हिल तराई प्राथमिक शिक्षक सङ्गठनको बिदाई तथा सम्मान कार्यक्रम// Rocky island

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024
  • हिल तराई प्राथमिक शिक्षक सड्गठन जलढका क्षेत्र समितिको बिदाई तथा सम्मान कार्यक्रम।
    आज सामसिङ रक्की आइल्याण्ड स्थित एउटा रिसोर्टमा हिल तराई प्राथमिक शिक्षक सड्गठन जलढका क्षेत्र समितिको बिदाई कार्यक्रम सम्पन्न भयो। शिक्षक सोम कुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जिटिए डेपुटी चेयरम्यान राजेश चौहान रहेका थिए। विशिष्ट अतिथिहरुमा 44 समष्टी सभासद अमर छेत्री , कालेबुङका डि आई सपन समान्ता एआई रेजिना लेप्चा, गरुबथान सर्कलका एस आई आनन्द शर्मा , भूतपूर्व शिक्षकहरु क्रमैले इन्द्र बल्लभ राई , दिपक अधिकारी र शङ्कर लाभर रहेका थिए। क्षेत्रका 30 पाठशालाका शिक्षक शिक्षिकाहरु उपस्थित रहेका कार्यक्रममा कार्यक्रम स्थल वरिपरिका पाठशालाका बिध्यार्थी हरु द्वारा नृत्य र शिक्षक शिक्षिकाहरु द्वारा गितहरु पनि प्रस्तुत गरिएको थियो । शिक्षिका शान्ति भुजेलले कविता वाचन गरेका थिए। 2021 देखि 23 सम्म अवकाश ग्रहण गरेका शिक्षकहरु क्रमैले प्रताप थापा , सचिन्द कटवाल, चन्द्र बहादुर तामाङ , डम्बर बहादुर गुरुङ , तिता चन्द्र शर्मा , निर्मल छेत्री र माया घोसलाई खदा , अङ्ग बस्त्र , स्मृति चिन्ह र उपहार प्रदान गरी सम्मान गर्दै बिदाई जनाईएको थियो। दलबहादुर छेत्रीको बाँसुरीको र राज थापाको भाईलिनको धुनले कार्यक्रमलाई अझ मनमोहक बनाएको थियो। प्रमुख अतिथि राजेश चौहानले गरुबथान सर्कल ठूलो भ्एको हुनाले जलढका क्षेत्रमा क्षेत्रिय कार्यालय हुन पर्छ भनेर हामीले सरकार सङ कागजी काम शुरू गरिसकेको कुरा बताए । अहिले लाई बिभागिय अर्डर निकालेर महिनामा एकपटक भ्एपनी CRC अफिस जलढकाकै कुनै निर्दिष्ट ठाउँमा राखिने भनि बताए । एस आई आनन्द शर्माले सम्बोधन गरेका कार्यक्रम सचिव प्रमेश गुरुङले सन्चालन गरेका थिए।उ

ความคิดเห็น •