कोपोमिस प्रणालीमा सहकारीको समष्टिगत विवरण भर्ने तरिकाcopomis

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2022
  • कोपोमिस प्रणालीमा सहकारीको समष्टिगत विवरण भर्ने तरिका Copomis
    व्यवस्थापन प्रणालीको एउटा महत्वपूर्ण औजार आधुनिक प्रविधिमा आधारित सूचना व्यवस्थापन प्रणाली पनि हो। सूचना व्यवस्थापन प्रणाली संस्थाको एक महत्वपूर्ण औपचारिक तथा स्थापित पद्धति हो जसबाट संस्थालाई आवश्यक पर्ने सूचनाहरुको निरन्तर प्राप्ति वा संकलन गर्ने, त्यस्ता सूचनाहरुलाई एकीकृत गर्ने, वर्गीकरण गर्ने, तुलना गर्ने, विश्लेषण गर्ने तथा सो बाट प्राप्त नतिजाहरुलाई संस्थाको आन्तरिक तथा वाह्य वातावरणमा समयबद्ध, कुशलतापूर्वक र प्रभावकारी रुपले (Timely, Efficiently and Effectively) संप्रेषण गर्ने काम हुन्छ। सूचना व्यवस्थापन प्रणाली वर्तमान समयमा कम्प्युटर सफ्टवेयर, सर्भर, नेकवर्क लगायतका आधुनिक यन्त्र उपकरणहरुको आपसी संयोजन र मानवीय साधनको परिचालन तथा व्यवस्थापनमा आधारित हुन्छ व्यवस्थापन सूचना प्रणाली भन्नाले कुनै पनि संस्थाको व्यवस्थापकीय र वित्तिय सूचना तथा तथ्याडुलाई। कम्प्युटरको माध्यमबाट तयार गरिएको व्यवस्थित प्रणाली हो जसले सो संस्थाको सबै तहको सञ्चालन संबन्धी प्रतिवेदनहरू स्वचालित रूपमा उत्पादन गर्न सक्दछ । सो प्रणाली अन्तर्गत सबै सूचनाको श्रोत, सूचना सङ्कलन गर्ने कार्यविधि तथा यस प्रणालीका सरोकारवालाहरु पनि पर्छन् । व्यवस्थापन सूचना प्रणालीले प्रभावकारी रूपमा सांगठनिक निर्णय गर्न मद्दत गर्छ। समग्रमा व्यवस्थापन सुचना प्रणाली कम्प्यूटरमा आधारित प्रणाली हो जस्ले सरोकारवाला, निर्णयकर्ता संगठन भित्रका कार्य क्रियाकलाप तथा संगठनात्मक व्यवस्थाहरु संगठित गर्न, मूल्यांकन गर्न र कार्यकुशलपूर्वक व्यवस्था गर्ने साधन (tools) उपलब्ध गराउँछ। यसमा निर्णय गर्न आवश्यक पर्ने सफ्टवेयर, आँकडा (data) श्रोतहरु जस्तै डाटावेश प्रणाली, हार्डवेयर (hardwares) का व्यवस्था, निर्णय सहयोग प्रणाली (प्रतिवेदन र सुचनाहरु), कर्मचारी व्यवस्थापन, आयोजना व्यवस्थापन तथा कम्प्यूटराईज्ड प्रकृयाहरु समावेश हुन्छन्, जस्तै निकाय संचालन गर्न सक्षम तुल्याउँछ । सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (COPOMIS) सहकारी तथा तथा गरिबी निवारण क्षेत्रको एक औपचारिक, स्वचालित र आधुनिक सूचना तथा संचार प्रविधि (ICT) मा आधारित व्यवस्थापन सूचना प्रणाली हो। यसबाट गरिव घरपरिवार लगायत सहकारी संघ संस्थाहरुको सूचना व्यवस्थापन सम्बन्धी कार्य सम्पादन हुन्छ ।
    #How to use copomis
    #copomis practic
    #copomis software
    #cooperative copomis
    #how to use copomis
    #HOW TO APPLY COPOMIS
    #Copomis training
    #Copomis tutorial
    #Copomis video
    #Copomis software
    #Copomis mocpa gov np
    facebook :- profile.php?...

ความคิดเห็น • 1

  • @gokullamichane7818
    @gokullamichane7818 ปีที่แล้ว

    sir sohi mahina ma parpta nagad bhanda badi rakam bhuktani bhayama kasari data bharne hola sahayog ko apechha chha