थारु समुदायको अँटवारी पर्व . The Atwari Festival of Tharu Community

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • अँटवारी के विधि र पुजा गरिन्छ? के परिकार बनाइन्छ? यसको उत्तर यस भिडिओमा छ
    Thank you Chhabilal Kopila for the description about the festival.
    थारु समुदायमा परापुर्वकाल देखि मनाउंदै आइरहेको चाड मध्ये अँटवारी पनि एक प्रमुख चाड हो, बिशेष गरि भेंवा(भिम)को पुजा गरिने यो पर्वमा पुरुष हरु ब्रत बस्ने गर्छन केहि महिला पनि ब्रत बस्ने गरेको यो पर्व आइतबार दिन ब्रत बस्नु पर्ने हुनाले "अँटवारी" भनिएको हो, थारू किम्बदन्ती अनुसार एक दिन जब भिम आगो मा रोटि हालेर नदीमा गंगटो काढ़न गएका थिए, त्यो बेला रोटि जलेछ र अरु चार भाइ पाण्डव हरुले लौरो लिएअर रोटि पल्टाए र भिमलाई बोलाउन गए. तबसम रोटि पूर्ण रुपमा जाली सकेको थियो रोटि जल्यो अब गंगटो पनि खान्नौ नुन पनि खान्नौ भनेर सबै जना ब्रत बसेछन त्यहि दिन देखि थारु समुदायमा अँटवारी पर्व मनाइन्छ. अँटवारीको तयारी दुइ चार दिन अघि देखि गरिन्छ जस्तै अन्दिको चामल/पिठो पिसाउने, खरिया, बरिया बनाउने. धेरै ले भने अनुसार यो पर्व अस्तिम्की सिधिएको दोस्रो अथवा तेस्रो हफ्ताको आइतबारको ब्रत राखिने यो पर्वमा पनि अस्तिम्कीमा जस्तै एक दिन पहिले दर खानुपर्छ. दर खानलाई पहिले खानेकुरा हरु तयारी गरिन्छ, जस्तै माछा, गंगटो, घोंघी, र घरमा रहेको अन्य सब्जी-तरकारी बनाएर दर खाइन्छ, अँटवारीमा बर्त बस्ने पुरुष हरु एक दुइ अघि नै माछा मार्ने, गंगटो काढ्ने र अन्य समा गर्ने गर्छन . दर अट्वारीको बिहानको कुखुरा बास्न अगाडी नै खाइ सक्नु पर्छ, यदि दर खाने क्रममै कुखुरा बास्यो भने जुठो मानिन्छ, दर खाएको बिहान देखि ब्रत शुरु हुन्छ, अँटवारीको दिन ब्रत बस्ने हरु आफ्नै हातले खानेकुरा हरु पकाउछ्न, खानेकुरा हरुमा अन्दिक रोटी,खुरमा, बरिया, जस्तो पकवान हरु पकाइन्छ, खानेकुरा हरु सबै पकाएर, लोटा लिएर नदि अथवा तलाउमा नुहाउन जान्छन र नुहाई सकेर घर फर्किदा एक लोटा पानि लिएर आउनु पर्छ, घर आइसकेपछि, अगरबत्ती, सर्री को धुप आदि बनाएर बहरिमा गोबर पानीले सफा संग लिप पोत गरि गोबर को कन्दामा सर्री को धुप राखी पूजा गरिन्छ शुरुमा ब्रत बस्ने सबभन्दा ज्येष्ठ मान्छेले पूजा गर्छन र त्यसपछि अरुको पालो क्रमसंगै आउँछ. त्यसपछि फलाहार गर्ने बेला एक भाग सबै खानेकुरा निकालेर फलाहार गर्न मिल्छ. फलाहारमा अन्दिक रोटी, खुरमा, बरिया, हलुवा र फलफुल जस्तै केरा, अम्बा, काक्रा हुने गर्छ. छुट्टाइएको खानेकुराको भागमा केहि थप गरि अग्रासन बनाएर दिदि बहिनि, चेली बेटी हरुलाई दिनु पर्छ. अत्वारिको दिन नुन हालेको कुनै खानेकुरा खान मिल्दैन र त्यसको बिहान पल्ट अगरबत्ती-धुप बालेर पुजा गरिन्छ र पूजा गर्ने बेला घरको ठुलो मान्छे बात शुरु हुन्छ. अँटवारीको दिन धेरै किसिमको परिकार बनाइन्छ जस्तोकि माछा, पकली, गुडा, पंवई, खरिया, फुलौरी र यसका साथै यी परिकारहरु अग्रासन को रुपमा चेली हरु लाइ पठाइन्छ.
    - सेवेंद्र कुस्म्या

ความคิดเห็น • 29

  • @filoofficial7632
    @filoofficial7632 3 ปีที่แล้ว +2

    Hamro mita Ramro mita dope Lagelu ree Sarkar💝💝💝👌

  • @amishashakya2333
    @amishashakya2333 3 ปีที่แล้ว +1

    Wahh ❤️

  • @aashishacharya833
    @aashishacharya833 3 ปีที่แล้ว

    Atti uttam prastuti

  • @rekhabhandari501
    @rekhabhandari501 3 ปีที่แล้ว

    Wow mam kati ramroo sanga explanation dinu bhako ...BEAUTIFUL vedio❤❤❤❤

  • @poojashrestha1205
    @poojashrestha1205 3 ปีที่แล้ว

    informatic festival video !! :)

  • @madhavoli7252
    @madhavoli7252 3 ปีที่แล้ว +1

    Best of Tharu culture. Nice video

  • @bindupokhrel2085
    @bindupokhrel2085 3 ปีที่แล้ว

    Tharu culture at it's best

  • @tikaramchaudhary5572
    @tikaramchaudhary5572 3 ปีที่แล้ว

    Maja se manaile te, Atwari. I like

  • @sureshshah8446
    @sureshshah8446 3 ปีที่แล้ว

    Well done, Tharu💓👍😎

  • @sawamidyadav3919
    @sawamidyadav3919 3 ปีที่แล้ว

    great video, thoroughly enjoyed it. Thanks

  • @AnilChaudhary-yi6ee
    @AnilChaudhary-yi6ee 3 ปีที่แล้ว

    Maha maja video banaili sir, khusi lagal- Anil Kumar Chaudhary, Majgaun, Deukhury Dang

  • @rameshchaudhary4993
    @rameshchaudhary4993 3 ปีที่แล้ว

    अतवारी मनाउने विधि सिकाउनु भएकोमा धन्यबाद छ

  • @gorakshaschool9963
    @gorakshaschool9963 3 ปีที่แล้ว

    Very informatve, thank you

  • @SunilChaudhary-oe3eu
    @SunilChaudhary-oe3eu 3 ปีที่แล้ว

    Proude be tharu

  • @tirtharajpandit7686
    @tirtharajpandit7686 3 ปีที่แล้ว

    This video made me clear about atwari festival. We did know many things about it. Thanks

  • @bhaskarchaudhary1144
    @bhaskarchaudhary1144 3 ปีที่แล้ว

    Happy atwari

  • @surakshyashrestha9931
    @surakshyashrestha9931 3 ปีที่แล้ว

    Our culture our pride

  • @tenzing9192
    @tenzing9192 3 ปีที่แล้ว

    Good job, best video

  • @bibekchaudhary6353
    @bibekchaudhary6353 3 ปีที่แล้ว

    Very tasty food

  • @mankosathi6501
    @mankosathi6501 2 วันที่ผ่านมา

    2081 ma herdai😘

  • @Krishsinghthakuri99
    @Krishsinghthakuri99 3 ปีที่แล้ว +1

    ❤️

  • @premprakashpandey58
    @premprakashpandey58 3 ปีที่แล้ว

    Wow amazing ❤️😍 Keep it up 😊

  • @rosybuds6885
    @rosybuds6885 3 ปีที่แล้ว

    Nice information about Tharu festival. Well done dear Tharu Community

  • @Parbatichaudhary5171
    @Parbatichaudhary5171 3 ปีที่แล้ว

    Voice chahi madam ko jasto xa damii information ❤️❤️❤️❤️🌹🌹🙏🙏🙏👍👍👌👌👌♥️♥️

  • @nareshpulami8428
    @nareshpulami8428 3 ปีที่แล้ว

    Sanghari, you have saved Tharu culture, keep it up!!

  • @marikyachaudhary378
    @marikyachaudhary378 3 ปีที่แล้ว

    Katna suhawan hamar tharu sanskriti. ast aur video upload kaibi

  • @dhalakkhadka4248
    @dhalakkhadka4248 3 ปีที่แล้ว

    The best ever video made about this festival which even the Tharus don't know much about.

  • @priyankishorshrestha5353
    @priyankishorshrestha5353 3 ปีที่แล้ว

    beautiful! keep it up !

  • @rajeshtharuall
    @rajeshtharuall 3 ปีที่แล้ว

    tharu parampara lai samrakxan garne prayas vako x