फर्केर जानुहोस् र विगतको गल्ती सच्याउनुहोस् || Go back and correct past mistakes

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • बुधवार जनवरी ८ पुष २४
    “आउने पुस्तालाई परमप्रभुका महिमामय कार्यहरूको वर्णन गर्नेछौँ ।” -भजन ७८ः४
    फर्केर जानुहोस् र विगतको गल्ती सच्याउनुहोस्
    विरासत वा पुस्तैनी सम्पत्ति भन्ने कुराचाहिँ असल वा खराब जे भए तापनि एक व्यक्तिबाट अर्कोमा हस्तान्तरण गरिएको कुरा हो । हामीलाई आशा छ कि समयसँगैै परमेश्वरले तपाईंका चोटलाई निको पार्नुभएको छ र तपाईं अगि बढ्नुभएको छ तर तपाईंले कुन कुरा छोडेर जाँदैहुनुहुन्छ ? तपाईंले बोल्नुभएका कठोर शब्दहरू त्यस समयमा तपाईंको जीवनमा जे भइरहेको थियो त्यसमा आधारित थिए होलान् तर अब तपाईंले ती कुरा अझै स्पष्ट देख्नुहुन्छ । जब तपाईं अरूलाई इन्कार गर्ने कामबाट उनीहरूलाई क्षमा गर्नतर्फ लाग्नुहुन्छ त्यो सुन्दर कुरा हुन्छ- तर के तपाईंले निको नभएका चोटहरू त छोड्नुभएको छैन ? याकुब लेख्छन् “प्रत्येक मानिस सुन्नमा छिटो बोल्नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ । किनकि मानिसको रीसले परमेश्वरको धार्मिकता ल्याउँदैन” (याकुब १ः१९-२०) । तपाईंका वचनले स्थायी क्षति गर्न सक्छन् र यसको बारेमा तपाईं सतर्क रहनुपर्छ । पावल लेख्छन् “ध्यान देओ कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस् ताकि तीतोपनको जरो उम्रेर आइकन त्यसले फुट नल्याओस् र धेरै जनालाई अशुद्ध नपारोस्” (हिब्रू १२ः१) । के तपाईंले कसैको ह्दयमा तीतोपनाको जरा बढाउने बिउ रोप्नुभएको छ ? यदि सम्भव छ भने तपाईंले क्षमा मागेर अनि तपाईंले अब फरक तरिकाले सोच्नुहुने परिस्थितिका बारेमा भित्रभित्रै घाउ सड्दै गएको जस्तो महसुस गरिरहेका मानिसहरूकहाँ गएर सबै कुरा सच्याउने प्रयत्न गर्नुपर्छ । यसो गर्नु आफैलाई विनम्र बनाउनु हो तर तपाईंले यसो गर्नुपर्छ किनकि तपाईंले परमेश्वरसँग सही सम्बन्धमा रहेको महसुस गर्नुहुने छैन जबसम्म तपाईं उहाँले प्रेम गरेका मानिसहरूसँग सही सम्बन्धमा रहनुहुन्न । येशुले भन्नुभयो “तिमीले वेदीमा आफ्नो भेटी चढाउँदा तिम्रो भाइको ह्दयमा तिम्रो विरुद्धमा केही छ भन्ने तिमीलाई याद भयो भने...जाऊ...आफ्नो भाइसँग मिलाप गर र त्यसपछि आएर आफ्नो भेटी चढाऊ” (मत्ती ५ः२३-२४) । डा. डेल टर्नर लेख्छिन्ः “आफ्ना भुल र गल्तीहरू स्वीकार्नु र तिनको क्षतिपूर्ति गर्नु आत्मसम्मानको उच्चतम रूप हो...एउटा गल्ती भनेको निर्णयमा एउटा त्रुटि मात्रै हो तर यो थाहा पाएपछि पनि यसमै लागिरहनुले चाहिँ चारित्रिक कमजोरी देखाउँदछ । ”
    त्यसकारण विगतका गल्तीहरू स्वीकार्नुहोस् र फर्केर गई तिनीहरुलाई सच्याउनुहोस् ।
    आत्मिक भोजन लेवी ११ः१-१३ः३७, मत्ती ५ः२७-३७, भजन ४२ः६-११, हितोपदेश १ः२४-२८

ความคิดเห็น •