तपाईंहरू अचम्म मान्नुहुन्छ होला, उत्तर सिक्किमको दोङकेलामा अगस्त महिनामै हिउँ पर्दोरहेछ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ต.ค. 2024
  • तपाईंहरू अचम्म मान्नुहुन्छ होला, उत्तर सिक्किमको दोङकेलामा अगस्त महिनामै हिउँ पर्दोरहेछ।
    18200 फिटको उचाइमा अवस्थित दोङकेला, जो सिक्किम र तिब्बतको सिमानामा पर्छ, केही दिनअघि यस ठाउँको भ्रमण गर्ने अवसर जुट्यो। यहाँ थोरै-थोरै हिउँ अगस्त महिनामै पर्न थालेको हूदो रहेछ। भविष्यमा यस सुन्दर ठाउँलाई लाचुङ जुम्सा पर्यटनको एउटा प्रमुख गन्तव्य स्थल बनाउने योजनामा रहेको बताउँछन् । यदि यसो भयो भने सिक्किमको पर्यटन क्षेत्रमा यो वरदान पनि साबित हुन सक्छ। यद्यपि, प्रकृतिको यस सुन्दर उपहारलाई अत्यन्तै ध्यानपूर्वक र संवेदनशीलताका साथ प्रयोग गर्नु पर्ने नितान्त आवश्यक देखिन्छ।
    मैले यो सुन्दर ठाउँलाई मेरो छोटो भ्लगमार्फत् देखाउने प्रयास गरेको छु।

ความคิดเห็น •