त्रिभुवन विमान दुर्घटना | प्रत्यक्षदर्शीको बयान | Tribhuvan International Airport|NEPAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • आज बिहान झण्डै सवा ११ बजेतिर त्रिभुवन अनर्राष्ट्रिय विमानस्थलमा एक्कासि ठूलो आवाज सुनियो । त्यो आवाजसँगै विमानस्थलको पूर्वी छेउमा धुवाँको मुस्लोसहित आगोको ज्वाला दन्किएको देखियो । त्यतिबेला विमानस्थल वरपरको जमिन पनि थर्किएको थियो । यो भयानक दृश्यको साक्षी बनेका रामकुमार केसीले सौर्य एयरलाइन्स दुर्घटनाको घटना विवरण सुनाए ।
    बानेश्वर निवासी केसी नियमितझैँ पसल खोलेर साथीभाइसँग गफिइरहनुभएका थिए । ‘सुरुमा डंग आवाज सुनियो, के भएछ भनेर यसो अगाडि हेर्दा त धुँवाको मुस्लोसहित आगोको ज्वाला अगाडि नै आइसक्यो,’ केसीले भने, ‘आगोको रापले पसल छोडेर भाग्नुपर्यो, साथीभाइबीच कोलाहल मच्चियो, डरले हातखुट्टा लगलग काँपे, पाइला चाल्न सकिएन, आवाज पनि निस्किएन । विस्तारै सम्हालिएँ । नजिकै गएर हेर्दा त विमान दुर्घटना भएर घाइतेहरू घटपटाइरहेको दृश्यले झनै मन क्षत विक्षत भयो ।’
    विमान दुर्घटनास्थलसँगै पेप्सिकोला खहरेस्थित जेजे मोटर पार्टस एण्ड ट्रेडिङ कम्पनीका सञ्चालक केसीले उक्त स्थानमा विगत छ वर्षदेखि सवारीसाधनको मोटर पार्टस तथा मर्मत पसल सञ्चालन गर्दै आएका छन् ।
    केसीले त्यो क्षण सम्झँदै भने, ‘आँखै अगाडि कहालीलाग्दो विमान दुर्घटनाको दृश्यले केसीको मनमा छटपटी बढ्यो । मुखबाट शब्द निस्केन । एक छिन त हात-खुट्टाले पनि काम गरेन । भाग्यवश आफूहरू बाँच्न सफल भएको उनले बताए । ‘धावनमार्ग नजिकको कन्टेनर र सँगैको झाडीसहितको कान्लामा नठोक्किएको भए उक्त जहाज सीधै बस्तीमा पस्ने थियो र हामीलगायत अरु धेरैको ज्यान जाने खतरा हुन्थ्यो धन्न बाँचियो,’ केसीले भने ।
    विमानले धावनमार्गसँगैको कन्टेनरमा ठक्कर दियो र भित्तामा बजारियो । आगोको मुस्लो र धुवाँले नजिक केही देखिएन । आगो लागेको करिब पाँच मिनेटमा दमकल आइपुग्यो । ‘जहाज माथिबाट जल्दै झरेको देखियो । आगो दन्कियो, आवास र गन्ध आइरहेको थियो,’ केसीले भने । करिब २५ मिनेटमा आगो नियन्त्रणमा आयो र उद्धार गर्न सुरु भयो । घाइतेको उद्धार र शव निकालेर एम्बुलेन्समा हालियो । एम्बुलेन्सको आवाज, मानिसको कोलाहलले दुर्घटनास्थलको माहोल भावविह्वल थियो ।
    समयमै दमकल पुगेको भए केहीलाई बचाउन सकिन्थ्यो कि भन्ने प्रत्यक्षदर्शीको अनुमान छ । सोही स्थानमा विगत डेढ वर्षदेखि थानापति वर्कसप सञ्चालन गर्दै आएका सुनील शाहीलाई चाहिँ भुइँचालो गएजस्तो लाग्यो । यसो हेर्दा त विमानमो दुर्घटना भएको रहेछ । ‘पसलमा बसिरहेको थिएँ, भुइँचालोले जस्तो हल्लायो, जुरुक उठेर हेर्दा त आगोको मुस्लो देखेँ, आगोको रापले उभिन सकिएन, पर गएर दुर्घटनास्थल नियालेँ,’ उनले भने, ‘दृश्य हेर्दा कोही पनि बाँचेन भन्ने लाग्यो, उद्धार टोली ढिलो गरी पुगे । डाँडाबाट पानी हालेर दुर्घटनास्थलमा पानी पुग्न सकेन । मुख्य आगो लागेको ठाउँ थोरै टाढा थियो ।’
    सिन्धुपाल्चोक घर भएका सवारीचालक सन्तोष खड्काले पनि विमान दुर्घटनाको साक्षी बने । उनले भने, ‘गाडीमा रंगरोगन गरिरहेका थियौँ, एक्कासि धुवाँको आगोको तापसँगै मुस्लो आयो, मुटु ढुकढुक भयो, जिउ काम्यो, हेर्दाखेरि डरमर्दो थियो । आगोको ताप सुरुमा दुई-चारजना मानिस छटपटाइरहेको देखियो, कोहीको आधा, जिउ कसैको हात खुट्टा छैन, केहीको टाउको थिएन । उद्धारमा ढिलाइ भएकाले धेरैको ज्यान बचाउन सकिएन ।’
    सुमित कार्कीले पनि वर्कसपबाटै प्रत्यक्ष विमान दुर्घटनाको बीभत्स दृश्यको साक्षी बने । ‘स्कुल बसमा कलर गर्दै थिए । एक्कासि ठूलो आवाजसहित आगो बलेको देखियो । दौडेर सुरक्षित ठाउँतिर गइयो, विमान जलिरहेको भिडियो पनि मोबाइलमा कैद गरियो । केही समयपछि दमकल र उद्धारकर्मी आए । सायद चाँडै आएको भए केहीको ज्यान बचाउन सकिन्थ्यो कि !’ उनले भने ।
    सप्तरीका सुरज पासवान पनि विमान दुर्घटना हुँदा नजिकैको धारामा हातखुट्टा धुँदै थिए । जहाज आवाजसहित ठोक्किएर आगो लागेको दृश्यले धेरैबेरसम्म बोल्न पनि सकेनन् । आगोको रापले भागाभाग भयो । ‘एउटा पाइलटले हात हल्लाएको देखे, अरु जलेर चिन्न नसक्ने अवस्थामा थिए । हातखुट्टा लरबराए, धेरै डर लागेको छ ।’
    विमान दुर्घटनास्थलनजिकको न्यु संयुक्त अटो वर्कसपमा कार्यरत मजदुर विमान दुर्घटनाका साक्षी बने । त्यहाँको सम्पूर्ण घटनाक्रम नियाले । अनि मोबाइलमा तस्बिर र भिडियो कैद पनि गरे । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन-एएमइ) कलसाइन विमान आज स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो ।
    चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको धावनमार्ग ०२ बाट उडान गर्नेबित्तिकै दाहिने मोडिन गई धावनमार्गको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त भई १८ जनाको मृत्यु हुनाका साथै एकजना घाइते भएका छन् । घाइतेको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
    Watch this gripping firsthand account of a survivor of the Nepal airport disaster at Tribhuvan International Airport. Get a firsthand insight into the harrowing experience, the challenges faced, and the moments of hope in the midst of chaos. Don't miss this exclusive recount of a tragic event that shook the nation.
    plane crash today,#kathmandu,nepal crash,#त्रिभुवनविमानदुर्घटना: प्रत्यक्षदर्शीको बयान,news nepal plane crash,News,Nepal News,Nepal Survivor.,Firsthand Account,Plane Crash,Emergency,Nepal,Survivor,Breaking News,Disaster,Airport,Miracle,Rescue,Nepal Tragedy,Tragedy,Dramatic,Airport Incident,Nepal Airport,Survivors,Airport Rescue

ความคิดเห็น •