तनहुँ जिल्ला अदालतमा पल शाहलाई पेश । सात दिनको म्याद थपियो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ต.ค. 2024
  • तनहुँ - नायक पल शाहको अनुसन्धानका लागि तनहुँ जिल्ला अदालतले
    ७ दिनको म्याद थप गरेको छ । नाबालिक एक गायिकालाई बलात्कार
    गरेको आरोप लागेका नायक पल शाहले आइतबार जिल्ला प्रहरी
    कार्यालय तनहुँमा आत्मसमर्पण गरेपछि तनहुँ जिल्ला अदालतमा
    उपस्थित गराएकोमा अदालतले थप अनुसन्धानका लागि ७ दिन
    हिरासतमा राख्न म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले
    जनाएको छ ।
    नायक पल शाहले आइतबार दिउँसो १२ः १५ बजे जिल्ला प्रहरी
    कार्यालय तनहुँमा आत्मसर्पण गरेका थिए । आत्मसमर्पण गरेका
    शाहलाई आइतबार नै दमौली अस्पतालमा स्वास्थ्य परिक्षण, जिल्ला
    सरकारी वकिल कार्यालयमा बयान र तनहुँ जिल्ला अदालतबाट
    हिरासतमा राख्न म्याद थप गरेको हो।
    जिल्ला प्रहरी कार्यालय तनहुँमा गत फागुन ११ गते उजुरी दर्ता भएपछि
    फरार रहेका भनिएका नायक शाहले आइतबार बिहान सामाजिक
    संजालमा पोष्ट गर्दै स्वास्थ्यमा देखिएको समस्याका र केही घरायसी
    व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उपस्थित हुन नसके र
    आइतबार प्रहरीमा जाने उल्लेख गरेका थिए ।
    प्रहरी सम्पर्कमा आएका नायक शाहसंग आवश्यक सोधपुछ भईरहेको
    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक
    युवराज खड्काले जानकारी दिए । नायक पल शाह आइतबार
    काठमाण्डौबाट गाडीमा दमौली आएका थिए ।
    #paul #paulshah #paulshahcase

ความคิดเห็น • 4

  • @darjeelingguru
    @darjeelingguru 2 ปีที่แล้ว

    God bless him

  • @sisirvlog
    @sisirvlog 2 ปีที่แล้ว

    Paul Saha lai naya milos norsodi bhayemaa

  • @rkbvlogskorea
    @rkbvlogskorea 2 ปีที่แล้ว

    Planing khtre hoo