकदम हेर्न मन लागेको फिल्म थियो आजा हेर्न पाइयो ❤
मलाई चाहिँ सारै मनपर्यो 🙏
अश्रुपुर्ण श्रद्धाञ्जली महान सङ्गित साधक अजम्बरि अलौकिक गायन क्षमताका धनीमा ।
आँसु आइ रहे । सधा अमर रहनु हुनेछ हजुर , स्विर्गमा बास होस ।❤😢
🙏🙏🙏nice movie ❤❤ Rest in peace bhakta raj Acharya jiu. Hjr ko baikunthama bas hos.😭😭
कतारबाट हेर्दै छु
भावपुर्ण श्रद्धाञ्जली भक्तराज आचार्य ज्युलाई
कोटी कोटी नमन 🙏भजन शिरोमणी भक्तराज आचार्य ज्यु , तपाईको संघर्षको कथा कसरी बयान गरै/ तपाईको आत्माको शान्ती प्रात्ती प्राथान गर्दछु 🙏
१६ बर्षको साङ्गीतिक अबधिमा यती धेरै कालजयी गीतहरु नेपाली साङ्गीतिक आकाशलाई दिएर जानु भएको छ भजन शिरोमणी ज्युले। उहाको कर्मले सधै उहा अजम्बरी रहनु हुनेछ । हार्दिक श्रद्धन्जली । ❤🙏
स्व. भक्तराज आचार्य गुरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।🙏
Hall mai herna man thiyo, Tara mauka mileko thiyena.. ekdum dhanya vaye herna payera . Hardik shradanjali shre bhajan siromani bhaktaraj Acharya jyu
आहा एकदमै खुसी लाग्यो धेरै नै राम्रो जीवन्त कथा र अभिनय 😢😢
जहाँ छन बुद्धका आखा भन्ने गीत पर्खिदा पर्खिदै फिल्म नै सकियो,यो गीत कहिले कति बेला कसरि रेकर्ड भयो , रेकर्ड भईसकेपछी पब्लिक प्रतिक्रिया कस्तो थियोे, जिन्दगीमा के चेन्ज ल्यायो, देशबाट कस्तो सम्मान प्राप्त भयो भन्ने कुरा कुर्दा कुर्दै फिल्मनै सकियो, जे होस उहाँ को आत्मा लाइ शान्ति मिलोस हर्दिक श्रद्धाञ्जली 🙏🙏🙏🙏 हजुर यो संसार बाट टाढा भयपनि हाम्रो मन मस्तिष्कमा सधै अमर अजर भएर रहिरहनु हुनेछ, हजुरले नेपाली सङितिक जगतमा गर्नु भएको योगदान इतिहासको पानामा सधै अटल भएर रहनेछ ❤❤❤❤🙏🙏🙏
मुटु भक्कानिएर आयो! बाचुन्जेली कति सास्ती भोग्नु भएछ आदरणीय भजनशिरोमणिले😭😭
सत्य,स्वरुप जस्तै सबैका सुपुत्र हुन् ! हार्दिक श्रदासुमन युगपुरुष,दिग्गज,मुर्धन्य व्यक्तित्व प्रती!
हजार सपना हरुको माया लागेर आउँछ....
बाच्ने रहर जस्तो फेरि भएर आउँछ....
बयान गरेर कहिले थाकिना एति भन्छ सधै नेपालीको मन मुटु र ओठमा बस्नु भाको छ❣️❣️❣️
samman xa sw.bhajan siromani bhakta raj aacharya jyu lai🙏🙏🙏
What could be more beautiful tribute to such a legend than this movie where his son has done such an incredible work! His life and music will always inspire to all of us 🙏
प्रथमतः सत्य स्वरुप झै सबैका सुपुत्र हौंन !
अनि ...
युवावस्थाको जम्मा १६ वर्षे गीति यात्रा मै भजन शिरोमणि भक्तराज आचार्य ज्यु ले नेपाली शास्त्रीय संगीत मा अमिट रंग भरे !
कास ! उनको प्रौढ गायकी कस्तो हुनेथियो होला ? नेपाली आकाश को उचाई कत्ती माथी हुने थियो होला ?? मन ले उत्तर खोजीरहेछ!!
आज साझ कयौंपटक आशु झरे ! उहाँको स्मृतिमा पुत्रद्वयले बनाएको चलचित्र " आचार्य " एक ऐतिहासिक दस्तावेज हो !!
बौद्धमा भएको त्यो भयानक घटनाको भने पुर्ण चित्रण भएन !
उहाँमाथी को अन्यायको पाटो अध्यारो मै रह्यो !
खैर ! दुखको कुरा चै के भने - हामी नेपाली दर्शकले यस्तो उत्कृष्ट चलचित्रको महत्त्व नै बुझेनौ !
बुझ्दो हौ त - पुर्ण बहादुर को सारङी जस्ता चलचित्र ले त्यति ख्याती पाउदैन थियो होला !
हुनत - Taste आफ्नु आफ्नु तरपनि " मह " भन्दा मिठो " चिनि" कसरि होला र खै ??
हजुर अमर रहनुहुनेछ प्रिय् साधक !! प्रिय् मानिस 😊😍
Heart wrenching story, Yet one of the most beautiful and inspiring movie i've ever watched.
सशक्त अभीनय ! ऊहाको धेरै लोक प्रीय गीतहरू र भजन गायकीको बारेमा अरू केही समेटीएकोभए अझ राम्रो हूने थीयो | धेरै सघर्ष गर्नू परेपनी संयमीत भएर कालजयी नेपाली भजन र गीत संगीतको श्रीजना गर्नू भएको रहेछ भक्त राज आचार्यज्यू प्रती अझ श्रध्दा बढ्यो, सत्य र स्वरूप लाई भगवानले अझ नपाली संगीतको सेवा गर्ने शक्ती र सफलता प्रदान गरून ।
ओहो भक्त दाई को भित्री कुरा यत्ति सारो थाहा थियन उहिलेको संघर्ष येस्तै, नैं थीयो मैंले पर बाट मात्र चिनेको येक दुई चोटि सङ्गै चिया खएको हुँ वहाँ दाई साह्रै नैं राम्रोे हुँनु हुन्थियो के गर्नू आफू पनि केही नभएको भयेर केही मदत त्यत्ति बेला गर्न सकिन् दाईको बौद्धको त्यो घटना हुँदा म् १७ वर्षको थिएँ आफू पनी बेघरबार एक्लो टुहुरो थिएँ याे फिलिम आज याे युटुबमा हेर्न पाएँ दुईघण्टा वहाँ सङ्ग बस्न पाएँ आज म् र मेरी श्रमतीसँग बसेर भक्त दाई काे कुरागर्दै फिल्म हेर्न पाउँदा गद गद भएँ धन्यवाद सत्य र स्वरूप बाबू 🙌🙌🙌🙌🙌😌😌😌
cheers to Prashant Rasaily and entire Acharya team..have watche this movie earlier but watching it again..
🙏🥰🥰❤️bhajan siromani Hardik sammaan.
Wow shatye raaj aachaarya nice acting ahile samma Kai natural movie hola ❤❤
Legends never die!! always respect mr Bhakta Raj acharya sir🙏
धेरै धेरैधेरै खुसी लाग्यो सिरोमणि भक्तराज आचार्यज्यूको जीवन कथा मा आधारित फिल्म हेरेर! एक हातमा टिनको बक्सा एक हातमा हार्मोनियम बोकेर काठमाडौँ सपना पूरा गर्न हिँडेको दृश्यमा आँसुलाई रोक्न सकिएन 😢😢
मैले यो movie hall मा हेर्दा भक्कानिएर रोएको थिय ❤कस्तो खुशी लाग्छ हल सम्म हेर्न पाएँ मैले ❤
Wahale vognu vako ziban ko katha asadhai dukha ani marmik lagyo 😥Kati sangharsha garnu vako thiyo wahale 😢Tara daiba ko aakha lageko vanu ki k vanu 😢waha prati Hardik sradanjali 🙏🙏🙏
सारै राम्रो लाग्यो यो फिलिम, हाम्रो आदरणीय गायक भक्त राज आचार्य प्रती हार्दिक श्रद्धाञ्जली 🙏🙏
स्व. भक्त राज आचार्य ज्यु को कहानी र सङ्घर्ष ले सारै भाबुक बनायो ।😢 हजुर हाम्रो दिलमा सदैब अ्मर रहिरहनु हुनेछ ।🙏🏻🙏🏻