पछाडि फर्कन मिल्दैन || There is no turning back

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • मंगलवार जनवरी १४ माघ १
    “तर यदि कोही पछि हट्छ भनेता म उसँग खुशी हुने छैनँ ।” -हिब्रु १०ः३८
    पछाडि फर्कन मिल्दैन
    सण्डे स्कुलकमा एउटा सानो केटाले लोतकी पत्नीले कसरी सदोमतिर फर्केर हेरिन् र नुनको खामोमा परिवर्तन भइन् भन्ने कथा सुन्यो (उत्पत्ति १९ः२६) । “त्यो केही पनि होइन ”उसले भन्यो । “अस्तिको हप्ता मेरी आमाले गाडी चलाउँदै गर्दा पछाडि फर्केर हेर्नुभयो र टेलिफोनको खम्बामा परिवर्तन हुनुभयो ¤” वास्तवमै परमेश्वर भन्नुहुन्छ “तर यदि कोही पछि हट्छ भनेता म उसँग खुशी हुनेछैनँ ।” हरेक पाइलटलाई थाहा छ त्यहाँ एउटा बिन्दु छ जहाँदेखि उता फिर्तीको सम्भावना छैन । धावनमार्ग सबै प्रयोग भइसकेको छý अब या त उडान भर्ने या त मर्ने विकल्प मात्रै छ ¤ हिब्रु एघार अध्यायमा हामी यस्ता साधारण व्यक्तिहरूको सूची भेट्टाउँछौं जसले सबैभन्दा प्रतिकूल समयमा पछाडि फर्कन इन्कार गरे । बाइबलले यसो भन्दछः “जुन देशबाट तिनीहरू निस्केर गएका थिए यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो । तर तिनीहरू अझ उत्तम देश अर्थात् एक स्वर्गीय देशको इच्छा गरे । यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनुभएको छ”(हिब्रू ११ः१५-१६) । तथ्य यही होः यदि तपाईंले परमेश्वरसँग हिँड्न सुरु गर्दैहुनुहुन्छ भने शैतानले सम्भव भएसम्म सबै चाल प्रयोग गरेर तपाईंलाई बराल्न कोसिस गर्नेछ । यदि तपाईं परमेश्वरसँग आफ्नो यात्राको बिचमा हुनुहुन्छ भने त्यसले तपाईंलाई बताउने प्रयास गर्नेछ कि तपाईंको जीवनको कुनै महत्व छैन । त्यसको विश्वास नगर्नुहोस्” त्यो झुटो हो ¤ यदि तपाईं परमेश्वरसँग आफ्नो यात्राको अन्त्यतिर हुनुहुन्छ भने त्यसले तपाईंका सबै दोष र असफलताहरू देखाएर तपाईंलाई निराश बनाउने प्रयत्न गर्नेछ । त्यसको कुरा नपत्याउनुहोस् ¤ यसको सट्टा धर्मशास्त्रको यो खण्डमा खडा हुनुहोस्ः “मैले कसमाथि विश्वास राखेको छु सो म जान्दछु र मलाई निश्चय छ जुन कुरा त्यस दिनसम्म मैले उहाँलाई सुम्पेको छु त्यो सुरक्षित राख्नसक्ने उहाँ हुनुहुन्छ” (२ तिमोथी १ः१२) ।
    निष्कर्ष यही होः तपाईं विश्वासबाट पछि फर्कन सक्नुहुन्न ।
    आत्मिक भोजन लेवी २३ः२६-२५ः५५, मत्ती ६ः२५-३४, भजन ७४ः१-११, हितोपदेश २ः६

ความคิดเห็น •