जीवन बिज्ञान स्वजागरण - रमेस नेपाल गुरुदेब
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- जीवन विज्ञानको स्वजागर कार्यक्रम पोखराम महानगर पालिका वडा न-५, मालेपाटन स्थित मनकामना मन्दिर परिसर (हल) मा सम्पन्न भयको छ । यश कार्यक्रममा वडा न ५ का वडाध्य्क्ष , सदस्यहरु ,निबर्तमान तथा पुर्ब जनप्रतिनिधिहरु साथै वडाबासी को सहभागिता रहेको थियो ।जीवन विज्ञान एक आधुनिक आध्यात्मिक केन्द्र हो जसले ध्यान र योगको माध्यमबाट खुशी र आध्यात्मिक जीवन बिताउने कला र विज्ञान सिकाउँछ। पोखरा-५, मालेपाटनमा आयोजित स्वजागरण कार्यक्रमले स्थानीय समुदायलाई आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउने छ । विभिन्न प्रकारका ध्यान र योग अभ्यासहरू जसले तनाव कम गर्न, मन शान्त पार्न र आत्म-अनुशासन बढाउने बिश्वास गरियको छ । स्थानीय वडाबासी हरुमा यस आजको स्वजागरण कार्यक्रममा सहभागी हरुले जीवन भरी अनुसरण गरेमा साथै नियमित ध्यान र योग अभ्यास गरेमा तनाव कम गर्न र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ।आत्म-अनुशासन र आत्म-अनुभवले आत्मविश्वास बढाउन मद्दत गर्दछ। सकारात्मक सोचाइ र दृष्टिकोणको विकास गर्न मद्दत गर्दछ।यस्ता समाज सेवाका गतिविधिहरूले सहयोगी भावना बढाउन र समाजलाई फाइदा पुर्याउन मद्दत गर्दछ।
किन जीवन विज्ञान?
जीवन विज्ञानले आधुनिक जीवनशैलीमा आध्यात्मिकतालाई समाहित गर्ने एक दृष्टिकोण प्रदान गर्दछ। यसले व्यक्तिलाई आफ्नो जीवनको उद्देश्य पत्ता लगाउन र आफ्नो पूर्ण क्षमता प्राप्त गर्न मद्दत गर्दछ।