युगयुग - Yugayuga || Rambabu Subedi || Dilliprasad Chapagain || Dikshita Chapagain || children Song
ฝัง
- เผยแพร่เมื่อ 31 ม.ค. 2025
- रामबाबु सुवेदी सुप्रसिद्ध कवि तथा गीतकार हुनुहुन्छ। वहाँका बालगीतहरू नेपाली विद्यालयका पाठ्यक्रम तथा पुस्तकहरूमा समेत समावेश गरिएका छन् । वहाँका सयौं बालगीतहरू विद्यालयका कार्यक्रमहरू अत्याधिक रुचाएका छन् | ती बालगीतहरू विद्यालयमा गाइन्छन् , नचाइन्छन् । "युगयुग " नामक गीतका गीतकार रामबाबु सुवेदी र सङ्गीतकार डिल्लीप्रसाद चापागाईंको उत्कृष्ट बालगीतमध्ये एक हो ।
गीत : युगयुग
गीतकार
रामबाबु सुवेदी
संगीतकार
डिल्लीप्रसाद चापागाईं
गायिका
दीक्षिता चापागाईं
संगीत संयोजन
प्रमोद उपाध्याय
मिक्सिङ्ग / मास्टरिङ्ग
भोला पौडेल
स्टुडियो
साउण्ड डिजाइन, नक्साल काठमाडौं
विशेष आभार
प्रा.डा. सुरेशराज शर्मा, पूर्व कुलपति, काठमाडौं विश्वबिद्यालय
प्रायोजक
बूढानीलकण्ठ स्कूल
कलाकारहरू
६१४५ नोमिका
८०११ रुमानी
८०२० जेनी
८०२१ अदिति
८०२३ मुदिता
८०२६ साम्वी
८११० अनमिका
९१२६ संज्ञा
छायाँकन / निर्देशक
मनोजकुमार पन्त
सम्पादक
रमेश घोरासैनी
ड्रोन
सुदन श्रेष्ठ
कोरियोग्राफर
रूबिना श्रेष्ठ
प्रडक्सन म्यानेजर
युबराज अधिकारी
लाइटम्यान
दीपक रायमाझी
पोस्ट प्रडक्सन
लेन्स स्टुडियो प्रा.ली.
विशेष आभार
केशर खुलाल : प्रिन्सिपल, बूढानीलकण्ठ स्कूल
अतिराम के.सी.: भाइस प्रिन्सिपल, बूढानीलकण्ठ स्कूल
पुर्नी लामा : भाइस प्रिन्सिपल, बूढानीलकण्ठ स्कूल
सत्यनारायण राजभण्डारी : पूर्व प्रिन्सिपल, बूढानीलकण्ठ स्कूल
एन.पी. शर्मा : पूर्व प्रिन्सिपल, बूढानीलकण्ठ स्कूल
होमनाथ आचार्य : पूर्व प्रिन्सिपल, बूढानीलकण्ठ स्कूल
काशिराम शर्मा : प्रमुख प्रसाशकीय अधिकृत, बूढानीलकण्ठ स्कूल
सम्पूर्ण बूढानीलकण्ठ स्कूल, परिवार
सर्वाधिकार © बूढानीलकण्ठ स्कूल र रामबाबु सुवेदी, २०२४
-----------------------------------------------------------------------------------------------------
गीतकार रामबाबु सुवेदीको परिचय:
रामबाबु सुवेदीको जन्म गण्डकी प्रदेश, कास्की जिल्लाको रूपा गाउँपालिका-७, हंसपुरमा २००४ साल जेठ १४ गते भएको हो। उनी आमा पवित्रा सुवेदी र पिता देवीदास सुवेदीका छोरा हुन् । दुई दाजु र दुई दिदी जन्मँदै बित्दै गरेपछि पाँचौं सन्तानको रूपमा उनको जन्म भएको हो ।
हंसपुर गाउँको स्वच्छ, सुन्दर र मनोहर वातावरणमा रामबाबु सुवेदी बढेका हुन् । उनले पिँढीशिक्षाको रूपमा वृहस्पति न्यौपानेबाट अक्षर चिने । बिस्तारै अमरकोश, चण्डी, रुद्री पढे । गाउँकै प्रभात प्राइमरी स्कुलबाट पाँच कक्षा पास गरे। त्यसपछि पोखराको सोल्जर्सबोर्ड स्कुल (हालको अमरसिंह स्कुल) एस. सी. गरेपछि काठमाडौको सरस्वती कलेजबाट आइ.ए. र त्रिचन्द्र कलेजबाट बी.ए. (अनर्स) गरे ।
कवि सुवेदीका पैंतीस पुस्तक प्रकाशित भइसकेका छन् जसमा धेरैजसो बालकृति छन् । बालकृतिमा पनि बालकविता र बालगीतका सङ्कलनहरू धेरै छन् । उनका बालकविता र बालगीत अत्यन्तै माझिएका, खारिएका र उजेलिएका छन् । बालपाठकको मनोविज्ञानलाई बुझेर तदनुकूलको प्रस्तुति दिनमा उनी खप्पिस छन् । उनका रचनाहरू विभिन्न पाठ्यपुस्तकमा पनि राखिएका छन् । यसरी रामबाबु सुवेदी भन्नासाथ बालसाहित्यका कवि तथा लेखक भन्ने स्पष्टै बुझिन्छ।
साहित्य र शिक्षाको क्षेत्रमा योगदान गरेवापत कवि सुवेदीले विभिन्न पुरस्कार पाएका छन । प्रज्ञा प्रतिष्ठान पदक, प्रबल गोरखा दक्षिणबाहु, गरिमा पुरस्कार, दीपस्मृति पुरस्कार, प्रख्यात त्रिशक्तिपट्ट, उत्कृष्ट बालसाहित्य पुरस्कार, साझा बालसाहित्य पुरस्कार, शिक्षा पुरस्कार र हालै सुप्रबल जनसेवाश्रीले उनी विभूषित भएका छन् ।
सेवाको क्रममा उनी विभिन्न सङ्घ-संस्थाहरूसँग आबद्ध छन् । नेपाल रेडक्रस सोसाइटी, देवकोटा-लु सुन प्रज्ञा प्रतिष्ठान, युगकवि सिद्धिचरण प्रतिष्ठान, किताब-चरो नेपाल, नेपाल-चीन मैत्री फोरम, पुम आदि। हाल उनी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य छन् ।
_________________________________________________________________
सर्वाधिकार (Copyright) © बूढानीलकण्ठ स्कूल र रामबाबु सुवेदी, २०८०
यस च्यानल मा रहेका गीत संगीत तथा VIDEO हरु कपी DOWNLOAD गरी अन्य CHANNEL मा UPLOAD गरेको पाएमा प्रचलित प्रतिलिपि कानून बमोजिम कडा भन्दा कडा कार्वाही गरिने छ ।
#Rambabu_Subedi #Dilliprasad_Chapagain #Dikshita_Chapagain