परमेश्वरको वचनमा खडा हुनुहोस् (२)
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- बुधवार जनवरी २२ माघ ९
“मेरो संकष्टमा मेरो सान्त्वना यसैबाट छ तपाईंको प्रतिज्ञाले मेरो प्राणलाई सुरक्षित राख्तछ ।” -भजन ११९ः५०
परमेश्वरको वचनमा खडा हुनुहोस् (२)
जब तपाईं पीडामा हुनुहुन्छ । कहिलेकहीँ परमेश्वरले तपाईंलाई परिस्थितिबाट माथि निकाल्नुहुन्छ । कहिलेकहीँ उहाँले तपाईंलाई त्यो परिस्थिति पार गराएर ल्याउनुहुन्छ अनि तपाईंप्रति उहाँको प्रेम र विश्वासयोग्यता प्रमाणित गर्दै तपाईंलाई बलियो बनाउनुहुन्छ । कहिलेकहीँ उहाँले तपाईंलाई पीडाबाट छुटकारा दिनहुन्छ भने कहिलेकहीँ चाहिँ उहाँले तपाईंलाई पीडाको माझमा राखेरै त्यसलाई सहन सक्ने सामथ्र्य दिएर ल्याउनुहुन्छ । यदि आज तपाईं पीडामा हुनुहुन्छ भने परमेश्वरको वचनबाट यी प्रतिज्ञाहरू पढ्नुहोस् र तिनीहरूमाथि खडा हुनुहोस्ः “तपाईंको अचुक कृपा मेरो निम्ति सान्त्वना होस् यो आफ्नो दासलाई दिनुभएको प्रतिज्ञाअनुसार होस् । तपाईंको करुणा ममाथि रहोस् र म जीवित रहूँ किनकि तपाईंको व्यवस्था मेरो आनन्द हो” (पद ७६-७७) । “मतिर फर्कनुहोस् र ममाथि कृपालु बन्नुहोस् किनकि म एकलो र कष्टित छु । मेरो ह्दयका दुःखहरू बढेका छन् मलाई मेरा कष्टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस् । मेरा दुःख र पीडाहरू विचार गरिदिनुहोस् र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस् ” (भजन २५ः१६-१८) । “जब धार्मिक जनहरूले पुकारा गर्छन् तब परमप्रभुले सुन्नुहुन्छ र तिनीहरूका सबै संकष्टबाट तिनीहरूलाई उद्धार दिनुहुन्छ । चूर्ण ह्दय भएकाहरू सबैका नजिक परमप्रभु हुनुहुन्छ र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ । धार्मिक मानिसलाई धेरै विपत्ति आइलाग्छन् तर परमप्रभुले त्यसलाई ती सबैबाट उद्धार दिनुहुन्छ । परमप्रभुले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ । तिनमा एउटै पनि भाँचिँदैन” (भजन ३४ः१७-२०) । “हे परमप्रभु मलाई निको पार्नुहोस् र म निको हुनेछु मलाई बचाउनुहोस् र म बाँच्नेछु किनकि मेरो प्रशंसाको पात्र तपाईं नै हुनुहुन्छ” (यर्मिया १७ः१४) । ध्यान दिनुहोस् परमेश्वरले हामीलाई हाम्रा सबै समस्यामा पुनःजीवित बनाउने र सान्त्वना दिने प्रतिज्ञा गर्नुुहुन्छ । तपाईंको बाइबल महान् वैद्य परमेश्वर स्वयम्बाटको औषधी उपचारको निर्देशन हो ।
त्यो औषधीको बोतलमा मानौँ यस्तो लेखिएको छः “पीडामा पर्दा जति पटक आवश्यक पर्छ त्यति पटक लिए हुन्छ ।”
आत्मिक भोजन दानिएल ११-१२, मत्ती ८ः२८-३४, भजन ८९ः३८-५२, हितोपदेश ३ः१-२
❤❤❤❤ 1:28