टिकापुरमा र्या*ली सहित मनाईयो बिश्व खाद्य स्वच्छता दिवस,

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ย. 2024
  • टीकापुरमा भव्यताका साथ विश्व खाद्य सुरक्षा दिवस मनाईयो
    २५ जेष्ठ २०८१
    कैलालीको टीकापुरमा भव्यताका साथ विश्व खाद्य सुरक्षा दिवस मनाइएको छ। World Food Forum Nepal Chapter र FAO को संयुक्त आयोजना तथा विभिन्न कृषि क्षेत्रमा काम गर्ने संस्थाहरु, थारु कृषि विद्यार्थी समाज, यूवा सञ्जाल जोशीपुर, स्वतन्त्र विद्यार्थी यूनियन टीकापुर, थारु विद्यार्थी समाज, कृषि विद्यार्थी समाज मञ्च टीकापुर, विद्यार्थी कल्याण समिति टीकापुर, बहुप्राविधिक शिक्षालय टीकापुर र 4H Nepal को समन्वय तथा सहयोगमा कार्यक्रम भव्यताका साथ मनाइएको छ ।
    सहयोगी संस्था सवैको उपस्थितिमा तथा World Food Forum Nepal Chapter Sudurpaschim Province Focal Person अभिमन्यू चौधरीको सभाध्यक्षता भएको कार्यक्रम टीकापुर बजार ¥याली परिक्रमा गरि सुरु भएको थियो ।
    “खाद्य स्वच्छतामा लगानी बढाऔं, अप्रत्याशिल अवस्थाको पूर्व तयारी गरौं” मुल नारा रहेको कार्यक्रम असुरक्षित खानालाई आफ्नो जीवनको ईन्धनमा क्षति पु¥याउन नदिनुहोस्, सरकारले सवैको लागि सुरक्षित र पौष्टिक खाना सुनिश्चित गरोस्, सुरक्षित खाना र राम्रो स्वास्थ्यको लागि मिलेर काम गरौं, कृषि र खाद्य उत्पादकहरुले राम्रो अभ्यासहरु अपनाउ, तिमि जे खान्छौ त्यसैको उत्पादन हौ, उपभोक्ताहरुले सुरक्षित र स्वस्थ खानाको वारेमा जान्न आवश्यक छ जस्ता विभिन्न नारा सहित टीकापुरको खडक चोकमा कोण सभा गरिएको थियो ।
    जसमा सहयोगी संस्थाको प्रतिनिधिहरुले सम्बोधन गरेका थिए । २०२४ जुन १ देखि ७ सम्म राष्ट्रको ७ वटै प्रदेशमा अभियानको रुपमा सञ्चालन भएको सप्ताह व्यापि कार्यक्रमलाई सफलता पूर्वक सम्पन्न गर्न सुदुरपश्चिम प्रदेशले बहुप्राविधिक शिक्षालय टीकापुरका विद्यार्थीहरुलाई World Food Forum Nepal Chapter को परिचय गराउँदै PYT ले गर्ने कार्यको वारेमा नविन चौधरी, निलम चौधरी, सुनिल थारु र अभिमन्यु चौधरीले प्रकाश पारेका थिए । World Food Forum ले सन २०१९ देखि विश्व खाद्य सुरक्षा दिवस मनाउँदै आइरहेको र विश्व खाद्य मञ्च नेपाल सुदुरपश्चिम प्रदेशले विभिन्न कृषिक्षेत्रमा आफ्नो कार्य गर्दै आएको पनि वक्ताहरुले बताए । World Food Forum Nepal Chapter Sudurpaschim Provincial Team ले Provincial Youth Teams (PYTs) within the WFF Nepal Chapter are local groups focused on transforming agrifood systems, promoting sustainable agriculture, and improving food security at the provincial level. They bridge the gap between the World Food Forum Nepal Chapter, FAO Nepal, and local communities. कार्य गर्ने फोकल पर्सन अभिमन्युले बताए।
    #WFSD2024 #worldfoods

ความคิดเห็น •